23.1 C
Nepal
Wednesday, October 23, 2024

नेप्से प्रि ओपन सेसन : झिनो अंक बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ।

आइतबार १९.१२ अंक घटेर १८५०.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.११ अंक बढेर १८५०.७२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१२ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ६ स्टकको १ लाख ७० हजार २५५ रुपैयाँ बराबरको ३४७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

प्राबिधिक रुपमा हेर्दा बजारमा लगानिकर्ता लगानिका लागि इच्छुक देखिएका छैनन । बोल्लिङर ब्यान्डको मध्य रेखाबाट बजार तल्लो रेखातर्फ लागेको छ , यसले बजार अझै केही समय तल्लो रेखासम्मा जाने देखिन्छ भने एमएसीडीले सेल सिग्नल दिएको छ , जुन अहिले पनि भ्यालिड देखिन्छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here