23.1 C
Nepal
Wednesday, October 23, 2024

काठमाडौं महानगरले आजबाट थाल्यो अव्यवस्थित तार व्यवस्थापन कार्य 

काठमाडौँ महानगरपालिकाले सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापन गर्न सुरु गरेको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको कार्यकक्षमा आइतबार साझेदारबीच भएको बैठकले गरेको निर्णयअनुसार सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापनको काम सुरु गरेको छ ।

सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षमा छलफल गर्न बसेको बैठकले पहिलो चरणमा माइतीघर मण्डलदेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्युरोडदेखि बसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

सोमबार बिहान माइतीघर मण्डल र न्युरोड गेटबाट तार व्यवस्थापनको काम थालिएको महानगर प्रहरी बलका प्रमुख पाण्डेले बताए । यसमा नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहेका छन ।

ती क्षेत्रमा सेवा प्रदायकले आ-आफ्नो तारमा संकेत चिह्न लगाउने, चिह्न नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैं जिम्मेवार हुनुपर्ने महानगरले जनाएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here