23.1 C
Nepal
Wednesday, October 23, 2024

घोराही सिमेन्टको इपियस ५० पैसा,लगानीकर्तालाई गुमराहमा पारेर ठग्दै

४३५ रुपैयामा प्रिमियममा आइपीओ जारी गरेको घोराही सिमेन्टको इपियस पचास पैसा रहेको छ । कम्पनिको पौष मसान्तसम्मको विवरणमा देखिन्छ ।

घोराही सिमेन्टले हाल आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३०० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता ४०० रुपैयाँ र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि ३३५ रुपैयाँ प्रिमियम सहित ४३५ रुपैयाँको दरमा आइपिओ निष्काशन गरिरहेको छ । वैदेशिक रोजगारमा गएका नेपालीहरुले नबुझी आवेदन दिइरहेका छन् भने स्थानीय प्रभावित बासिन्दाले आवेदन नदिने घोषणा गरिसकेका छन् । कम्पनीले महंगो प्रिमियम लिएर लगानीकर्ताहरुलाई ठगी गर्न लागेको देखिन्छ ।


कम्पनिले गलत वित्तीय सूचकलाई देखाएर महंगो प्रिमियममा आइपिओ निष्काशन गरिरहेको घोराही सिमेन्टले लगानीकर्ताहरुलाई गुमराहमा पारी ठगी गर्ने नियत राखेको देखिन्छ । बिस्लेशणका क्रममा कम्पनीको आइपिओ निष्काशनमा गलत नियम राखेको पाइन्छ ।

वार्षिक लेखापरीक्षण गरिएका प्रतिवेदनहरु सार्बजनिक छैन :महंगो प्रिमियममा आइपिओ निष्काशन गरिरहेको घोराही सिमेन्टले अहिलेसम्म कुनै पनि वार्षिक लेखापरीक्षण गरिएका प्रतिवेदनहरु आम मासिसहरुले थाहा पाउने गरी सार्वजनिक गरेको छैन । अत्याधिक मूल्यमा शेयर बिक्री गर्दै गर्दा बोर्डले लगानीकर्ताका लागि त्यस्ता आधिकारिक विवरणहरु सार्वजनिक गर्नु पहिलो कर्तव्य हो । जनताले बित्तिय विवरण हेरेर लगानी गर्न पाउनु पर्ने हो तर जनतालाई गुमराहामा राखिएको छ , विवरणहरु लुकाइेको छ ।

धितोपत्र बोर्ड मुकदर्शक :
धितोपत्र बोर्डले समेत त्यस्ता बित्तिय विवरण कहि कतै उल्लेख गरेको छैन भने कम्पनीलाई आफ्नो विवरण वेवसाइटमा राख्न समेत निर्देशन दिएको छैन । कम्पनीले अन्य सोही अवस्थामा सञ्चालित कम्पनीहरुको भन्दा कम दरमा डिप्रिसिएसन खर्च राख्दा समेत कुनै प्रश्न उठाएको देखिँदैन ।
ह्रासकट्टी गर्दा गलत नियत : अरु कम्पनीहरुले सरदर १० देखि १५ प्रतिशतको बीचमा औषत ह्रासकट्टि गर्ने गरेता पनि घोराही सिमेन्टले भने केवल ५ प्रतिशतको मात्र औषत ह्रासकट्टि गरेर हिसाब राखी कम्पनीलाई नाफामा देखाई आफ्नो विवरणमा रिजर्भलाई बढि देखाएको देखिन्छ । सोही रिजर्भको आधारमा किताबी मुल्यको गणना गरी कम्पनीलाई किताबी मुल्यको २ गुणा प्रिमियममा आइपिओ निष्काशन गर्ने अनुमति बोर्डले दिएको देखिएको हुँदा यसमा धितोपत्र बोर्डभित्र समेत कम्पनीले प्रभाव पारी चलखेल गरेको सजिलै अनुमान गर्न सकिन्छ ।

कम्पनीले प्रस्तुत गरेको वित्तिय प्रोजेक्सनमा विगत २ आर्थिक वर्षदेखि बिक्री आम्दानी घटिरहेको छ । अझ रोचक त यस आर्थिक वर्षको पनि २ त्रैमासिक सम्म अघिल्लो आर्थिक वर्षको आधा पनि बिक्री आम्दानी नभएको तथ्यका बीच कम्पनीले अर्को बाँकी २ त्रैमासिकमा अघिल्लो आर्थिक वर्षको भन्दा धेरै बिक्री आम्दानी गरेको देखाएको छ । यहाँ कम्पनिले प्रोजेक्सन गरेको विवरण र वास्तविकतामा आकाश पातलको फरक देखिन्छ ।
ऋण तथा दाहित्य बढी
नेपाल विद्युत प्राधिकरणसँग कम्पनीले करिब १ अर्ब ४० करोड रुपैयाँ बक्यौता तिरेको छैन । बैंक वित्तिय संस्थामा समेत करिब करिब ७ अर्ब माथिको ऋण लिएको देखिन्छ । यता कम्पनीको खुद मुनाफा समेत अरु कम्पनीको भन्दा निकै थोरै रहेको देखिन्छ । अरु कम्पनीहरुको खुद मुनाफा औषतमा १० प्रतिशत हाराहारी रहँदा घोराहीको भने धेरै कम देखिन्छ ।


समग्रमा कम्पनिले लगानिकर्तालाई गुम्राहामा राखेर ठगी गर्ने नियतले विवरणहरु लुकाएको देखिन्छ । कम्पनिको इपियस पचास पैसा मात्र रहेको छ् जुन पुष मसान्तको कम्पनिले सार्बजनिक गरेको विवरणमा देखिन्छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here