27.2 C
Nepal
Saturday, April 18, 2026
Home Blog Page 283

How to earn money ?

There are many ways to earn money, depending on your skills, interests, and available resources. Here are some ideas to consider:

  1. Get a job: One of the most common ways to earn money is to get a job. Look for job openings in your area or online, and apply for positions that match your skills and experience.
  2. Start a business: If you have an entrepreneurial spirit, consider starting your own business. Identify a need in the market and create a product or service that meets that need. You can start small and grow over time.
  3. Freelance or consult: If you have a particular skill or expertise, you can offer your services as a freelancer or consultant. This can include writing, graphic design, programming, consulting, or any other skill that people are willing to pay for.
  4. Sell products online: If you have products to sell, consider setting up an online store. You can sell products on platforms like Amazon, Etsy, or eBay, or create your own website to sell directly to customers.
  5. Rent out property: If you have a spare room, a vacation home, or other property, you can rent it out for extra income. Platforms like Airbnb, VRBO, or HomeAway can help you find renters.
  6. Invest in stocks or real estate: Investing in stocks or real estate can be a way to earn money over the long-term. This requires research and risk management, but can be a way to build wealth over time.
  7. Participate in the gig economy: There are many gig economy platforms that allow you to earn money on a per-task basis. This can include driving for Uber or Lyft, delivering food with DoorDash or Grubhub, or doing odd jobs with TaskRabbit.

Remember that earning money takes time and effort. Choose a path that matches your skills and interests, and be persistent in your efforts to build your income over time.

5 Simple Ways to Build Wealth and Achieve Financial Freedom

Are you tired of living paycheck to paycheck? Do you want to build wealth and achieve financial freedom? If so, you’re not alone. Many people dream of having enough money to live comfortably and achieve their financial goals. Here are five simple ways to build wealth and achieve financial freedom:

  1. Live below your means: The first step to building wealth is to live below your means. This means spending less money than you earn and avoiding unnecessary expenses. Create a budget and stick to it, and find ways to reduce your expenses, such as cutting back on eating out or canceling subscriptions you don’t use.
  2. Invest for the long-term: Investing is a great way to build wealth over time. Start by investing in low-cost index funds or ETFs, which offer diversification and low fees. Don’t try to time the market or chase hot stocks; instead, focus on investing for the long-term and letting compound interest work its magic.
  3. Pay off debt: High-interest debt can be a major obstacle to building wealth. Make it a priority to pay off any high-interest debt, such as credit card balances or personal loans. Consider using the snowball method, where you pay off your smallest debt first and then use the money you were paying on that debt to pay off the next-smallest debt.
  4. Build an emergency fund: An emergency fund can help you avoid going into debt when unexpected expenses arise. Aim to save three to six months’ worth of expenses in an emergency fund, and keep the money in a high-yield savings account or money market fund.
  5. Increase your income: Finally, one of the best ways to build wealth is to increase your income. Look for opportunities to earn more money, such as taking on a side gig, negotiating a raise at work, or starting a side business.

By following these simple steps, you can start building wealth and achieving financial freedom. Remember, building wealth takes time and effort, but the payoff is well worth it. Start today and watch your wealth grow over time.

नेप्सेमा आज हरियाली , के बजार माथि जाला ?

नेप्सेमा आज हरियाली छाएको छ । आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से १०.६७ अङकले बढेको हो । आज नेप्से ०.५८ प्रतिसतले बढेर १८४४ को विन्दुमा कायम भएको हो ।

हिजो नेप्से परिसूचक १९ अंकले घटेको थियो । हिजो नेप्से १६ अङ्कले घटेर १८३३ को विन्दुमा कायम भएको थियो ।

लगानिकर्ताले आज लगानी बढाएका छन । आज बियर र बुलको फाइटमा बुलको जित भएको छ ।
प्राबिधिक बिस्लेशण
नेप्सेले आज बोल्लिङर ब्यान्डको तल्लो रेखालाई सपोर्ट बनाएर फर्किएको छ , जसको अर्थ बजारले बोलिङ्गर ब्यान्डलाई सपोर्ट बनाएर माथि जान सक्ने देखिन्छ ।

एमएसिडि अझै सेल सिग्नल भ्यालिड रहेको छ । तर हिस्टोग्राम छोटाछोटा हुँदै गैरहेको छ जसले बजारमा पर्ख र हेरको निती लिनुपर्ने सन्केत गर्छ ।

आरएसआइ ३८ को बिन्दुमा रहेको छ ,यसले बजार ओभरसोल्ड जोन नजिकैबाट फर्किन खोजेको देखिन्छ। यसले पनि नो बाइ नो सेलको सङ्केत गर्दैछ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।
पिभोट पोइन्ट
बजार झरेमा अब पहिलो सपोर्ट १८०८ दोश्रो सपोर्ट १७४६ मा रहेको देखिन्छ । पिभोट पोइन्ट १८९५ छ । बजार बढेमा पहिलो प्रतिरोध १९५३ र दोश्रो प्रतिरोध २०४३ मा रहेको देखिन्छ ।
बजार यहाँबाट माथितिरै जानखोज्ने देखिन्छ तर अहिले बाइ सेल नगरि पर्ख र हेरको निती लिएर कन्फर्म भएर मात्र लगानी गर्नु उचित देखिन्छ ।
नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला

भ्रष्टाचारको कुरा उठाउँदा कसरी महिला हिंसा हुन्छ ?- आरजुलाई तोसिमाको प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन ठूला दलहरु लागेको आरोप लगाइन । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा उनले नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्दासमेत जोगाउन खोजिएको छ ,उनले भनिन ।
सांसदहरुले संघीय संसद सचिवालयमा आफ्नो सम्पत्ति विवरण बुझाएको विवरण वेबसाइट मार्फत सार्वजनिक गर्न समेत माग गरेकी छन् । सम्पत्ति कर तिरे नतिरेको विवरण पनि सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी प्रकरणको अनुसन्धान माग गर्दा महिला हिंसा भएको राणाको गुनासोतर्फ संकेत गर्दै डा. कार्कीले भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ भनी प्रश्न गरेकी छन् ।

‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिलाद्रोही भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनुपर्‍यो, – भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ?’ डा. तोसिमाले प्रश्न गरिन् ।

रास्वपा सांसद तोसिमाले अगाडि भनिन्, ‘भ्रष्टाचारीमात्र होइन यहाँ चिनारी फेरिएर राष्ट्रघात भएको छ । अपराध भएको छ । कारबाही हुनुपर्छ ।’

डिप्रोक्सको नाफा घट्यो

0

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २७ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.३५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

लघुवित्तको निष्क्रिय कर्जा ०.५९ प्रतिशतबाट बढेर ४.४९ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ९ करोड ४९ लाख रुपैयाँ पुगेको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा दुबै घट्न पुगेको हो।

प्रभु लाइफद्वारा लाभांश घोषणा

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनील आर्थिक वर्ष २०७७–७८ को लाभांश घोषणा गरेको हो ।

कम्पनीको हिजो (सोमबार) बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १०.५२६ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

बैंकहरुले कर्जाको ब्याजदर पनि हरेक महिना परिवर्तन गर्नुपर्ने राष्ट्र बैंकको नयाँ नियम

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षाको मुखैमा एकिकृत निर्देशिकामा संशोधन गरेको छ। नेपाल राष्ट्र बैंकले हरेक तीन महिनामा एक पटक मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्न पाइने व्यवस्था रहेकोमा अब महिनैपिच्छे परिवर्तन गर्न पाइने बनाएको छ ।

अब कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन हुनेछ ।

तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न यस व्यवस्थाले बाधा नपर्ने केन्द्रिय बैंकको नियम यथावत रहने छ ।

यसरी पछिल्लो तीन महिनाको औसत आधार दरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुनेरनहुने सम्बन्धमा ऋणीलाई अफर लेटरमा स्पष्ट रुपमा उल्लेख गरी अनिवार्य जानकारी दिने व्यवस्था लागु भएको छ ।

परिवर्तनीय ब्याजदर आधार दरसँग आबद्ध गर्दा इजाजतपत्रप्राप्त संस्थाको कोर बैंकिङ्ग सिस्टम मार्फत पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणालीको व्यवस्था गर्नुपर्नेछ ।

तेस्तै व्याजदर घटाउँदा वा बृद्धि नगर्दा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरी मिलाउनुपर्ने छ ।

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

0

प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ढाकाकुमारमाथिको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।स्वास्थ्यमन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको थियो ।

सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठमाथि रास्वपाले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यो मुद्दामा सर्वोच्चले अन्तरिम आदेशका लागि श्रेष्ठ र रास्वपा दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

नेप्से घटेर १८३३ को बिन्दुमा, लगानिकर्ता अझै अन्योलमै

आज नेप्से परिसूचक १६.९२ अंकले घटेको छ । आज नेप्से ०।९१ प्रतिसतले घटेर १८३३ को विन्दुमा कायम भएको हो ।

हिजो नेप्से परिसूचक १९ अंकले घटेको थियो । हिजो नेप्से १९ अङ्कले घटेर १८५० को विन्दुमा कायम भएको थियो ।

लगानिका लागि लगानिकर्ताको मनोबल अझै आउन सकेको छैन । देशको अर्थतन्त्रप्रती नकरात्मक धारणा रहेको कारण पनि लगानिकर्ता पर्ख र हेरको स्थितिमा छन ।
प्राबिधिक बिस्लेशण
नेप्सेले आज बोल्लिङर ब्यान्डको तल्लो रेखा नजिक क्लोजिङ दिएको छ , जसको अर्थ बजारले बोलिङ्गर ब्यान्डलाई सपोर्ट बनाएर माथि जान सक्ने वा अझै केही तल जान सक्ने देखिन्छ ।

एमएसिडि अझै सेल सिग्नल भ्यालिड रहेको छ । साथै हिस्टोग्राम लामोलामो हुँदै गैरहेको छ जसले बजारमा सजक रहनुपर्ने इङ्गित गर्छ ।

आरएसआइ ३६ को बिन्दुमा रहेको छ ,यसले बजार ओभरसोल्ड जोन नजिकै पुगेको छ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।
पिभोट पोइन्ट
बजार झरेमा अब पहिलो सपोर्ट १८०८ दोश्रो सपोर्ट १७४६ मा रहेको देखिन्छ । पिभोट पोइन्ट १८९५ छ । बजार बढेमा पहिलो प्रतिरोध १९५३ र दोश्रो प्रतिरोध २०४३ मा रहेको देखिन्छ ।