22.4 C
Nepal
Saturday, April 18, 2026
Home Blog Page 276

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर

0

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नको आरोपमा दुई पूर्वमन्त्री, बहालवाला सचिव, पूर्वसभासदसहित ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा चारवटा अभियोगमा मुद्दा दायर भएको छ ।

एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायत ३० जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको हो । आरोपितहरुमध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले पेश गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय, काठमाडौंले अदालतमा अभियोग पत्र दर्ता गरेको हो । आरोपितहरुमाथि ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित प्रतिकुल कामका लागि संगठित अपराध गरेको आरोप छ । उनीहरुमाथि यी सबै कसूर एकीकृत रुपमा गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले त्यसै अनुसार सजाय मागदाबी गरेको छ ।

मुलुकी अपराध संहितामा ठगीको आरोप प्रमाणित भए सातवर्षसम्म कैद र ७० हजार रुपैंयासम्म जरिवाना हुने व्यवस्था छ । सरकारी कागजात कीर्तेमा पनि त्यति नै सजायको व्यवस्था छ । राष्ट्रहित प्रतिकुलको काम गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैंयाँसम्म जरिवानाको व्यवस्था छ ।

अभियोगपत्रमा संहिताको दफा ४३ अनुसारको एकीकृत कसुर अन्तर्गतको सजाय मागदावी गरिएको छ । जसमा एउटै घटनामा एकभन्दा बढी कसुर भएमा सबैभन्दा बढी सजाय हुने कसुरको सजायमा त्यसपछि बढी सजाय हुने दोस्रो कसुरको आधा सजाय थप हुने व्यवस्था छ । सरकारी वकिलले संगठित अपराधको दाबी गरेकाले कुल सजायमा ५० प्रतिशत सजाय थप हुने व्यवस्था पनि छ ।

उच्च अंकले बढ्यो सेयर बजार, छायो हरियाली

सेयर बजार आज उच्च अंकले बढेर हरियाली छाएको छ।

बजार आज ५१.३१ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९४२.६३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ८.८५ अंकले बढेर ३६७.७४ को विन्दुमा पुगेको छ। कारोबार रकम बढेर सवा २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।


आज २१९ कम्पनिको मुल्य बढेको छ भने २ कम्पनिको मात्र मुल्य घटेको छ । एउटाको कम्पनिको मुल्य स्थिर छ । कालिका लघुबित्त , खप्टड लघुबित्त र आत्मनिर्भर लघुबितले पोसिटिभ सर्किट हानेका छन । सामुदायिक लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो।


आज बजारमा शिभम सिमेन्ट , नेपाल टेलिकम , एनआइसीए एसिया बैंक, हिमालयन इन्सुरेन्स , हिमालयन डिस्टिलरी लगायतका कम्पनिको सर्बाधिक कारोबार भएको छ ।


आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.०५ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह ४.०३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.७३ प्रतिशत, विकास बैंक समूहमा २.३६ प्रतिशत, वित्त समूहमा ३.०९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.४५ प्रतिशत, जलविद्युत समूहमा २.७३ प्रतिशत, लगानी समूहमा २.८१ प्रतिशत, जीवन बीमा समूहमा ३.८० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.९१ प्रतिशत, अन्य समूहमा २.३७ प्रतिशत र व्यापार समूहमा ३.८० प्रतिशतको बढोत्तरी भएको छ। 

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो ,फिर्ता ल्याउछौ : प्रधानमन्त्री

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको भन्दै त्यसलाई फिर्ता ल्याउन पहल गर्ने बताएका छन ।
उनले थाती रहेको सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समाधान गरिने स्पस्ट पारे ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रस्ट छ । थाती रहेको सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धी नक्सा तथ्य र प्रमाणका आधारमा कुटनीतिक पहलबाट समाधान गर्न दृढ र प्रतिवद्ध रहेको जानकारी पनि माननीय सदस्यहरुलाई गराउन चाहन्छु’ उनले भनेका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय हितलाई सर्वोपरी राखी सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा छिमेकीलगायत र मित्रराष्ट्रसँगको सम्बन्ध थप प्रगाढ बनाउने पनि बताएका छन् ।

साथै आफ्नो भुमी फिर्ता ल्याउनुपर्छ भन्ने कुरामा आफु प्रतिबद्द रहेको बताए ।

मधेश सरकारबाट माओवादी बाहिरिने

0

नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेपछी आफुलाई बेवास्ता गरेको भन्दै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

माओवादी केन्द्र संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
मन्त्रालय भागबण्डाका लागि हिजो बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालय मागेको तर थियो । तर उसले नपाएपछी सरकार छोडेको हो ।
मुख्यमन्त्री यादवले आज कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन् ।साथै एकीकृत समाजवादीका गोविन्द न्यौपाने पनि मन्त्री नियुक्त भएका छन् ।

सेयर बजारको बारेमा १४ आश्चर्यजनक तथ्यहरू

0

सेयर र लगानीको बारेमा कुरा गर्दा कहिलेकाहीँ बोरिंग हुन सक्छ। त्यसैले हामीले सेयर बजार र यसको इतिहासको बारेमा सबैभन्दा आश्चर्यजनक तथ्यहरूको सूची तयार गरेका छौं।
एक ) २००५ मा, एक जापानी बैंकमा एक अनुभवहीन व्यापारीले J-Com स्टकको १ सेयर ¥ ६४०,००० मा बेच्ने प्रयास गरे। उनले संयोगवश ६४०,०००को शेयर प्रत्येक १ येनमा बेचे; यानिकी $ ५,००० को मूल्यमा $ ३ बिलियन मूल्यको सेयर बिक्री गरे भुलबस ।

दुई ) सोमालियामा एक ‘समुद्री डाकू स्टक एक्सचेन्ज’ छ जहाँ स्थानीयहरूले समुद्री डाकू गिरोहहरूको अपहरण गर्ने योजना तथा अभियानहरूमा लगानी गर्न सक्छन्।

तिन ) क्यालिफोर्नियामा क्याबालेरोस (स्पेनिश नाइट्स) को कारणले स्टक बजारलाई “भालु र बुल” नाम दिइएको थियो। क्याबालेरोहरूले क्यालिफोर्निया ग्रिज्लीहरूलाई साँढेहरूसँग लडाइँमा राखे। तिनीहरूले भालुहरू तलतिर घुमेको र साँढेहरू माथितिर झुन्डिएको देखे, यसले एनालोगी को काम गर्यो । त्यहिबाट बुल र बियरको नामाकरण भएको हो ।
चार ) रोनाल्ड वेन स्टिभ वोज्नियाक र स्टिभ जब्ससँगै एप्पलका तेस्रो सहसंस्थापक थिए। १९७६ मा, उनले कम्पनीको १०% सेयर $ ८०० मा बेचे। यदी उनले त्यो सेयर नबेचेको भए अहिले उनको १०% सेयर मुल्य बढेर $ 35 अर्ब भन्दा बढीको हुन्थ्यो।
पाच ) एप्पलको सीईओको रूपमा गिल अमेलियोको कार्यकालमा, एप्पलको स्टकको मुल्य धेरै घट्यो र १९९७ मा १२ वर्षको तल्लो स्तरमा पुग्यो जुन कम्तिमा आंशिक रूपमा एक अज्ञात पार्टी द्वारा एप्पल स्टकको 1.5 मिलियन शेयरको एकल बिक्रीको कारण थियो, जो पछि स्टीव जब्स भएको पुष्टि भयो। ।

छ) डच ईस्ट इन्डिया कम्पनी अस्तित्वमा पहिलो बहुराष्ट्रिय निगम थियो, जुन १६०२ मा सिर्जना गरिएको थियो। यो सेयर जारी गर्ने पहिलो कम्पनी हो र आज सबै निगमहरूको हजुरबुवा हो। शेयरधारकहरूको धेरै प्रभाव थिएन – कम्पनी यसको निर्देशकहरू द्वारा नियन्त्रित थियो। यद्यपि, शेयरधारकहरूले प्रशस्त पुरस्कार पाए। १७ औं शताब्दीमा वार्षिक लाभांश औसतमा १६% थियो।

सात) न्यूयोर्क स्टक एक्सचेन्ज सबैभन्दा परम्परागत मानिन्छ किनभने व्यापारीहरूले सूट र टाई लगाएको छैन भने एक्सचेन्ज प्रवेश गर्न सक्दैनन्।

आठ) औसतमा, बजार सेप्टेम्बरमा सबैभन्दा खराब प्रदर्शन गर्दछ भन्ने मान्यता ब्याप्त छ ।
नौ) तपाइँ सोच्न सक्नुहुन्छ कि लन्डन एक विशाल स्टक एक्सचेन्ज केन्द्र हो, हो सांघाई नम्बर दुई हो। NYSE ले प्रति महिना $ १,५२० बिलियन शेयरको व्यापार गर्दछ, जबकि सांघाईले $ १,२७८ बिलियन सेयरको व्यापार गर्दछ। लन्डन स्टक एक्सचेन्ज समूहले प्रति महिना $ १६५ बिलियन मात्र व्यापार गर्दछ।

दस) १९५४ मा, अर्थशास्त्री आर्मेन अल्चियनले स्टक बजारमा रासायनिक आपूर्तिकर्ताहरूको शेयर मूल्य हेरेर भर्खरै विकसित हाइड्रोजन बमको लागि गोप्य इन्धन के हो भनेर पत्ता लगाउन सक्षम भए।
एघार ) हामी सबैलाई .com बूम र बस्ट याद छ, र १९२९ वाल स्ट्रीट दुर्घटना बारे थाहा छ, तर वित्तीय बबल कुनै नयाँ कुरा होइन। १७११ मा फर्किंदा, साउथ सी कम्पनी एक विशाल बबलको केन्द्रमा थियो, जहा १७२० सम्मले शेयर मूल्यहरू घटेको थियो। यसअघि पनि, त्यहाँ ट्यूलिप उन्माद थियो – १६३७ मा, केही ट्युलिप बल्बहरू १० गुणाले बिक्री भइरहेको थियो।

बाह्र ) न्यूयोर्क स्टक एक्सचेन्जमा सबैभन्दा महँगो सेयर हो बर्कशायर ह्याथवे, जुन

२०००को अन्त्यमा $७१,०००

२००१को अन्त्यमा $ ७५,६००

२००२को अन्त्यमा $७२,७५०

२००३को अन्त्यमा $८४,२५०

२००४को अन्त्यमा $८७,९००

२००५को अन्त्यमा $८८,६२० प्रती सेयर मुल्य कायम भएको थियो ।
बर्कशायर ह्याथवे, वारेन बफेटको कम्पनी, हाल $१७०,००० प्रति सेयर भन्दा धेरै मुल्यमा बिक्री हुन्छ ।
तेह्र ) इन्टरनेट बबल र ग्लोबल फाइनान्सियल क्राइसिस (GFC) समावेश, क्रेडिट सुइस द्वारा 2010 को अनुसन्धान अनुसार, अष्ट्रेलियाले १९०० देखि २००९ सम्म विश्वमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने शेयर बजार भएको छ।

चौध ) यदी १९८० मा $ १०,००० तपाईंसँग हुन्थ्यो भने २०१० सम्म यसको भ्यालु बढेर कती हुन्थ्यो हेर्नुस्
तपाईंको लगानी $२३४,३१९ हुने थियो यदी अस्ट्रेलियाली सेयरहरूमा लगानी गरेको भए- प्रति वर्ष ११% को रिटर्न ।
तपाईंको लगानी $१४५,०४०हुने थियो यदी नगद लगानी गर्नुभएको भए यानिकी फिक्स डिपोजीट आदिमा , प्रति वर्ष ९।३% को रिटर्न ।

तपाईंको लगानी $३६,३८३ हुने थियो यदी उपभोक्ता मूल्य सूचकांक अनुसार हिसाब गर्दा – प्रति वर्ष ४.४% को रिटर्न ।

हामी आशा गर्दछौं कि तपाईंले स्टक बजारको बारेमा यी रमाईलो तथ्यहरूको आनन्द लिनुभएको छ, तर कृपया ध्यान राख्नुहोस् कि बुद्धिमानीपूर्वक लगानी गर्दा अध्ययन , अनुसन्धान गर्नु जरुरी हुन्छ साथै पेशेवरहरूको सल्लाहलाई ध्यानमा राख्नुपर्छ।

१० महिनामा विद्युतीय सवारीको आयातमा बाहिरियो रु. ८.०९ अर्ब

0

नेपालबाट यस बर्षको १० महिनामा विद्युतीय सवारीसाधनको आयातमा ८ अर्ब रुपैयाँ बिदेसिएको छ ।

भन्सार विभागका अनुसार वैशाख मसान्तसम्म विद्युतीय सवारीसाधनको आयातमा ८ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको हो। यो अवधिसम्म विदेशबाट १०० किलोवाट क्षमताका २ हजार ८८२ विद्युतीय सवारीसाधन भित्रिएका छन्। यसबापत १ अर्ब ९९ करोड रुपैयाँ भन्सार राजश्व उठेको छ।

अघिल्लो महिना चैत मसान्तसम्म १०० किलोवाटको २ हजार ३७९ विद्युतीय सवारीसाधन आयात भएको थियो। चैत महिनासम्ममा १०० किलोवाट क्षमताका विद्युतीय सवारीको आयातमा ६ अर्ब ५२ करोड रुपैयाँ बाहिरिएको थियो।

वैशाखमा ५०३ वटा विद्युतीय सवारीसाधन आयात भएको छ।

एभरेस्ट बैंकको चाेरीपछि माछापुच्छ्रे बैंकबाट सेवाग्राहीकाे ९ लाख हरायो

0

एभरेष्ट बैंकबा सेवाग्राहीकाे रकम चाेरी भएकाे घटना सेलाउन नपाउँदै माछापुच्छ्रे बैंकबाट पनि चोरी भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका ४ मा रहेकाे शाखाबाट माछापुच्छ्र्रे बैंकका सेवाग्राहीको ९ लाख रुपैयाँ खाताबाटै हराएको हो ।

उक्त बैंकमा रहेको रौतहटकै वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको खाता नम्बर ७५००६५३८३८०००१४ बाट रकम हराएको छ । आइतबार चन्द्रपुर शाखामा चेक साट्न गएपछि उनले बैंक खातामा पुग्ने रकम नभएको थाहा पाएका थिए ।

बिहीबार यादवले नेपाल बैंकको १२ लाख २० हजार रुपैयाँ बराबरको तीन वटा चेक आफ्नो खातामा क्लिरियन्सका लागि माछापुच्छ्रे बैंक चन्द्रपुर शाखामा दिदा खातामा रकम जम्मा भएको मेसेज पनि उनको मोबाइलमा आएको थियो ।

तर आइतबार भने यादव ८ लाख रुपैयाँ आफ्नो खाताबाट निकाल्न चन्द्रपुर शाखामा पुग्दा माछापुच्छ्रे बैंकका कर्मचारीले उनको खातामा ३ लाख २० हजार रुपैयाँ मात्र भएको बताए । यादव त्यसपछि भने आफ्नो बाँकी रहेको पैसाका विषयमा सोधपुछ गरे तर शाखा प्रबन्धक दासले रकम चोरी भएको हुनसक्छ आँफै खोजिनिती गर्नु भनेर गैर जिम्मेवार जवाफ दिए ।

यादवलाई बैंकले स्टेटमेन्ट मागे तर बैंकले दिन अस्विकार गरेपछि यादव र उनका आफन्तले चन्द्रपुर शाखामा विरोध गरेका थिए । खाताबाट रकम गायब हुनुमा बैंकका कर्मचारीकै मिलेमतो रहेको भन्दै आइतबार बिहानदेखि रातिसम्म बैंक घेराउ भएको थियो । पीडित यादबले प्रहरीमा उजुरी दिएका छन् ।

शाखा प्रबन्धक दासका अनुसार यादवको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ मोबाइल नम्बरको प्रयोग भएकाे र उक्त रकम सिटिजन बैंक तथा सानिमा बैंकमा ट्रान्सफर गरिएकाे देखिएको प्रहरीलाई जानकारी दिएका छन् ।

यसअघि सेवाग्राहीले बैंकमा राखेको डेढ करोड रुपैयाँ चोरी गरेको अभियोगमा एभरेष्ट बैंक इटहरीका शाखा प्रबन्धकसहित नौ जना पक्राउ परेका थिए। पाँच महिनामा ३३ जना बचतकर्ताको १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएकाे थियाे ।

तामाकोसी पाँचौंमा जुट्यो १३ अर्ब ७४ करोड ऋण लगानी

0

दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनाको कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको छ । निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा आयोजनाको बाँकी रकम सर्बसाधारणलाई समेत सेयर निश्कासन गरी स्वपुँजी (इक्विटी)बाट जुटाइने छ । आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो ।

आयोजनाका लागि त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका हुन ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा उत्पादन भएको विद्युत् यहीँ खपत गरी बढी भएको निर्यात गर्न बजार सुनिश्चित हुँदै गएको बताए । भारत र बंगलादेश नेपालमा उत्पादित विद्युत् किन्नका लागि आतुर रहेको बताउँदै घिसिङले ती देशहरुमा विद्युत् बिक्री गर्दा वर्षायामको विद्युत्को राम्रो दर पाउने अवस्था बन्दै गएको उल्लेख गरे ।

प्रशासक धितालले जलविद्युत् क्षेत्रमा करिब आठ सय मेगावाटका आयोजनाहरुमा ४० अर्ब रुपैयाँभन्दा बढी कोषले लगानी गर्ने जानकारी दिए । साथै तामाकोसी पाँचौं जलविद्युत आयोजना निर्धारित समय र लागतमा निर्माण सम्पन गरी नमूना बनाइनु पर्नेमा जोड दिए ।

कम्पनीका सीईओ भण्डारीले आयोजनाको निर्माण चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।

तामाकोसी पाँचौं ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोसीको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि निस्किएको पानीलाई उपयोग गरी निर्माण हुन लागेको क्यास्केड आयोजना हो । त्यसैले तामाकोसी पाँचौले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचनाहरु बनाउनु नपर्ने भएकाले यो आयोजनालाई आकर्षक मानिएको छ ।

रावा इनर्जी जेठ १८ बाट आईपीओ बिक्री खुला गर्दै

0

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले यही जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमती पाएको छ।

कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँबराबरको अर्थात् १०० अंकित दरका कुल ८ लाख ४० कित्ता आईपीओ जारीका लागि स्वीकृति पाएको थियो। कुल कित्तामध्ये कम्पनीले सर्वसाधारणलाई छुट्याइएकोबाट १० प्रतिशतले हुन आउने ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ।

यसैगरी कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि खरिदका लागि निबेदन दिन सक्नेछन । खरिद आवेदन नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत दिन सकिनेछ।

यो आईपीओको निष्कासन बन्द छिटोमा जेठ २२ गते र ढिलोमा जेठ ३२ गते बैंकिङ समयपछि हुनेछ।

सामान्य अङ्कले बढ्यो नेप्से , अब के होला ?

नेप्से आज सामान्य अङ्कले बढेको छ ।आज नेप्से ५ अङकले बढेको हो । आज नेप्से ०.३१ प्रतिसतले बढेर १८८३ को विन्दुमा कायम भएको छ ।

हिजो नेप्से ३२ अङकले बढेको थियो । नेप्से १.७५ प्रतिसतले बढेर १८७७ को विन्दुमा कायम भएको थियो ।
आज बियर र बुलको फाइटमा बुलको जित भएको छ ।

आज ९३ कम्पनिको मुल्य बढेको छ भने ११५ कम्पनिको मुल्य घटेको छ ।
प्राबिधिक बिस्लेशण
नेप्सेले बोल्लिङर ब्यान्डको मध्य रेखालाई सपोर्ट बनाएर माथि जान खोजेको बजार आज मध्यरेखाभन्दा माथि रिभर्सल क्यान्डल बनाएको छ जसको कारण बजारमा सतर्क हुनुपर्ने देखिन्छ । सामान्यतया बजार मध्य बिन्दुबाट माथी गएसी अप्पर ब्याण्डसम्म जाने गर्दछ तर हालको स्थितिमा यसै भन्न सकिने अवस्था छैन ।

एमएसिडिले बाइ सिग्नल कायम छ । हिस्टोग्रामहरु लामो हुँदै गैरहेको छ जसले बजार अल्पकालिन बुल नै रहेको सन्केत गर्छ ।

आरएसआइ ५३ को बिन्दुमा रहेको छ ,यसले बजार ओभरसोल्ड जोन नजिकैबाट फर्किएको देखिन्छ। तर आज यसले स्ट्रेन्थ गुमाएको देख्न सकिन्छ ट्रेडरहरु भने ६० भन्दा माथि भएसी मात्र बजार छिर्ने प्रचलन पनी देखिन्छ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।

पिभोट पोइन्ट
बजार झरेमा अब पहिलो सपोर्ट १८०८ दोश्रो सपोर्ट १७४६ मा रहेको देखिन्छ । पिभोट पोइन्ट १८९५ छ । बजार बढेमा पहिलो प्रतिरोध १९५७ र दोश्रो प्रतिरोध २०४३ मा रहेको देखिन्छ ।बजारले पिभोट पोइन्टलाई रेसिस्टेन्ट बनाएर फर्किएको छ त्यसैले बजार पहिलो सपोर्टसम्म आउन सक्ने देखिन्छ ।

नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला ।