7.2 C
Nepal
Friday, February 14, 2025

उच्च अंकले बढ्यो सेयर बजार, छायो हरियाली

सेयर बजार आज उच्च अंकले बढेर हरियाली छाएको छ।

बजार आज ५१.३१ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९४२.६३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ८.८५ अंकले बढेर ३६७.७४ को विन्दुमा पुगेको छ। कारोबार रकम बढेर सवा २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।


आज २१९ कम्पनिको मुल्य बढेको छ भने २ कम्पनिको मात्र मुल्य घटेको छ । एउटाको कम्पनिको मुल्य स्थिर छ । कालिका लघुबित्त , खप्टड लघुबित्त र आत्मनिर्भर लघुबितले पोसिटिभ सर्किट हानेका छन । सामुदायिक लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजिटिभ सर्किट लागेको हो।


आज बजारमा शिभम सिमेन्ट , नेपाल टेलिकम , एनआइसीए एसिया बैंक, हिमालयन इन्सुरेन्स , हिमालयन डिस्टिलरी लगायतका कम्पनिको सर्बाधिक कारोबार भएको छ ।


आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.०५ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह ४.०३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.७३ प्रतिशत, विकास बैंक समूहमा २.३६ प्रतिशत, वित्त समूहमा ३.०९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.४५ प्रतिशत, जलविद्युत समूहमा २.७३ प्रतिशत, लगानी समूहमा २.८१ प्रतिशत, जीवन बीमा समूहमा ३.८० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.९१ प्रतिशत, अन्य समूहमा २.३७ प्रतिशत र व्यापार समूहमा ३.८० प्रतिशतको बढोत्तरी भएको छ। 

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here