20.3 C
Nepal
Saturday, April 18, 2026
Home Blog Page 275

इपिएस माइनस ७२ भएको लघुबित्तको मुल्य १३३९,एफपिओ जारी गर्दा ओभरसब्सक्राइब्ड, के हेर्छन लगानिकर्ता ?

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको तेश्रो चौमासिक रिपोर्टअनुसार इपिएस माइनस ७२ रहेको छ । यो लघुबित्तको हाल बजार मुल्य १३३९ रहेको छ ।
यस कम्पनिले हालै एफपिओ जारी गरेको थियो । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ दोस्रो दिनसम्म १८ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

युनिक नेपाल लघुवित्तले हिजो जेठ ११ गतेबाट साधारण सेयरको एफपीओ बिक्री खुला गरेको थियो। संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ बिक्री खुला गरेको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ जारी गरेको हो।

साबिकको युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्जर भई बनेको यो संस्थाको कुल चुक्तापुँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँको ९४.०१ प्रतिशतले हुन आउने संस्थापक समूहको १० करोड ४० लाख २ हजार ५०० र ५.१९ प्रतिशतले हुन आउने सर्वसाधारण समूहको ६६ लाख ३० हजार रुपैयााबराबरको सेयर कायम रहेको हुनाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गर्दा दिएको निर्देशनबमोजिम युनिक नेपालले एफपीओ जारी गरेको थियो ।


यसरी इपिएस माइनस ७२ भएको कम्पनिको कारोबार १३३९ मा भइरहदा प्रश्न उठ्छ कि लगानीकर्ता के हेर्छन ? पिइ रेसियो माइनस १८ र नेटवर्थ २६० भएको कम्पनिलाई लगानिकर्ताले दोश्रो बजारमा के हेरेर १३३९ हाल्छन त ?


बजार आपुर्ती कम भएकोले म्यानुपुलेसन गरेर मुल्य बढाउन सकिन्छ र बढ्छ भन्ने सोचेर यातत्रो मुल्य हालेको अनुमान गरिन्छ । तर जुन दिन काध थाप्नेले काध थाप्न छोड्छ त्यो दिनदेखी बजार मुल्यमा पहिरो जाने र लगानिकर्ताले ठुलो मुल्य चुकाउनु पर्ने हुन सक्छ ।

भ्रष्टाचारविरुद्धको लडाइँ थाले -म जतिखेर नि मारिन सक्छु : प्रधानमन्त्री प्रचण्ड

0

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्ध युद्द थालेको बताएका छन ।

प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले यो लडाइँ पनि जनयुद्ध जस्तै भएकोले आफु जतिखेर नि मारिन सक्ने बताएका छन ।

‘बेथिति, विकृतिको विरुद्ध, भ्रष्टाचारको विरुद्धको लडाइँमा जनयुद्धको बेलामा जस्तै हाम फालेको अनुभव हुन्छ,’ प्रचण्डले भने, ‘ जनयुद्धको बेलामा कतिबेला मरिन्छ भन्ने थाहा थिएन, अहिलेको लडाइँ पनि त्यस्तै त्यस्तै छ । कतिबेला घेरामा परिने हो, मारिने हो, दुश्मनको घातप्रतिघातमा परिने हो ठेगान छैन ।’

प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा जस्तै अब भ्रष्टाचार र वेथितिविरुद्धको आन्दालेनमा पनि जनताले धेरै साथ र समर्थन रहेको बताएका छन ।

प्रधानमन्त्री प्रचण्डले केही समयभित्रै अझ ठूलठूला एक्सनहरु हुनेसमेत बताए । त्यो एक्सनले पार्ने तरंग पनि ठूलठूलो हुने उनको भनाइ छ । अब भ्रष्टाचारविरुद्ध एक्सन लिनुको विकलल्प नभएको उनले बताए ।

‘अहिले नदेखिएको मात्रै हो । केही समयभित्रै ठुलाठुला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठुलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौं,’ प्रचण्डले भने ।

पसुपतिको जलहरी नक्कली नभएको भन्दै सांसदको अभिव्यक्ति हटाउने सहमती, एमालेले बैठक अवरोध नगर्ने

0

प्रमुख तीन दलहरुबीच पशुपतिनाथको जलहरीमा सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको जलहरी प्रकरणको विषयलाई तथ्यहिन भएको स्विकार गर्दै संसदको रेकर्डबाट हटाउने सहमति भएको छ ।

प्रमुख तीन दलका नेताहरुबीचको बैठकले सांसद दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेको अभिव्यक्ति हटाउने सहमति भएको हो ।

संसदभित्र प्रमुख प्रतिपक्ष दलका नेतामाथि तथ्यहीन आरोप लगाएको भन्दै नेकपा एमालेले शुक्रबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो ।
तीन दलबिच उक्त आरोप तथ्यहिन भएको भन्दै रेकर्डबाट हटाउने सहमती भएको छ ।
छलफलमा सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गरी जलहरी निर्माणको प्रक्रियामा सुनको भनेर पित्तलको हाल्ने काम भयो भन्ने आरोपको संसदको रेकर्डबाट हटाउने र आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रष्ट्याउने सहमति एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।

‘सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गरी जुन जलहरी निर्माणको प्रक्रियामा सुनको भनेर पित्तलको हाल्ने काम भयो भनेर आरोप लगाउनुभयो, त्यस विषयमा नै छलफल केन्द्रित भयो,’ उनले भने, ‘ … भिडियो रेकर्डबाट हट्छ । जलहरीको बारेमा आएको कुरा तथ्यहीन भएकाले रेकर्डबाट हट्ने सहमति भएको छ ।’

सचेतक गिरीले सत्ता पक्षका सांसद दाहालले स्वास्थ्य उपकरणमा दुई अर्बको भ्रष्टाचारको कुरा पनि संसदमा अभिव्यक्त गरेको भन्दै सो विषय पनि संसदको रेकर्डबाट हटाउने सहमति भएको बताए ।

संसदको जेठ ९ गते बसेको प्रतिनिधि सभाको बैठकमा सांसद लेखनाथ दाहालले केपी शर्मा ओलीलाई इंगित गर्दै पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाइ भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आजदेखि अदालतमा बयान

0

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ प्रतिवादीहरूको आजदेखि अदालतमा बयान सुरू हुने भएको छ ।
बिहीबारदेखि प्रतिवादीहरूको न्यायाधीशसमक्ष बयान हुनेछ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूवगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रूपैयाँ उठाइएको आरोप छ।

प्रकरणमा १६ जना पक्राउ परिएको छ। उनीहरूलाई अदालतमा बयान गराइने छ। १४ जना फरार छन्।

उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियहीतविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

न्यायाधीशको अगाडि बयान सकिएपछि मात्र थुनछेकको बहस सुरू हुनेछ। त्यसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुन्छ।

अस्ट्रेलिया,जापान,क्यानडा आदीमा मात्र युवाहरुले आफ्नो भबिस्य देख्ने यो कस्तो देश ?

0

नेपालमा यतिखेर जापान ,अस्ट्रेलिया,अमेरिका,क्यानडा ,कोरिया लगायतका देशमा जाने होड चलेको छ । यहाँ विद्यार्थीहरु प्लस टु , ब्याचुलर डिग्री सक्नेबित्तिकै आइइएलटीएस ,पिटिइ गरेर बाहिर देश जानेको होड चलेको छ । यहाँ बिदेशको भिसा लागेन भने डिप्रेसनमा जाने स्थिती बनेको छ । जापान ,क्यानडा, अस्ट्रेलिया आदी देशमा मात्र युवाहरुले आफ्नो भबिस्य देख्ने यो कस्तो देश देश बनाइरहेका छौ हामी ?

विद्यार्थीहरु प्लस टुको परिक्षा सकिदा खाडीमा भेटउला भनेर साथीको टिसर्टमा लेखेको एउटा फोटो केही दिन अघी भाईरल भएको थियो । यो एउटा प्रतीनिधी फोटो हो जसले देसका युबाहरुले के सोचिरहेका छन भन्ने दर्साउछ । कलिलो उमेरमै मेरो देशमा मेरो भबिस्य छैन , मेरो भबिस्य खाडी वा अन्य मुलुकमा मात्र छ भन्ने नकरात्मक सोचाइ बसेको प्रस्टै बुझिन्छ ।

अहिले बिद्यार्थी तथा युवाहरुको लागि नेपाल रोजाइ नभएर अप्सन बनेको छ । कही जान नसक्ने , केही गर्न नसक्ने मात्र नेपालमा बस्छ भन्ने गलत भास्य जबरजस्ती निर्माण हुँदैछ , गरिदैछ । यस्तै स्थिती रहने हो भने भोलीका दिनमा कोही पनी युवा देशमा रहनेछैन । नेपालमै केही गर्छु भन्नेको लागि पनि बिदेस जानु बाध्यता बन्न सक्ने देखिन्छ ।

हाम्रो देशमा बिदेश जान्छु भन्दा २०-३० लाख सजिलै परिवार र समाजले दिलाइदिन्छ तर यही केही गर्छु भन्ने हो भने २० हजार उब्जाउन पनी कसैले पत्याउदैन, फलामको चिउरा चपाउनु जस्तै गाह्रो छ । यसले देशमा केही गर्ने बाताबरण नभएको प्रस्टै हुन्छ । किन यो देसमा लगानीको बातावरण छैन त हामी सबैले एकपल्ट गम्भिर भएर सोच्नुपर्छ कि पर्दैन ?

देसको राजनीति तथा अर्थब्यबस्था-प्रती यहाँ युवाले अबिश्वास गरेको देखिन्छ । नेताहरुप्रती चरम अबिश्वास गरेको भान हुन्छ । यहाँका नेताले राम्रो निती र राम्रो अर्थ ब्यबस्थाको निर्माण हुन्छ , देशको भबिस्य र आफ्नो समेत राम्रो हुन्छ भन्ने विश्वाश हुन्थ्यो भने यसरी अन्य देशको भिसा पाउनका लागि युवाहरु सात दिन सात रातको लामो लाइनमा बसेका हुँदैनथिए ।

भर्खरै उम्रिएको नयाँ दलले पुराना हस्ती दलहरुलाई टक्कर दिनु पनि मौजुदा दल, तिनका नेता र निती प्रतिको बितिस्णाकै अर्को रुप हो । यस्तै स्थिती कायम रहने र पुराना दलहरुले आफुलाई नसच्याउने हो भने भोलिका दिन आफुलाई परिवर्तन नगर्ने दल ईतिहासमा मात्र सिमित हुन सक्ने कुरालाई नकार्न सकिन्न । त्यसैले सबैले आफुलाई सच्याउनु पर्ने स्थिती अहिलेको आवश्यकता बनिसकेको छ ।

रविको पद पुन: धरापमा, ढाकाबाट डीपी र मुकुलले तीन करोड लिएको खुलासा

0

ढाकाकुमार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निकट मानिने पार्टी उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले करिब तीन करोड लिएको खुलासा भएको छ ।

आफूलाई समानुपातिक सांसद बनाउदा रास्वपाले आर्थिक सहयोग चाहिने भन्दै रकम माग गरेको ढकालले जनशआस्थासँग खुलासा गरेका हुन् । आर्थिक अपचलन, भ्रष्टाचारविरुद्ध लड्ने बताउने गरेको रास्वपाले नै सांसद बनाउन करोडौं रकम लिएको आरोप लागेपछि सर्वसाधारणले भने रवि र रास्वपाप्रति कटाक्ष गर्न थालेका छन् ।

ढाकाले जनआस्थासँग गरेको भनिएको कुराकानी अनुसार पार्टी कार्यालय र रेस्टुरेन्टमा पुगेर पैसा दिएको आरोप लगाएका हुन् ।

रास्वपाले ढाकाकुमारलाई विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न रकम मागेको आरोपमा कारबाही भोगेपछि उनी सांसद छैनन् ।

रबिले अन्य पार्टीमा टिकट पाउन थुप्रै खर्च हुने गरेको दाबी गरेका छन । रविले आफ्नो पार्टीका समानुपातिक सांसद बनाउदा करोडमा डिल भएको विषय बाहिर छताछुल्ल भएको भने विर्सिएका छन् ।

रास्वपामा समानुपातिक सांसद बन्न ढाकाकुमार श्रेष्ठले करिब तीन करोड बुझाएको आरोप लगाएका छन् ।

ढाकाले सांसद बन्न गरेको भनिएको खर्चलाई भने रविले कसरी हेर्छन् भन्ने प्रश्न उब्जिएको छ । संसद बैठकमा उचालिएका रविको पार्टीमाथि लागेको आरोपको अनुसन्धान होला ? प्रश्न उठेको छ ।

झन्डै तीन करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबीसहित ढाकाकुमार श्रेष्ठविरुद्ध मुद्दा हाल्दै रास्वपा प्रवक्ता ढकाल

0

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले पार्टीका निलम्बित सांसद डा. ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानीको मुद्दा हाल्ने भएका छन । समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रवत्ता ढकालले झन्डै ३ करोड रुपैयाँ लिएर ढाकाकुमारलाई समानुपातिक सांसद बनाएको आरोप झुट्ठा भएको भन्दै त्यस विरुद्व मुद्दा हाल्ने बताएका हुन् ।

ढाकाकुमारले आफुहरुको मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याएको भन्दै २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबीसहित अदालतमा मानहानीको मुद्दा हाल्ने तयारी गरेको आफ्नो स्टाटसमा लेखेका छन । उनले लेखेका छन्, ‘केही सञ्चारमाध्यममा मैले र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले अगाडि लेखेका छन्, ‘यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ। यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तोसुकै सजाय भोग्न तयार छौँ। यसबाट हामीले हाम्रो मानहानि भएको महसुस गरेको हुँदा अदालतमा मानहानिको मुद्दा दर्ता गर्दै छौँ।’

आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावि गरि मुद्दा दर्ता गर्ने र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिने उनले लेखेका छन् ।

रेशम चौधरीको सजाय माफि दिने सरकारको तयारी- प्रस्ताब राष्ट्रपति कार्यालयमा

0

सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्नेे तयारी थालेको छ । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको हो ।

संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ ।

उहाँको बाँकी सजाय माफी हुनुपर्ने भनी पेश भएको निवेदन गृह मन्त्रालयबाट आएको र अध्ययनपछि प्रक्रिया अघि बढ्ने कुरा राष्ट्रपति रामचन्द्र पौडेलको एक सल्लाहकारले पुष्टी गरे ।

गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो । ऐनको दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ ।

अदालतले तोकेको सजाय पुरै वा आंशिक रुपमा माफी हुनका लागि आफूलाई सजाय गरेको अदालतको फैसलाको प्रतिलिपी निवेदनसाथ पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । यसअघि जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएका रेशम चौधरीलाई सर्वोच्च अदालतले गत २ जेठमा जन्मकैदको फैसला सदर गरेको थियो । उक्त फैसलाको पूर्णपाठ अहिलेसम्म तयार भएको छैन । संक्षिप्त फैसला भने सार्वजनिक भइसकेको छ ।
कैद मिनाहाको एउटा उपाय माफी मिनाहा हो । जस अनुसार, कैदीको सबै सजाय मिनाहा हुन्छ । त्यसका लागि कैदीहरुले सोझै गृह मन्त्रालयमा निवेदन पठाउने सुविधा पाउछन् । कैदीहरु रहेको कारागार प्रशासनबाट फाइल उठाउने र प्रमुख जिल्ला अधिकारीको नेतृत्वबाट चालचलनको परीक्षण गर्नुपर्दैन । उसले तोकिएको अवधि कैद भुक्तान समेत गर्नुपर्दैन ।

गृह मन्त्रालयले राष्ट्रपति कार्यालयमा फाइल पठाई त्यहाँबाट स्वीकृत भएर आएको फाइलमा महान्यायाधिवक्ताको राय लिएर ‘माफी मिनाहा’को प्रस्ताव मन्त्रिपरिषद पठाउँछ । मन्त्रिपरिषदबाट निर्णय गराई राष्ट्रपति कार्यालयले निर्णय गरेपछि कैदीको बाकी कैद माफी मिनाहा हुन्छ । सरकारले आगामी सोमबार(१५ जेठ)को गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिन लागेको हो ।

चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिव १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।

आर्थिक बर्ष सकिन दुई महिना बाँकी हुदा बिकास खर्च ३५ % मात्र, बिकासका काममा ढिलासुस्ती

आर्थिक बर्ष सकिन दुई महिना मात्र बाँकी हुदा सरकारले बिकास खर्च हालसम्म ३५ % मात्र गर्न सकेको छ ।पुजिगत खर्च भनेको देशको बिकासका लागि गरिने खर्च भनेर बुझिन्छ । तर यही काममा ढिलासुस्ती हुँदा जनताको बिकासको चाहनामा तुसारापात भएको छ ।


अहिकेकै अनुपातमा खर्च हुने हो भने आर्थिक बर्षको अन्त्यसम्ममा ४२ % मात्र पुजिगत खर्च कार्वान्वयन हुने देखिन्छ ।
सरकारले खर्च मात्र होइन ,श्रोतको सुनिस्चितता पनि गर्न सकेको छैन । सरकारले कर तथा गैरकर आम्दानीपनी अहिलेसम्म ५५।४६ प्रतिसत मात्रा उठाउन सकेको छ । सरकारले सोचेअनुरुप कर नउठ्ने निस्चितप्राय भएको छ ।
सरकारले १४ खर्ब आम्दानी गर्ने लक्ष लिएपनी हालसम्म सात खर्बमात्र कर तथा गैरकर आम्दानी गर्न सकेको छ । अर्थतन्त्रमा देखिएको मन्दीको अवस्थाले सरकारको आम्दानी सोचेअनुसार नभएको हो ।

त्यस्तै खर्च पनि सोचेअनुसार गर्न सकेको छैन । सरकारले १७ खर्ब ९३ अर्बको बजेट बनाएपनी हालसम्म १० खर्ब ९० अर्ब मात्र खर्च गर्न सकेको अवस्था छ । त्यसमा पनी सबैभन्दा बढी कर्मचारीको तलब लगायतका पुजी निर्माण नहुने चालु खर्चमा ११ खर्ब ८३ अर्ब अनुमान गरेकोमा ८ खर्ब १४ अर्ब खर्च भइसकेको भएतापनी पुजी निर्माण हुने बिकासे खर्चमा भने एकदमै कम खर्च भएको छ । बिकासका काममा ३ खर्ब ८० अर्ब छुट्याइएपनी आर्थिक बर्षको अन्त्यतिर आइपुग्दापनी १ खर्ब ३४ अर्ब मात्र खर्च हुन सकेको छ जुन अनुमानित वार्षिक खर्च भन्दा निकै कम हो ।


अनुदान रकम पनि निकै कम मात्र प्राप्त गरेको देखिन्छ । सरकारले ५५ अर्ब अनुदानबाट आउने अनुमान गरेपनी हालसम्म ४ अर्ब मात्र प्राप्त गरेको छ ।


यसरी आम्दानी शिर्षकका रकमहरु नउठ्दा त्यसको सिधा असर पुजिगत खर्चमा पर्ने देखिन्छ । आम्दानी नउठ्दा सरकारले अन्त्यमा कटौती गर्ने नै बिकास खर्च हुँने देखिन्छ किनकी सरकार कर्मचारीलाई दिने तलब भत्ता लगायतका खर्च कटौती गर्न असमर्थ देखिन्छ ।


यसले गर्दा बिकासका काममा ढिलासुस्ती मात्र नभइ जनताको बिकासका चाहनाहरु सपनामा मात्र सिमित हुने सम्भाबना देखिन्छ। सरकारले बेलैमा यसको समाधानका लागि आबस्यक कदम चालेर बिकास खर्च बढाएमा अहिले देखिएको अर्थतन्त्रमा रहेको मन्दिको अवस्थामा समेत सुधार हुने छ ।

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा गाडी भाडा घट्यो

0

बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ हुँद भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार मूल्य घटेको छ ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शंकरराज पाठकले जानकारी दिए । राजपत्रमा प्रकाशन भएपछि नयाँ भाडादर लागु हुनेछ ।

उनका अनुसार काठमाडौं उपत्याकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ । यसअघि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारी चढ्ने बित्तिकै न्यूनतम १८ रूपैयाँ भाडा तिर्नु पर्थ्यो । अब भने न्यूनतम भाडा १७ रूपैयाँ हुनेछ ।

त्यसैगरी काठमाडौं उपत्यकाबाहिर बाहिरका प्रदेशभित्रका क्षेत्रमा चल्ने चल्ने सार्वजनिक सवारीको भाडा दर ४.१८ प्रतिशतले कम भएको छ । यस्तै प्रदेशभित्र चल्ने महालवाहक सवारीको भाडा ५.६९ प्रतिशतले घटेको छ ।