24.4 C
Nepal
Monday, September 16, 2024

अस्ट्रेलिया,जापान,क्यानडा आदीमा मात्र युवाहरुले आफ्नो भबिस्य देख्ने यो कस्तो देश ?

नेपालमा यतिखेर जापान ,अस्ट्रेलिया,अमेरिका,क्यानडा ,कोरिया लगायतका देशमा जाने होड चलेको छ । यहाँ विद्यार्थीहरु प्लस टु , ब्याचुलर डिग्री सक्नेबित्तिकै आइइएलटीएस ,पिटिइ गरेर बाहिर देश जानेको होड चलेको छ । यहाँ बिदेशको भिसा लागेन भने डिप्रेसनमा जाने स्थिती बनेको छ । जापान ,क्यानडा, अस्ट्रेलिया आदी देशमा मात्र युवाहरुले आफ्नो भबिस्य देख्ने यो कस्तो देश देश बनाइरहेका छौ हामी ?

विद्यार्थीहरु प्लस टुको परिक्षा सकिदा खाडीमा भेटउला भनेर साथीको टिसर्टमा लेखेको एउटा फोटो केही दिन अघी भाईरल भएको थियो । यो एउटा प्रतीनिधी फोटो हो जसले देसका युबाहरुले के सोचिरहेका छन भन्ने दर्साउछ । कलिलो उमेरमै मेरो देशमा मेरो भबिस्य छैन , मेरो भबिस्य खाडी वा अन्य मुलुकमा मात्र छ भन्ने नकरात्मक सोचाइ बसेको प्रस्टै बुझिन्छ ।

अहिले बिद्यार्थी तथा युवाहरुको लागि नेपाल रोजाइ नभएर अप्सन बनेको छ । कही जान नसक्ने , केही गर्न नसक्ने मात्र नेपालमा बस्छ भन्ने गलत भास्य जबरजस्ती निर्माण हुँदैछ , गरिदैछ । यस्तै स्थिती रहने हो भने भोलीका दिनमा कोही पनी युवा देशमा रहनेछैन । नेपालमै केही गर्छु भन्नेको लागि पनि बिदेस जानु बाध्यता बन्न सक्ने देखिन्छ ।

हाम्रो देशमा बिदेश जान्छु भन्दा २०-३० लाख सजिलै परिवार र समाजले दिलाइदिन्छ तर यही केही गर्छु भन्ने हो भने २० हजार उब्जाउन पनी कसैले पत्याउदैन, फलामको चिउरा चपाउनु जस्तै गाह्रो छ । यसले देशमा केही गर्ने बाताबरण नभएको प्रस्टै हुन्छ । किन यो देसमा लगानीको बातावरण छैन त हामी सबैले एकपल्ट गम्भिर भएर सोच्नुपर्छ कि पर्दैन ?

देसको राजनीति तथा अर्थब्यबस्था-प्रती यहाँ युवाले अबिश्वास गरेको देखिन्छ । नेताहरुप्रती चरम अबिश्वास गरेको भान हुन्छ । यहाँका नेताले राम्रो निती र राम्रो अर्थ ब्यबस्थाको निर्माण हुन्छ , देशको भबिस्य र आफ्नो समेत राम्रो हुन्छ भन्ने विश्वाश हुन्थ्यो भने यसरी अन्य देशको भिसा पाउनका लागि युवाहरु सात दिन सात रातको लामो लाइनमा बसेका हुँदैनथिए ।

भर्खरै उम्रिएको नयाँ दलले पुराना हस्ती दलहरुलाई टक्कर दिनु पनि मौजुदा दल, तिनका नेता र निती प्रतिको बितिस्णाकै अर्को रुप हो । यस्तै स्थिती कायम रहने र पुराना दलहरुले आफुलाई नसच्याउने हो भने भोलिका दिन आफुलाई परिवर्तन नगर्ने दल ईतिहासमा मात्र सिमित हुन सक्ने कुरालाई नकार्न सकिन्न । त्यसैले सबैले आफुलाई सच्याउनु पर्ने स्थिती अहिलेको आवश्यकता बनिसकेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here