19.1 C
Nepal
Sunday, April 19, 2026
Home Blog Page 274

कृषिमा हालसम्मकै धेरै बजेट

0

सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

यस्तो छ पछिल्लो १० वर्षको कृषि क्षेत्रको बजेट

  • आव २०७०/७१ –२१ अर्ब ४० करोड
  • आव २०७१/७२ –२३ अर्ब २८ करोड
  • आव २०७२/७३ –२१ अर्ब ५१ करोड
  • आव २०७३/७४ –२७ अर्ब ४३ करोड
  • आव २०७४/७५ –२४ अर्ब २६ करोड
  • आव २०७५/७६ –२९ अर्ब ९४ करोड
  • आव २०७६/७७ –३४ अर्ब ८३ करोड
  • आव २०७७/७८ –३७ अर्ब ४० करोड
  • आव २०७८/७९ –४५ अर्ब ०५ करोड
  • आव २०७९/८० –५५ अर्ब ८९ करोड

तलब दिन नसक्ने भयो सरकार – आर्थिक सङ्कटमा सरकार

0

नेपाल सरकारले कर्मचारीलाई दिने तलब भत्ताको लागि रकम अभाब हुन थालेको छ ।


सरकारको आम्दानिभन्दा चालु खर्च बढी हुन थालेको छ । यसले गर्दा सरकारलाई खर्च धान्न धौधौ परेको हो । सरकारले तलब दिनको लागि रिण लिनुपर्ने स्थिती सिर्जना भएको हो । यस्तै स्थिती रहने हो भने सरकारले प्रहरी , निजामती कर्मचारी लगायत तलब भत्ता बुझ्ने जो कोहिलाई तलब भत्ता दिन नसक्ने स्थिती आउनेछ ।


पुजिगत खर्चको लागि सरकार यसैपनी रिण लिएर लगानी गरिरहेको थियो । त्यसमा चालु खर्छ धान्न पनी रिण लिनुपर्ने स्थिती आएपछी सरकार गम्भिर आर्थिक सङ्कटमा फस्दै गइरहेको छ ।


यही खाडल पूर्णको लागि सरकार लक्षभन्दा बढी रिण उठाउन लागेको हो ।


रुस – युक्रेन युद्धका कारण विश्व आर्थिक मन्दिको अवस्थातिर जादा त्यसको असर नेपालमा पनि देखा पर्न थालेको छ ।

दोहोरो अङ्कले घट्यो नेप्से , अब के होला -प्राबिधिक बिस्लेषण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ४२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।


आज बियर र बुलको फाइटमा बियरको जित भएको छ ।

आज ४३ कम्पनिको मुल्य बढेको छ भने १७३ कम्पनिको मुल्य घटेको छ ।


प्राबिधिक बिस्लेशण
नेप्सेले बोल्लिङर ब्यान्डको माथिल्लो रेखालाई रेसिस्टेन्स बनाएर तल जान खोजेको छ । बजारमा आज रिभर्सल क्यान्डल बनेको छ जसको कारण बजारमा सतर्क हुनुपर्ने देखिन्छ । सामान्यतया बजार माथिल्लो रेखालाई रेसिस्टेन्स बनाएमा कम्तिमा मध्य रेखासम्म तल झर्ने र मध्य रेखालाई सपोर्ट बनाउन खोज्छ ।

एमएसिडिले बाइ सिग्नल कायम छ । हिस्टोग्रामहरु हिजोको जस्तै छ जसले बजार अल्पकालिन बुल नै रहेको सन्केत गर्छ ।

आरएसआइ ६३ को बिन्दुमा रहेको छ ,यसले बजार ओभरबउट जोन नजिकैबाट फर्किएको देखिन्छ। आज यसले स्ट्रेन्थ गुमाएको देख्न सकिन्छ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।

पिभोट पोइन्ट
बजार झरेमा अब पहिलो सपोर्ट १८०८ दोश्रो सपोर्ट १७४६ मा रहेको देखिन्छ । पिभोट पोइन्ट १८९५ छ । बजार बढेमा पहिलो प्रतिरोध १९५७ र दोश्रो प्रतिरोध २०४३ मा रहेको देखिन्छ ।बजारले पिभोट पोइन्टलाई रेसिस्टेन्ट बनाएर फर्किएको छ त्यसैले बजार पहिलो सपोर्टसम्म आउन सक्ने देखिन्छ ।

नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला ।

फेसबुकमाथि युरोपमा पौने २ खर्ब जरिवाना

सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटामाथि युरोपेली युनियनको गोपनियता नियामकले करिब पौने २ खर्ब रुपैयाँ अर्थात् १ अर्ब ३० करोड डलर जरिवाना गरेको छ ।

अन्य देशका फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताका डाटाहरु अमेरिका पठाएको भन्दै इयूले मेटामाथि हालसम्मकै ठूलो जरिवाना गरेको हो। योसँगै गतवर्ष अमेजनमाथि लागेको ८२ करोड १२ लाख डलर जरिवानालाई मेटाले उछिनेको छ ।

युरोपेली युनियनले आफ्ना सदस्य मुलुकका फेसबुक तथा इन्स्टाग्रामका डाटाहरु समेत अमेरिका पठाउने मेटाको कार्यका कारण प्रयोगकर्ताका व्यक्तिगत जानकारी तथा सूचनाहरु अमेरिकी जासूसी एजेन्सीसम्म पनि पुग्नसक्ने आशंकाका कारण जरिवानाको निर्णय लिएको हो।

आयरल्याण्डका डाटा संरक्षण आयुक्त हेलेन डिक्सनको नेतृत्वमा रहेको युरोपेली संघको नियामक निकायले फेसबुकद्धारा युरोपेली प्रयोगकर्ताका डाटाहरु स्थानान्तरण गर्नका लागि प्रयोग गरिएका कानूनी उपकरणमाथि प्रतिबन्ध लगाउने कार्यलाई समेत अन्तिम रुप दिइरहेको छ।

अघिल्लो महिना उनले भनेका थिए कि आइडिस डाटा संरक्षण आयोगसँग फेसबुकको आन्ध्रमहासागरपार डाटा स्थानान्तरण रोक्नका लागि एक महिनाको समय बाँकी छ । यहीँ मे महिनाको अन्त्यसम्ममा मेटाको त्यस्तो काममा प्रतिबन्ध लगाउन सक्ने सम्भावना छ त्यसपछि फेसबुक प्रयोगकर्ताका डाटाहर आन्ध्र महासागरपार ट्रान्सफर हुनेछैनन् ।

सन् २०२० मै युरोपेली सर्वोच्च अदालतले एक फैसला गर्दै युरोपेली युनियनबाट अमेरिकासम्म डाटा ट्रान्सफर सम्झौता अवैध भएको ठहर गरेको थियो । यसो गर्दा प्रयोगकर्तामाथि जासूसी हुनसक्ने तर्क उसको थियो । मेटालाई गतवर्ष यस्तो डाटा ट्रान्सफर कार्यका विषयमा चेतावनी दिइएको थियो। त्यसपछि युरोपमा फेसबुकको सेवालाई समेत निलम्बन गरिएको थियो।

गत जनवरीमा पनि आफ्नो इन्स्टान्ट मेसेजिंग प्लाटफर्म ह्वाट्सएपले युरोपेली संघको डाटा सुरक्षा नियमहरु उल्लंघन गरेको भन्दै मेटा कम्पनीमाथि जरिवाना भएको थियो। मेटामाथि आयरल्याण्डको नियामक निकायले थप ५५ लाख युरो जरिवाना लगाएको थियो।

त्यस्तै गतवर्ष डिसेम्बरमा पनि मेटाको इन्स्टाग्राम तथा फेसबुक प्लाटफर्मले यिनै नियमहरु उल्लंघन गरेको भन्दै युरोपेली संघले ३९ करोड युरो जरिवाना गरेको थियो। एजेन्सीको सहयोगमा

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

0

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ४२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

नेप्सेका अनुसार कूल ७० लाख ५० हजार ३९ कित्ता शेयर रू दुई अर्ब ६३ करोड ९६ लाख ५९ हजार चार सय ९९ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिव्म सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू २१ करोड ७९ लाख ९४ हजार नौ सय तीन मूल्य बराबरको शेयर कारोबार भएको छ । नेपाल दूरसञ्चार कम्पनी रू नौ करोड १३ लाख दुई हजार आठ सय आठ, सोल्टी होटल रू आठ करोड ८६ लाख ६९ हजार, चिलिमे हाइड्रोपावर रू आठ करोड ३८ लाख २९ हजार पाँच सय ६१ र नेपाल पूर्वाधार बैंक रू सात करोड ८८ लाख ८४ हजार चार सय बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, यूनियन लाइफ इन्स्योरेन्स र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । युनिलिभर नेपाल सात दशमलव १८, एनएमबी बैंकको ऋणपत्र छ दशमलव शून्य एक र चिलिमे हाइड्रोपावरका शेयरधनीले पाँच दशमलब ९९ प्रतिशतले कमाएका छन् ।

यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी छ दशमलव ४०, न्यादी हाइड्रोपावर पाँच, नयाँ सारथी लघुवित्त चार दशमलव ९०, नेशनल माइक्रोफाइनान्स लघुवित्त चार दशमलव ७३ र हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले चार दशमलव ४२ प्रतिशतले गुमाएका छन् ।

मासिक भत्ता लिनेको संख्या ३७ लाख नजिक

0

नेपालमा सरकारबाट मासिक भत्ता पाउने व्यक्तिको संख्या ३७ लाख हाराहारी पुगेको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण अनुसार मासिक रुपमा सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिको संख्या ३६ लाख ८३ हजार ६५८ रहेको छ । जुन गत आर्थिक वर्ष २०७८/७९ को भन्दा ८१ हजार जना बढी हो । गत आर्थिक वर्षमा ३६ लाख २ हजार ७०५ जनाले सामाजिक सुरक्षा भत्ता पाएका थिए ।

सरकारले गत आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकले ६८ वर्ष पुगेपछि नै भत्ता पाउने व्यवस्था गरेपछि सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या उल्लेख्य बढेको हो । पहिले ७० वर्ष पूरा भएका व्यक्तिलाई मात्र ज्येष्ठ नागरिक भत्तावापत मासिक ४ हजार रुपैयाँ दिँदै आएकामा चालु आर्थिक वर्षदेखि ६८ वर्षमा नै दिन थालिएको थियो ।

९२ अर्बको तल्लो अरूण भारतीय कम्पनी सतलजलाई दिने निर्णय

0

लगानी बोर्डको ५४औं बैठकले तल्लो अरूण जलविद्युत परियोजना विकास सम्झौता (पिडिए) को अन्तिम मस्यौदा दस्तावेज स्वीकृत गरी अनुमोदनका लागि मन्त्रीपरिषदमा प्रस्ताव पठाउने निर्णय गरेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

यो आयोजना विकासको जिम्मा भारतीय कम्पनी सतलज विद्युत निगम एसजेभिएनले पाएको हो।

६६९ मेगावाट क्षमताको तल्लो अरूण जलविद्युत आयोजना विकासका लागि बोार्डको ५३ औं बैठकको निर्णयअनुसार बोर्डका कार्यकारी अधिकृतको संयोजकत्वमा विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरूको सदस्य रहेको वार्ता समितिले सतलजसँग चरणबद्ध रूपमा वाता गरेको थियो। 

वार्तापछि सहमतिसहित पिडिएको अन्तिम मस्यौदा दस्तावेज तयार गरेको हो। 

सरकारले पूर्व सांसद रेशम चौधरीलाई आम माफी दिन राष्ट्रपति समक्ष शिफरिस

0

आज बसेको मन्त्रिपरिषदको बैठकले पूर्व सांसद रेशम चौधरीलाई आम माफी दिन राष्ट्रपति समक्ष शिफरिस गर्ने निर्णय लिएको छ।
रेशम चौधरी हाल टिकापुर हत्याकान्ड मच्चाउने योजनाकारको रुपमा अदालतबाट दोषी ठहर भइ जेल जिबन बिताइरहेका छन ।

नक्कली शरणार्थीको अनुसन्धान बिथोलिए देशभर आन्दोलन : झलनाथ खनाल

0

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिएका छन्।

उनले भने, ‘नक्कली भूटानी शरणार्थीको केस जुन छ अहिले, यो एउटा लज्जास्पद कुरा हो, देशको अस्मिता गएको छ। संलग्न देखिएका मानिसलाई धिक्कार छ। यो लज्जास्पद छ। यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अुनसन्धान प्रक्रियालाई पूर्ण रुपले टुंगोमा लैजानबाट वञ्चित गरियो भने नेपाली नेपाली जनताले सहन गर्नेवाला छैनन्। आन्दोलनको सम्भावना छ। यो आजको सरकार र प्रहरीले सुनोस्।’

पसुपतिको अर्बौ पर्ने ३१रोपनी जग्गा गायब पार्न मन्त्री किराती सामेल !

पशुपतीनाथ करोडौ हिन्दू धर्मालम्बिको आस्थाको धरोहर हो ।तर त्यही पशुपति मन्दिरमा कहिले सुन, पैसा भएको घ्याम्पो हराउँछ त कहिले पशुपतिको गर्भगृहमा सुनको जलहरी लगाउँदा पित्तल मिसाएको घटनाले चर्चा पाउँछ।अहिले फेरी जग्गा गायब भएको बिषय बाहिर आएको छ ।

पछिल्लोपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय गरेका छन्। उक्त जग्गाको बजारमूल्य अर्बौं पर्ने बताइन्छ। अपचलन भएको कोषका नाममा रहेको कागेश्वरी मनोहरा नगरपालिमा पर्ने साबिक गोठाटारमा रहेको ५३५ रोपनी ३ आना जमिनमध्ये ३१ रोपनी जमिन अतिक्रमण भएको अध्ययनमा देखिँदादेखिँदै जग्गा खोजी नगरी किरातीले हालसाबिक गर्ने निर्णय गरेका हुन्।
अतीक्रमित जग्गा खोजेर ल्याउनुपर्नेमा पूर्व मन्त्रिहरुले हालसाबिक गर्न नमानेको जग्गा अहिलेका पर्यटनमन्त्री किरातीले शंकास्पद ढंगले हालसाबिक गर्ने निर्णय गरेको आरोप लागेको छ।त्यसमा कोषका सदस्य सचिव मिलनकुमार थापाको पनि मिलेमतो देखिएको छ।
हराएको जग्गा खोज्ने भन्ने छलफल हुँदै थियो तर मन्त्री किरातीले नापीको विवरणअनुसार अतिक्रमण भएको बाहेक ५०४ रोपनी ३ आना मात्र जमिन सबै प्रकारका कैफियत हटाई हालसाबिक गरी पठाइदिन अनुरोध गर्दै मालपोत कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेका छन्।
उक्त निर्णयमा मन्त्री किराती र सदस्य सचिबको मात्र हस्ताक्षर छ । कोषका अरु कसैले हस्ताक्षर गरेका छैनन । अरुले थाहा पाउछन कि जस्तो गरेर हतार हतार अरु सदस्यको सहमती बिनै मन्त्री किरातिले भुमाफीयालाई फाईदा पुग्ने गरी शंकास्पद ढंगले उक्त निर्णय गराएका हुन ।

पर्यटनमन्त्री किरातीले मिलेमतोमा जग्गा हालसाबिक गर्न लागेको भन्दै पूर्वपर्यटनमन्त्री प्रेमबहादुर आलेले संसद्मा प्रश्नसमेत उठाएका छन्।‘जग्गा पूरा नहुँदासम्म हालसाबिक हुँदैन भनेर रोकेको हुँ,’ पूर्वमन्त्री आलेले संसद्मा भने, ‘अहिलेका मन्त्रीले हैकमवाद अपनाएर पुर्जा वितरण गर्न लागेको सुनेको छु।’ पशुपतिको जग्गा अलिकति पनि तलमाथि भए नछाड्ने आलेले चेतावनी दिए।
ढकाललाई पर्यटन मन्त्री किरातीले नै सदस्यमा नियुक्त गरेका हुन्।