पशुपतीनाथ करोडौ हिन्दू धर्मालम्बिको आस्थाको धरोहर हो ।तर त्यही पशुपति मन्दिरमा कहिले सुन, पैसा भएको घ्याम्पो हराउँछ त कहिले पशुपतिको गर्भगृहमा सुनको जलहरी लगाउँदा पित्तल मिसाएको घटनाले चर्चा पाउँछ।अहिले फेरी जग्गा गायब भएको बिषय बाहिर आएको छ ।
पछिल्लोपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय गरेका छन्। उक्त जग्गाको बजारमूल्य अर्बौं पर्ने बताइन्छ। अपचलन भएको कोषका नाममा रहेको कागेश्वरी मनोहरा नगरपालिमा पर्ने साबिक गोठाटारमा रहेको ५३५ रोपनी ३ आना जमिनमध्ये ३१ रोपनी जमिन अतिक्रमण भएको अध्ययनमा देखिँदादेखिँदै जग्गा खोजी नगरी किरातीले हालसाबिक गर्ने निर्णय गरेका हुन्।
अतीक्रमित जग्गा खोजेर ल्याउनुपर्नेमा पूर्व मन्त्रिहरुले हालसाबिक गर्न नमानेको जग्गा अहिलेका पर्यटनमन्त्री किरातीले शंकास्पद ढंगले हालसाबिक गर्ने निर्णय गरेको आरोप लागेको छ।त्यसमा कोषका सदस्य सचिव मिलनकुमार थापाको पनि मिलेमतो देखिएको छ।
हराएको जग्गा खोज्ने भन्ने छलफल हुँदै थियो तर मन्त्री किरातीले नापीको विवरणअनुसार अतिक्रमण भएको बाहेक ५०४ रोपनी ३ आना मात्र जमिन सबै प्रकारका कैफियत हटाई हालसाबिक गरी पठाइदिन अनुरोध गर्दै मालपोत कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेका छन्।
उक्त निर्णयमा मन्त्री किराती र सदस्य सचिबको मात्र हस्ताक्षर छ । कोषका अरु कसैले हस्ताक्षर गरेका छैनन । अरुले थाहा पाउछन कि जस्तो गरेर हतार हतार अरु सदस्यको सहमती बिनै मन्त्री किरातिले भुमाफीयालाई फाईदा पुग्ने गरी शंकास्पद ढंगले उक्त निर्णय गराएका हुन ।
पर्यटनमन्त्री किरातीले मिलेमतोमा जग्गा हालसाबिक गर्न लागेको भन्दै पूर्वपर्यटनमन्त्री प्रेमबहादुर आलेले संसद्मा प्रश्नसमेत उठाएका छन्।‘जग्गा पूरा नहुँदासम्म हालसाबिक हुँदैन भनेर रोकेको हुँ,’ पूर्वमन्त्री आलेले संसद्मा भने, ‘अहिलेका मन्त्रीले हैकमवाद अपनाएर पुर्जा वितरण गर्न लागेको सुनेको छु।’ पशुपतिको जग्गा अलिकति पनि तलमाथि भए नछाड्ने आलेले चेतावनी दिए।
ढकाललाई पर्यटन मन्त्री किरातीले नै सदस्यमा नियुक्त गरेका हुन्।