20.6 C
Nepal
Tuesday, September 17, 2024

मधेश सरकारबाट माओवादी बाहिरिने

नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेपछी आफुलाई बेवास्ता गरेको भन्दै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

माओवादी केन्द्र संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
मन्त्रालय भागबण्डाका लागि हिजो बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालय मागेको तर थियो । तर उसले नपाएपछी सरकार छोडेको हो ।
मुख्यमन्त्री यादवले आज कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन् ।साथै एकीकृत समाजवादीका गोविन्द न्यौपाने पनि मन्त्री नियुक्त भएका छन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here