18.9 C
Nepal
Tuesday, September 17, 2024

१० महिनामा विद्युतीय सवारीको आयातमा बाहिरियो रु. ८.०९ अर्ब

नेपालबाट यस बर्षको १० महिनामा विद्युतीय सवारीसाधनको आयातमा ८ अर्ब रुपैयाँ बिदेसिएको छ ।

भन्सार विभागका अनुसार वैशाख मसान्तसम्म विद्युतीय सवारीसाधनको आयातमा ८ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको हो। यो अवधिसम्म विदेशबाट १०० किलोवाट क्षमताका २ हजार ८८२ विद्युतीय सवारीसाधन भित्रिएका छन्। यसबापत १ अर्ब ९९ करोड रुपैयाँ भन्सार राजश्व उठेको छ।

अघिल्लो महिना चैत मसान्तसम्म १०० किलोवाटको २ हजार ३७९ विद्युतीय सवारीसाधन आयात भएको थियो। चैत महिनासम्ममा १०० किलोवाट क्षमताका विद्युतीय सवारीको आयातमा ६ अर्ब ५२ करोड रुपैयाँ बाहिरिएको थियो।

वैशाखमा ५०३ वटा विद्युतीय सवारीसाधन आयात भएको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here