35.9 C
Nepal
Wednesday, April 22, 2026
Home Blog Page 24

माबिलुङ इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

0

माबिलुङ इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज (साउन ३० गते) अन्तिम दिन भएको छ। कम्पनीले गत साउन २६ गतेदेखि आम सर्वसाधारणका लागि कुल जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता सेयर निष्कासन गरेको हो।

यसअघि, कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत असार १ गते १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको थियो।

जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ८५ हजार ८२४ कित्ता सेयर संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ का आयोजना प्रभावित स्थायी बासिन्दाका लागि छुट्याइएको थियो। साथै, १५ लाख ४ हजार ७०६ कित्तामध्ये १० प्रतिशत अर्थात १ लाख ५० हजार ४७१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत असार २२ गतेदेखि साउन ४ गतेसम्म निष्कासन गरिएको थियो।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि सेयर निष्कासन सम्पन्न भएपछि, दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ खुलाइएको हो। आम लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आईपीओको बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले काम गरिरहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्।

श्रृजनशील लघुवित्तको नाफा तीनगुणा वृद्धि, ब्याज आम्दानीमा उल्लेख्य सुधार

0

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा २२१.१६ प्रतिशतले नाफा वृद्धि गर्दै ४ करोड ५० लाख रुपैयाँ कमाएको छ। अघिल्लो आवमा संस्थाले जम्मा १ करोड ४० लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो। नाफा वृद्धि हुने मुख्य कारण खुद ब्याज आम्दानीमा आएको उल्लेख्य सुधार रहेको संस्थाले जनाएको छ।

गत आवमा संस्थाको खुद ब्याज आम्दानी ५६.५९ प्रतिशतले बढेर १६ करोड ८८ लाख रुपैयाँ पुगेको छ। साथै, कमिसन आम्दानी २ करोड ८६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा संस्थाको निक्षेप संकलन ११.१७ प्रतिशतले बढेर ८४ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने कर्जा परिचालन २३.०९ प्रतिशतले बढ्दै २ अर्ब ६९ करोड ९३ लाख रुपैयाँ पुगेको छ।

वितरणयोग्य मुनाफा ३ करोड ५१ लाख ६६ हजार रुपैयाँ रहेको संस्थाको चुक्तापूँजी १० करोड ९३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ५ करोड ७ लाख रुपैयाँ र रिजर्भ ११ करोड ६ लाख रुपैयाँ रहेको छ। तर, गैर–सञ्चालित कर्जा अनुपात (NPL) भने अघिल्लो आवको ६.४९ प्रतिशतबाट बढेर ९.७९ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा संस्थाको सिडि रेसियो ३४५ प्रतिशत, बेस रेट १२.६० प्रतिशत, कस्ट अफ फण्ड ८.१० प्रतिशत कायम भएको छ। इपीएस १२.८४ रुपैयाँबाट बढेर ४१.२५ रुपैयाँ पुगेको छ। यस्तै, नेटवर्थ २४७.६० रुपैयाँ, मूल्य–आम्दानी अनुपात ५२.६० गुणा र तरलता अनुपात ३२.६४ प्रतिशत रहेको विवरणमा उल्लेख छ।

नेशनल इन्स्योरेन्स ६२ करोड घाटामा, व्यवसाय र आम्दानी दुबैमा गिरावट

नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा ६२ करोड ३९ लाख रुपैयाँ घाटा ब्यहोरेको छ। अघिल्लो आवमा २६ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको कम्पनी यस वर्ष दोब्बर घाटामा गएको हो। कम्पनीको व्यवसायसमेत ९.४५ प्रतिशतले घटेको विवरणमा उल्लेख छ।

गत आवमा कम्पनीले जम्मा ५६ करोड ६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ, जुन अघिल्लो आवको ६१ करोड ९१ लाख रुपैयाँभन्दा कम हो। खर्च र दाबी भुक्तानी बढेका कारण घाटा भएको कम्पनीको भनाइ छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च २०७.७४ प्रतिशतले बढेर १ अर्ब ३० करोड १९ लाख रुपैयाँ पुगेको छ।

दाबी भुक्तानी रकम पनि १३.३१ प्रतिशतले बढेर ६२ करोड ९८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, लगानीबाट हुने आम्दानी ३०.०३ प्रतिशतले घटेर १२ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ।

यद्यपि, कम्पनीको बीमा कोषको आकार ६९.८५ प्रतिशतले बढेर २ अर्ब ७० करोड रुपैयाँ पुगेको छ भने महाविपत्ती कोषमा ३ करोड २१ लाख रुपैयाँ सञ्चित भएको छ। समीक्षा अवधिसम्म कम्पनीको बीमालेख संख्या २२ हजार २२० रहेको छ ।

शिवम् सिमेन्टको नाफा तीनगुणा वृद्धि, बिक्रीमा पनि उल्लेख्य सुधार

0

शिवम् सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीले यस अवधिमा ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २०५.८५ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आवमा कम्पनीको नाफा २५ करोड ९६ लाख रुपैयाँ मात्र थियो।

बिक्री आम्दानीतर्फ पनि कम्पनीले उल्लेख्य वृद्धि गरेको छ। चालु आवको चौथो त्रैमाससम्म कम्पनीले बिक्रीमार्फत १ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३ करोड रुपैयाँ थियो। यो ६६.२९ प्रतिशतको वृद्धि हो। साथै, कम्पनीले यस अवधिमा १३ करोड ९४ लाख रुपैयाँ अन्य आम्दानी पनि आर्जन गरेको छ।

खर्च नियन्त्रणमा पनि कम्पनी सफल भएको छ। अघिल्लो आवमा ९५ करोड ६५ लाख रुपैयाँ खर्च भएकोमा चालु आवमा यो घटेर ६४ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ।

वित्तीय संरचनातर्फ, ५ अर्ब ४५ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले सेयर प्रिमियम रिजर्भमा ९५ करोड ६२ लाख रुपैयाँ र अन्य रिजर्भमा ३ अर्ब ८७ करोड रुपैयाँ छुट्याएको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) १४.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८५.५७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य २०३.८७ रुपैयाँ र तरलता अनुपात १.८० कायम भएको विवरणमा उल्लेख छ।

स्वरोजगार लघुवित्तको प्रतिसेयर आम्दानी दोब्बरभन्दा बढी, नाफामा ११५% वृद्धि

0

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आफ्नो प्रतिसेयर आम्दानी (EPS) दोब्बरभन्दा बढी बढाएको छ। संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार EPS अघिल्लो वर्षको १६.६० रुपैयाँबाट बढेर ३०.५८ रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी र नाफामा आएको सुधारका कारण EPS वृद्धि भएको हो। समीक्षा अवधिसम्म संस्थाले २३ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ११ करोड १४ लाख रुपैयाँभन्दा ११५.१६ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी ४७.२४ प्रतिशतले बढ्दै ६२ करोड ६७ लाख रुपैयाँ पुगेको छ। संस्थाको खुद सञ्चालन आम्दानी ६८ करोड ६४ लाख रुपैयाँ र सञ्चालन मुनाफा ३२ करोड ५३ लाख रुपैयाँ रहेको छ।

वितरणयोग्य मुनाफा १७ करोड १७ लाख रुपैयाँ पुगेको छ। ७८ करोड ३९ लाख रुपैयाँ चुक्तापूँजी भएको संस्थाको रिटेन्ड अर्निङ ९ करोड ९१ लाखबाट बढेर १७ करोड १७ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार २४ करोड ५३ लाखबाट बढेर ३० करोड १ लाख रुपैयाँमा पुगेको छ।

चौथो त्रैमाससम्ममा संस्थाले ४ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यद्यपि, संस्थाको खराब कर्जा अनुपात अघिल्लो वर्षको ५.५६ प्रतिशतबाट बढेर ७.५४ प्रतिशतमा पुगेको छ। समीक्षा अवधिसम्म प्रतिसेयर नेटवर्थ १६०.२० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १,२९५.०६ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ३३.३९ गुणा र तरलता अनुपात १६.२७ प्रतिशत कायम भएको छ।

नबिल बैंकको लाभांश क्षमता ५४.८७ प्रतिशतले वृद्धि

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आफ्नो लाभांश क्षमतामा उल्लेखनीय सुधार गरेको छ। बैंकको लाभांश क्षमता अघिल्लो वर्षको ११.३९ प्रतिशतबाट बढेर १७.६४ प्रतिशत पुगेको छ, जसमा ५४.८७ प्रतिशतको वृद्धि भएको हो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा पनि ५४.८२ प्रतिशतले बढ्दै ४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवमा ६ अर्ब १९ करोड खुद नाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा ७ अर्ब १२ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको छ, जसमा १५.०१ प्रतिशतको वृद्धि देखिएको छ।

यस अवधिमा बैंकले १६ अर्ब ३२ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ, जुन अघिल्लो आवको १६ अर्ब ३१ करोडभन्दा अलिक बढी हो। बैंकको खुद सञ्चालन आम्दानी १५ अर्ब ६७ करोडबाट बढेर १८ अर्ब ६० करोड पुगेको छ भने सञ्चालन मुनाफा ८ अर्ब ६४ करोडबाट वृद्धि भई १० अर्ब ८४ करोड पुगेको छ।

बैंकको रिटेन्ड अर्निङ ५४.८२ प्रतिशतले बढेको छ र हाल रिजर्भमा ३१ अर्ब ९० करोड रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकको निक्षेप संकलन १३.५३ प्रतिशतले बढेर ५ खर्ब २४ अर्ब पुगेको छ भने कर्जा प्रवाह १०.४९ प्रतिशतले बढ्दै ४ खर्ब १२ अर्बमा पुगेको छ।

अघिल्लो आवमा ४ अर्ब ६३ करोड रहेको बैंकको इम्पेयरमेन्ट चार्ज घटेर २ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ। बैंकको खराब कर्जा अनुपात ४.४५ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा सीमित भएको छ भने कस्ट अफ फण्ड पनि ५.८६ प्रतिशतबाट घटेर ४.४१ प्रतिशतमा आएको छ।

प्रतिसेयर आम्दानी अघिल्लो वर्षको २२.९० रुपैयाँबाट बढेर २६.३४ रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ३५९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.५५ गुणा र तरलता अनुपात २७.३१ प्रतिशत रहेको छ।

कृषि विकास बैंकको ऐतिहासिक रिपोर्ट : नाफा ४३ प्रतिशतले बढ्यो

0

कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले सो अवधिमा ४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकको खुद नाफा २ अर्ब ८९ करोड रुपैयाँ मात्र रहेको थियो। यसरी बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४३.३८ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। यस आधारमा बैंकले १८.४२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राखेको छ।

गत आर्थिक वर्षमा बैंकको सञ्चालन नाफा ५ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षमा सञ्चालन नाफा ४ अर्ब १३ करोड रुपैयाँ मात्र रहेको थियो। यसरी सञ्चालन नाफा पनि ४१.२७ प्रतिशतले बढेको हो।

यद्यपि, बैंकको ब्याज आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकले ९ अर्ब ८२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १० अर्ब ५५ करोड रुपैयाँ थियो। यसरी ब्याज आम्दानी ६.९३ प्रतिशतले घटेको छ।

बैंकको चुक्ता पूँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको छ। समीक्षा वर्षमा संचित नोक्सानी २ अर्ब ८७ करोड रुपैयाँ नकारात्मकमा छ भने रिजर्भ १६ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा संचित नाफा २ अर्ब १३ करोड रुपैयाँ र रिजर्भ १५ अर्ब ११ करोड रुपैयाँ थियो।

गत वर्ष बैंकले २९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २१३ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकको निक्षेप २४३ अर्ब ६२ करोड रुपैयाँ र कर्जा प्रवाह २०३ अर्ब ६१ करोड रुपैयाँ मात्र थियो।

बैंकको असुल नहुने कर्जा अनुपात (NPL) ३.२६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३.९१ प्रतिशत थियो।

बैंकको वार्षिक आम्दानी प्रतिकित्ता (EPS) २७ रुपैयाँ ६३ पैसा पुगेको छ। अघिल्लो वर्षको EPS १८ रुपैयाँ ५६ पैसा मात्र थियो। बैंकको प्रतिकित्ता नेटवर्थ २४१ रुपैयाँ ०४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E ratio) ११.८४ गुणा रहेको छ।

भगवति हाईड्रोपावरको आम्दानी र नाफामा सामान्य वृद्धि

0

भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म आम्दानी र नाफा दुवैमा सामान्य वृद्धि गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीको कुल आम्दानी १५ करोड ९९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.०७ प्रतिशतले बढी हो। आम्दानीसँगै नाफामा पनि वृद्धि हुँदै कम्पनीले ६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ६ करोड ३० लाख रुपैयाँभन्दा ४.९९ प्रतिशतले बढी हो।

यो अवधिमा कम्पनीले ४ करोड ७० लाख रुपैयाँ सञ्चालन खर्च र ३ करोड ६७ लाख रुपैयाँ गैरसञ्चालन खर्च गरेको छ।

५९ करोड ४९ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको रिजर्भ १२ करोड १२ लाख रुपैयाँ पुगेको छ।

चौथो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ११.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२०.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य १४८.६१ रुपैयाँ, तरलता अनुपात २३.१४ प्रतिशत र मूल्य–आम्दानी अनुपात (P/E) ८४.६५ गुणा कायम भएको छ।

नेरुडे मिर्मिरे लघुवित्तको नाफा १५.८७ प्रतिशतले घट्यो

0

खुद ब्याज आम्दानीमा उल्लेखनीय वृद्धि भएपनि सञ्चालन खर्च र इम्पेयरमेन्ट चार्ज बढ्दा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ।

संस्थाले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म २५ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ३० करोड १९ लाख रुपैयाँको तुलनामा १५.८७ प्रतिशतले कम हो।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ५७.३७ प्रतिशतले वृद्धि भई १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो रकम ९१ करोड १६ लाख रुपैयाँ मात्र थियो। तर, खुद शुल्क तथा कमिशन आम्दानी २४ करोड ६५ लाख रुपैयाँबाट घटेर २१ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ।

संस्थाको खुद सञ्चालन आम्दानी १ अर्ब ३५ करोड रुपैयाँ र सञ्चालन मुनाफा ३६ करोड ३९ लाख रुपैयाँ कायम भएको छ। तर, सञ्चालन खर्च ३७.७१ प्रतिशतले बढ्दै ९९ करोड २९ लाख रुपैयाँ पुगेको छ, जसले नाफामा दबाब सिर्जना गरेको छ। अघिल्लो वर्ष सञ्चालन खर्च ७२ करोड १० लाख रुपैयाँ मात्र थियो।

इम्पेयरमेन्ट चार्ज पनि अघिल्लो वर्षको ३ करोड ९६ लाख रुपैयाँबाट ह्वात्तै बढेर ३० करोड ४७ लाख रुपैयाँ पुगेको छ।

चौथो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा १३ करोड ३९ लाख रुपैयाँ र लाभांश क्षमता ९.५८ प्रतिशत रहेको छ। निक्षेप संकलन अघिल्लो वर्षको ६ अर्ब १४ करोड रुपैयाँबाट बढेर ६ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २० अर्ब १३ करोड रुपैयाँ पुगेको छ।

संस्थाको रिटेन्ड अर्निङ १३ करोड ३९ लाख रुपैयाँ र रिजर्भ कोष १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। तर, खराब कर्जा अनुपात अघिल्लो वर्षको १०.४१ प्रतिशतबाट बढेर ११.३२ प्रतिशत पुगेको छ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (EPS) १८.१७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०६.७७ रुपैयाँ, मूल्य-आम्दानी अनुपात ३८.५४ गुणा, प्रतिसेयर कुल सम्पत्ति मूल्य १,५५७.८९ रुपैयाँ र तरलता अनुपात ११.०४ प्रतिशत कायम भएको छ।

बुङ्गल हाइड्रोको आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ आज बन्द हुँदै

0

बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओ आजदेखि बन्द गर्न लागेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत असार २९ गतेदेखि आईपीओ निष्कासन थालेको थियो।

यसअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ साउन ११ गते नै बन्द भइसकेको छ। कम्पनीले गत असार १५ गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको हो।

८३ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले यसको ३५ प्रतिशतबराबरको २९ करोड ५ लाख रुपैयाँ अंकित मूल्यका २९ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको हो। जसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्रका सेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्रमा पर्ने सुदूरपश्चिम प्रदेश, बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका–६ (साविक पिपलकोट गाविस वडा नं. ४, ५, ७०) र वडा नं. ७ (साविक कफल्सेरी गाविस वडा नं. १०) का बासिन्दालाई बाँडफाँड गरिनेछ। बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्रका बासिन्दा, अर्थात बझाङ्ग जिल्ला बुङ्गल नगरपालिका–१, २, ३, ४, ५, ८, ९, १० र ११ का वासिन्दाका लागि सुरक्षित गरिएको छ।

सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ७ हजार ५०० कित्ता (२ करोड ७ लाख ५० हजार रुपैयाँ बराबर) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सकिने व्यवस्था छ। आईपीओको लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARE-NP Single B Issuer Rating’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड हो। स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (केदारस्यू–१), कृषि विकास बैंक (बुङ्गल नगरपालिका), ग्लोबल आइएमई बैंक (जयपृथ्वी नगरपालिका) तथा आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्। आवेदनका लागि दरखास्त फारम शुल्क २ रुपैयाँ तोकिएको छ।