19.9 C
Nepal
Sunday, September 28, 2025

माबिलुङ इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

spot_imgspot_imgspot_img

माबिलुङ इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज (साउन ३० गते) अन्तिम दिन भएको छ। कम्पनीले गत साउन २६ गतेदेखि आम सर्वसाधारणका लागि कुल जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता सेयर निष्कासन गरेको हो।

यसअघि, कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत असार १ गते १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको थियो।

जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ८५ हजार ८२४ कित्ता सेयर संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ का आयोजना प्रभावित स्थायी बासिन्दाका लागि छुट्याइएको थियो। साथै, १५ लाख ४ हजार ७०६ कित्तामध्ये १० प्रतिशत अर्थात १ लाख ५० हजार ४७१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत असार २२ गतेदेखि साउन ४ गतेसम्म निष्कासन गरिएको थियो।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि सेयर निष्कासन सम्पन्न भएपछि, दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ खुलाइएको हो। आम लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मको आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आईपीओको बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले काम गरिरहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here