भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म आम्दानी र नाफा दुवैमा सामान्य वृद्धि गरेको छ।
समीक्षा अवधिसम्म कम्पनीको कुल आम्दानी १५ करोड ९९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.०७ प्रतिशतले बढी हो। आम्दानीसँगै नाफामा पनि वृद्धि हुँदै कम्पनीले ६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ६ करोड ३० लाख रुपैयाँभन्दा ४.९९ प्रतिशतले बढी हो।
यो अवधिमा कम्पनीले ४ करोड ७० लाख रुपैयाँ सञ्चालन खर्च र ३ करोड ६७ लाख रुपैयाँ गैरसञ्चालन खर्च गरेको छ।
५९ करोड ४९ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको रिजर्भ १२ करोड १२ लाख रुपैयाँ पुगेको छ।
चौथो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ११.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२०.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य १४८.६१ रुपैयाँ, तरलता अनुपात २३.१४ प्रतिशत र मूल्य–आम्दानी अनुपात (P/E) ८४.६५ गुणा कायम भएको छ।