19.9 C
Nepal
Tuesday, September 16, 2025

नेशनल इन्स्योरेन्स ६२ करोड घाटामा, व्यवसाय र आम्दानी दुबैमा गिरावट

नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा ६२ करोड ३९ लाख रुपैयाँ घाटा ब्यहोरेको छ। अघिल्लो आवमा २६ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको कम्पनी यस वर्ष दोब्बर घाटामा गएको हो। कम्पनीको व्यवसायसमेत ९.४५ प्रतिशतले घटेको विवरणमा उल्लेख छ।

गत आवमा कम्पनीले जम्मा ५६ करोड ६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ, जुन अघिल्लो आवको ६१ करोड ९१ लाख रुपैयाँभन्दा कम हो। खर्च र दाबी भुक्तानी बढेका कारण घाटा भएको कम्पनीको भनाइ छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च २०७.७४ प्रतिशतले बढेर १ अर्ब ३० करोड १९ लाख रुपैयाँ पुगेको छ।

दाबी भुक्तानी रकम पनि १३.३१ प्रतिशतले बढेर ६२ करोड ९८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, लगानीबाट हुने आम्दानी ३०.०३ प्रतिशतले घटेर १२ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ।

यद्यपि, कम्पनीको बीमा कोषको आकार ६९.८५ प्रतिशतले बढेर २ अर्ब ७० करोड रुपैयाँ पुगेको छ भने महाविपत्ती कोषमा ३ करोड २१ लाख रुपैयाँ सञ्चित भएको छ। समीक्षा अवधिसम्म कम्पनीको बीमालेख संख्या २२ हजार २२० रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here