श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा २२१.१६ प्रतिशतले नाफा वृद्धि गर्दै ४ करोड ५० लाख रुपैयाँ कमाएको छ। अघिल्लो आवमा संस्थाले जम्मा १ करोड ४० लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो। नाफा वृद्धि हुने मुख्य कारण खुद ब्याज आम्दानीमा आएको उल्लेख्य सुधार रहेको संस्थाले जनाएको छ।
गत आवमा संस्थाको खुद ब्याज आम्दानी ५६.५९ प्रतिशतले बढेर १६ करोड ८८ लाख रुपैयाँ पुगेको छ। साथै, कमिसन आम्दानी २ करोड ८६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा संस्थाको निक्षेप संकलन ११.१७ प्रतिशतले बढेर ८४ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने कर्जा परिचालन २३.०९ प्रतिशतले बढ्दै २ अर्ब ६९ करोड ९३ लाख रुपैयाँ पुगेको छ।
वितरणयोग्य मुनाफा ३ करोड ५१ लाख ६६ हजार रुपैयाँ रहेको संस्थाको चुक्तापूँजी १० करोड ९३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ५ करोड ७ लाख रुपैयाँ र रिजर्भ ११ करोड ६ लाख रुपैयाँ रहेको छ। तर, गैर–सञ्चालित कर्जा अनुपात (NPL) भने अघिल्लो आवको ६.४९ प्रतिशतबाट बढेर ९.७९ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा संस्थाको सिडि रेसियो ३४५ प्रतिशत, बेस रेट १२.६० प्रतिशत, कस्ट अफ फण्ड ८.१० प्रतिशत कायम भएको छ। इपीएस १२.८४ रुपैयाँबाट बढेर ४१.२५ रुपैयाँ पुगेको छ। यस्तै, नेटवर्थ २४७.६० रुपैयाँ, मूल्य–आम्दानी अनुपात ५२.६० गुणा र तरलता अनुपात ३२.६४ प्रतिशत रहेको विवरणमा उल्लेख छ।