25.5 C
Nepal
Monday, September 29, 2025

शिवम् सिमेन्टको नाफा तीनगुणा वृद्धि, बिक्रीमा पनि उल्लेख्य सुधार

spot_imgspot_imgspot_img

शिवम् सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीले यस अवधिमा ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २०५.८५ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आवमा कम्पनीको नाफा २५ करोड ९६ लाख रुपैयाँ मात्र थियो।

बिक्री आम्दानीतर्फ पनि कम्पनीले उल्लेख्य वृद्धि गरेको छ। चालु आवको चौथो त्रैमाससम्म कम्पनीले बिक्रीमार्फत १ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३ करोड रुपैयाँ थियो। यो ६६.२९ प्रतिशतको वृद्धि हो। साथै, कम्पनीले यस अवधिमा १३ करोड ९४ लाख रुपैयाँ अन्य आम्दानी पनि आर्जन गरेको छ।

खर्च नियन्त्रणमा पनि कम्पनी सफल भएको छ। अघिल्लो आवमा ९५ करोड ६५ लाख रुपैयाँ खर्च भएकोमा चालु आवमा यो घटेर ६४ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ।

वित्तीय संरचनातर्फ, ५ अर्ब ४५ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले सेयर प्रिमियम रिजर्भमा ९५ करोड ६२ लाख रुपैयाँ र अन्य रिजर्भमा ३ अर्ब ८७ करोड रुपैयाँ छुट्याएको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) १४.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८५.५७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य २०३.८७ रुपैयाँ र तरलता अनुपात १.८० कायम भएको विवरणमा उल्लेख छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here