29.5 C
Nepal
Wednesday, April 15, 2026
Home Blog Page 5

सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासन

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सुरु गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको छ।

सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १५ करोड ५० लाख रुपैयाँ बराबरको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। यसमध्ये ४० प्रतिशत अर्थात् ६ लाख २० हजार कित्ता लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का स्थानीय बासिन्दाका लागि तथा बाँकी ६० प्रतिशत अर्थात् ९ लाख ३० हजार कित्ता वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दाका लागि जारी गरिएको छ।

त्यसैगरी, जारी पुँजीको १० प्रतिशत अर्थात् १५ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ५५ हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरिएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा माघ ६ गते र ढिलोमा माघ २१ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि भने आईपीओ छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गतेसम्म खुला रहनेछ।

आयोजना प्रभावित स्थानीय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा तथा हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन्।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले पाएको छ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ।

सालपा विकास बैंकको आइपीओमा १०.५९ गुणा बढी आवेदन

0

काठमाडौँ — सालपा विकास बैंक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। निष्कासनको दोस्रो दिनसम्म बैंकको आईपीओमा मागभन्दा १०.५९ गुणा बढी आवेदन परेको छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार दोस्रो दिनसम्म १२ लाख ९६ हजार १७७ जना लगानीकर्ताले आवेदन दिएका छन्। कुल १ अर्ब ५२ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ४३ हजार २७० कित्ता सेयरका लागि आवेदन परेको हो, जुन माग गरिएको परिमाणभन्दा झण्डै १० गुणा बढी हो।

बैंकले पुस १६ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्कासन गरेको छ। जसमध्ये सामूहिक लगानी कोषका लागि ८६ हजार १९४ कित्ता र कर्मचारीका लागि २६ हजार ११९ कित्ता सेयर छुट्याइएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू तथा ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

बैंकको आईपीओ निष्कासन छिटोमा पुस २० गते र ढिलोमा पुस ३० गते बन्द हुने जनाइएको छ। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ।

नेप्सेमा ६१.४६ लाख कित्ता बोनस सेयर सूचीकृत

0

हिमालयन डिष्टीलरीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ६१ लाख ४६ हजार ८०३.६२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभाश (कर समेत)गरी कुल २५ प्रतिशत लाभांश प्रदान गरेको थियो ।

सोही लाभांशमध्येको २० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । यससँगै अब आगामी कारोबारदेखि कम्पनीको उक्त बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

रवि लामिछानेसहित प्रतिवादीहरूलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतबाट सदर

पाटन उच्च अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाण्डौले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्ने आदेशलाई सदर गरेको छ।

जिल्ला अदालत काठमाण्डौको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने मागसहित सरकारी पक्षले दायर गरेको पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खिमानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतकै निर्णयलाई निरन्तरता दिएको हो।

हिमालयन क्यापिटलद्वारा साधारण सभा आह्वान, १५ प्रतिशत नगद लाभांश

0

हिमालयन क्यापिटल लिमिटेडले आफ्नो ८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर २८ गते साधारण सभा गर्ने निर्णय गरेको हो। सभा काठमाडौँको कमलादीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

१५ प्रतिशत नगद लाभांश प्रस्ताव

आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट सेयरधनीहरूलाई कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस गरिनेछ।

प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने

सभामा निम्न विषयहरूमा छलफल तथा स्वीकृति प्रदान गरिनेछ–

  • सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल तथा पारित
  • लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तको वासलात
  • आव २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूको स्वीकृति

लेखापरीक्षक नियुक्ति

आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामार्फत पारित गरिनेछ।

सुपर मादी हाईड्रोपावर लिमिटेडको १६ औं वार्षिक साधारण सभा पुस ४ गते हुने

0

काठमाडौँ । सुपर मादी हाईड्रोपावर लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ४ गते साधारण सभा गर्ने निर्णय गरेको हो। सभा काठमाडौँको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

५% बोनस सेयर र ०.२६४२% नगद लाभांश प्रस्ताव

आर्थिक वर्ष २०८१/८२ का लागि कम्पनीले सेयरधनीलाई

  • ५ प्रतिशत बोनस सेयर,
  • कर प्रयोजनका लागि ०.२६४२ प्रतिशत नगद लाभांश
    वितरण गर्ने प्रस्ताव सभामा पेस गर्नेछ।

२ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव

बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ पुग्नेछ। उक्त पुँजीको आधारमा २ः१ अनुपातमा, रु. १०० अंकित दरका १ करोड १५ लाख ७६ हजार २५० कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिनेछ।

वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र लेखापरीक्षक नियुक्ति

सभामा निम्न प्रस्तावहरुमा छलफल हुनेछ–

  • आव २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल र पारित
  • लेखापरीक्षकद्वारा प्रस्तुत वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरुको पारित
  • आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण

बुक क्लोज मिति

कम्पनीले मंसिर १७ गतेदेखि पुस ४ गतेसम्म आफ्नो सेयरधनी दर्ता किताब (बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ।
यसअनुसार–

  • मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनी मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

सोलु हाईड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

0

सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया सुरू गरेको छ। कम्पनीले कुल ४ करोड १० लाख कित्ता साधारण सेयर जारी गर्दै आईपीओ निष्कासन थालेको हो।

कम्पनीले गत कात्तिक २४ गते नेपाल धितोपत्र बोर्डबाट २ अर्ब रुपैयाँबराबरको प्रतिकित्ता १०० अंकित दरका २ करोड साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो। यसपटक जारी गरिएको सेयरमध्ये ठूलो हिस्सा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा विदेशमा कार्यरत नेपालीका लागि छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्रका लागि सेयर वितरण

पर्यावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदनका आधारमा सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी कूल १ करोड कित्ता साधारण सेयर छुट्याइएको थियो।

  • अति प्रभावित क्षेत्र—सोलु दूधकुण्ड नगरपालिका–७ र ११, तथा थुलुङ दुधकोशी गाउँपालिका–१ का स्थानीयका लागि
    ४० लाख कित्ता (४०%)
  • अन्य प्रभावित वडाहरू—सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाका अन्य वडाका बासिन्दाका लागि
    ६० लाख कित्ता (६०%)

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर

कम्पनीले छुट्याएको १ करोड कित्ता मध्येको १० प्रतिशत अर्थात् १० लाख कित्ता नेपाल सरकारले मान्यता दिएको श्रम स्वीकृति लिएर विदेशमा बसि रोजगारी गरिरहेका नेपाली नागरिकका लागि सुरक्षित गरिएको छ।

कित्ता सीमा

  • आयोजना प्रभावित क्षेत्रका बासिन्दा : न्यूनतम १० कित्ता, अधिकतम १ लाख कित्ता
  • वैदेशिक रोजगारीमा रहेका नेपाली : न्यूनतम १० कित्ता, अधिकतम १ लाख कित्ता

बन्द मिति

  • आयोजना प्रभावित क्षेत्र : छिटोमा मंसिर २१, ढिलोमा पुस ७
  • वैदेशिक रोजगारीमा रहेका नेपाली : छिटोमा मंसिर १०, ढिलोमा मंसिर २१

कहाँ–कहाँबाट आवेदन दिन सकिन्छ?

आयोजना प्रभावित क्षेत्रका लागि

  • ग्लोबल आइएमई बैंक, सल्लेरी–सोलुखुम्बु
  • लक्ष्मी सनराइज बैंक, नेले–सोलुखुम्बु
  • आयोजनास्थल तिङ्गला, सोलुखुम्बु

वैदेशिक रोजगारीका लागि

  • धितोपत्र बोर्डले स्वीकृत गरेका सम्पूर्ण ASBA सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा
  • मेरो सेयर (Meroshare) अनलाइन पोर्टलबाट पनि आवेदन दिन सकिनेछ

बिक्री प्रबन्धक

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङहिमालयन क्यापिटल रहेका छन्।

कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नागरिक तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर बिक्री गरी सकेपछि दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने जनाएको छ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मंसिर २६ गते साधारण सभा, १३% लाभांश पारित गर्ने एजेण्डा

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकको सञ्चालक समितिको मंसिर ४ गते बसेको ३२०औं बैठकले मंसिर २६ गते बुटवलस्थित होटल सेफ्रन सिकेमा अपरान्ह १२:३० बजेबाट सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश पारित गरिनेछ।

यससँगै, बैंकलाई अन्य बैंक तथा वित्तीय संस्थासँग गाभिने/गाभिने कार्यका लागि पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ। साथै नियमनकारी निकायबाट निर्देशित भएअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने अधिकार पनि सञ्चालक समितिलाई हस्तान्तरण गरिनेछ।

सभामा गत आवको सञ्चालक समितिको प्रतिवेदन, आव २०८०/८१ को वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा संलग्न अनुसूचीहरू छलफल गरी पारित गरिनेछन्। त्यस्तै, आव २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा उहाँको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा रहनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश पाउन र साधारण सभामा सहभागी हुन सक्नेछन्।

साधारण सभाले बैंकको लाभांश, गाभिने प्रक्रिया र आगामी रणनीतिक निर्णयहरूलाई औपचारिकरूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।

एभरेष्ट कलर लिमिटेडले मंसिर २९ गते साधारण सभा, आईपीओ निष्कासनका प्रस्ताव पारित गर्ने

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्कासनका लागि महत्वपूर्ण प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ। मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते भक्तपुरको कौशलटारस्थित त्रिशक्ति ब्याङ्क्वेटमा बिहान १० बजेबाट साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ।

सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने प्रस्ताव अनुमोदन गर्ने र आवश्यक परेमा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ।

यस्तै, सभामा गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ। एभरेष्ट कलरले आफ्नो ३ करोड ९० लाख रुपैयाँ सेयर पूँजी बराबरको ५० रुपैयाँ अंकित दरमा ७ लाख ८० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको छ।

यस आईपीओका लागि केयर रेटिङ्स नेपाल लिमिटेडले ‘CARE-NP BB– (IS)’ तथा ‘Double B Minus (Issuer Rating)’ प्रदान गरेको छ, जसले कम्पनीको मध्यम जोखिम क्षमता संकेत गर्दछ।

साधारण सभाबाट प्रस्तावित विषयहरू पारित भएसँगै कम्पनीको आईपीओ प्रक्रिया औपचारिकरूपमा अघि बढ्नेछ।

सुपर मादी हाईड्रोपावरको लाभांश घोषणा

0

सुपर मादी हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश दिने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ०.२६४२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्ताविलत लाभांश कम्पनीेको आगामी १६ औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।