29.5 C
Nepal
Wednesday, April 15, 2026
Home Blog Page 4

सोलु हाईड्रोपावरको आईपीओ आजदेखि आम सर्वसाधारणका लागि खुला

0

काठमाडौँ — सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले यस चरणमा कुल ८२ लाख कित्ता साधारण सेयर जारी गरेको हो।

जसमध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ। साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यो आईपीओ छिटोमा माघ ४ गते र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा माघ १४ गतेसम्म निष्कासन खुला रहनेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सम्हालेको छ।

कम्पनीले यसअघि गत कात्तिक २४ गते प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोअनुसार पहिलो चरणमा मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि कुल ४ करोड १० लाख कित्ता सेयर निष्कासन गरिएको थियो।

पहिलो चरणको आईपीओ सफलतापूर्वक निष्कासन गरेपछि कम्पनीले दोस्रो चरणअन्तर्गत आजदेखि आम सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो।

दरमखोला हाइड्रोको लक इन अवधि माघमा समाप्त हुने

0

दरमखोला हाइड्रो इनर्जीे लिमिटेडको लक इन अवधि आगामी माघ महिनामा समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको १ लाख ४५ हजार ९७५ कित्ता सेयरको लक इन अवधि माघ २८ गते समाप्त हुन लागेको हो ।

कम्पनीको सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको सेयर सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राखिएको थियो ।

कम्पनीले गत साउन १५ गतेदेखि साउन १९ गतेसम्म आम सर्वसाधारणका लागि जारीपूँजीको २८।३३ प्रतिशत अर्थात २९ लाख १९ हजार ५ सय कित्ता सेयर जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड साउन २९ गते भएको थियो ।

सिटिजन्स बैंकको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

0

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न चारजना संस्थापक सेयरधनीहरुको को नाममा रहेको ३ लाख ९ हजार ३८२.७२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। निर्धारित समयभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० र १३० रुपैयाँ तोकिएको छ ।

एशियन लाइफको १.५५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

0

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख ५५ हजार ३७१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ। यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

निर्धारित समयावधि भित्र सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

युनिक नेपाल लघुवित्तले सेयरधनीलाई लाभांश नदिने

0

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको १०८औँ बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि नगद तथा बोनस सेयर दुवै नदिने निर्णय गरेको हो।

बैठकले देशभर विगत चार वर्षदेखि निरन्तर देखिँदै आएको लघुवित्त विरोधी गतिविधिका कारण कर्जा नतिर्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष निकालेको छ। यसले ग्राहक सदस्यहरूबीचको सामूहिक जमानी दायित्व कमजोर बनाएको र कर्जा असुलीमा गम्भीर समस्या उत्पन्न भएको संस्थाले जनाएको छ।

त्यसैगरी, व्यावसायिक मन्दीका कारण ऋणी सदस्यहरूको व्यवसाय अपेक्षाअनुसार सञ्चालन हुन नसक्दा आम्दानीमा संकुचन आएको उल्लेख गरिएको छ। युवा विदेश पलायन र आर्थिक मन्दीको प्रभावले कर्जा लगानी विस्तार हुन नसक्दा संस्थाको निष्क्रिय कर्जा उल्लेख्य रूपमा वृद्धि भएको बोर्डको ठहर छ। निष्क्रिय कर्जा बढ्दा आम्दानीको ठूलो हिस्सा कर्जा नोक्सानी व्यवस्थापनमा खर्चिनु परेकाले मुनाफा घट्नुका साथै नगद प्रवाहमा समेत नकारात्मक असर परेको जनाइएको छ।

यस्ता चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि सेयरधनीलाई लाभांश वितरण गर्ने चाहना रहे पनि वर्तमान अवस्थाको गाम्भीर्यतालाई ध्यानमा राख्दै संस्थालाई सुरक्षित र स्थिर रूपमा सञ्चालन गर्न प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइएको छ। नेपाल राष्ट्र बैंकको सुझावलाई समेत आत्मसाथ गर्दै आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणको आधारमा वितरणयोग्य मुनाफा सञ्चितबाट नगद तथा सेयर लाभांश वितरण गर्न नसकिने निर्णय सर्वसम्मत रूपमा गरिएको संस्थाले जनाएको छ।

शिखर पावर डेभलपमेन्टको आईपीओ माघ ६ गतेदेखि निष्कासन हुने

शिखर पावर डेभलपमेन्ट लिमिटेडले आगामी माघ ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले गत पुस १६ गते नेपाल धितोपत्र बोर्डबाट ३२ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

जारी पूँजीमध्ये सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको ९ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिनेछ। वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र विद्युत उत्पादन अनुमतिपत्रको आधारमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका वडा नम्बर १ देखि १० सम्मका सम्पूर्ण वडाका बासिन्दा तथा विद्युत प्रसारण लाइनबाट प्रभावित बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ (साविक बुर्तिवाङ गाविसका वडा नम्बर २, ३, ४ र ५) का स्थानीय बासिन्दा यसमा समावेश छन्।

यसैगरी बाँकी २२ करोड २० लाख रुपैयाँ बराबरको २२ लाख २० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख २२ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि बिक्री गरिनेछ।

कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरिएको सेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी सेयर सर्वसाधारणमा समायोजन गरी निष्कासन गरिनेछ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गते बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गतेसम्म आवेदन दिन सकिनेछ।

स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंक नक्साल, बुर्तिवाङ र बागलुङ बजार शाखा, प्रभु बैंक ग्वालीचौर शाखा, गरिमा विकास बैंक बुर्तिवाङ शाखा तथा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुर्तिवाङ शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था रहेको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले पाएको छ। पहिलो चरणको सेयर बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने जनाएको छ।

सर्वसाधारणका लागि एनआईसी एशिया बैंकको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले २ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको हो ।

यो सेयरको न्यूनतम मूल्य १४० रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सेयर खरिदका लागि बोलपत्र पेस गर्दा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिनु पर्नेछ ।

सेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटलको कार्यालयमा आईपुग्ने गरी पेश गर्नुपर्नेछ । आवेदन दिने अन्तिम मिति माघ २ गते निर्धारण गरिएको छ ।

सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

0

सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणअन्तर्गत गत पुस ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासन गरेको थियो।

कम्पनीले गत मंसिर २५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

जारी पूँजीमध्ये सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५ सय रुपैयाँ बराबरको ६ लाख ८९ हजार ६७५ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका सम्पूर्ण वडावासी स्थानीय बासिन्दाका लागि जारी गरिएको हो। प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ।

यसैगरी कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ६८ हजार ९६७ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पनि निष्कासन गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने समय गत पुस १४ गतेसम्म रहेको थियो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ।

स्थानीय बासिन्दाले सूर्यकुण्ड हाईड्रोको आयोजना स्थल, ज्योति विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको खैरेनीटार शाखा तथा काठमाडौँको थापाथलीस्थित सूर्यकुण्ड हाईड्रोको दर्ता कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल रहेको छ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बाँडफाँड गरेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ।

अरुण जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माण हुने

0

किमाथाङ्का अरुण जलविद्युत् आयोजना पूर्ण रूपमा स्वदेशी पुँजीबाट निर्माण गरिने

काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा प्रस्तावित ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना पूर्ण रूपमा स्वदेशी पुँजी प्रयोग गरी निर्माण गरिने भएको छ। आयोजनाका लागि आवश्यक लगानी संरचना तयार गरिएको छ।

निर्माण अवधिको ब्याजसमेत समावेश गर्दा आयोजनाको कुल लागत करिब ९७ अर्ब ९४ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। आयोजना सरकार तथा सरकारी निकायको लगानी रहेको विद्युत् उत्पादन कम्पनी लिमिटेडमार्फत निर्माण गरिनेछ।

प्रस्तावित वित्तीय संरचनाअनुसार कुल लागतको ७० प्रतिशत अर्थात् करिब ६८ अर्ब ५५ करोड रुपैयाँ ऋणबाट र बाँकी ३० प्रतिशत अर्थात् २९ अर्ब ३८ करोड रुपैयाँ इक्विटी लगानीबाट जुटाइनेछ।

ऋण संकलनका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरू तथा बैंक तथा वित्तीय संस्थाहरूको सहवित्तीयकरणमार्फत कर्जा लिने योजना बनाइएको छ।

इक्विटीतर्फ संस्थापक सेयरधनीका साथै गैरआवासीय नेपाली, वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा, अतिविपन्न परिवार तथा सर्वसाधारणलाई लक्षित गरी सेयर निष्कासन गरिने जनाइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले प्रस्तावित लगानी ढाँचाको समीक्षा गर्दै आयोजनाको लागत यथार्थपरक रूपमा अद्यावधिक गर्न र शीघ्र वित्तीय व्यवस्थापन प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

हालसम्म आयोजना अध्ययन तथा पूर्वनिर्माण चरणमा ७३ करोड १४ लाख रुपैयाँ खर्च भइसकेको छ। आयोजनाबाट वार्षिक २ अर्ब ६९ करोड युनिट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ। यसमध्ये हिउँदमा ८२ करोड ६४ लाख युनिट र वर्षायाममा १ अर्ब ८६ करोड ४६ लाख युनिट विद्युत् उत्पादन हुनेछ। विद्युत् बिक्रीबाट वार्षिक करिब १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।

हाल विद्युत् उत्पादन कम्पनी लिमिटेडमा सरकारको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ। त्यसैगरी नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष र नेपाल टेलिकमको समान १०–१० प्रतिशत, नागरिक लगानी कोषको ५ प्रतिशत, एचआइडिसिएलको ४ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको २ प्रतिशत संस्थापक सेयर रहेको छ। बाँकी २९ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासन

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सुरु गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको छ।

सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १५ करोड ५० लाख रुपैयाँ बराबरको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। यसमध्ये ४० प्रतिशत अर्थात् ६ लाख २० हजार कित्ता लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का स्थानीय बासिन्दाका लागि तथा बाँकी ६० प्रतिशत अर्थात् ९ लाख ३० हजार कित्ता वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दाका लागि जारी गरिएको छ।

त्यसैगरी, जारी पुँजीको १० प्रतिशत अर्थात् १५ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ५५ हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरिएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा माघ ६ गते र ढिलोमा माघ २१ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि भने आईपीओ छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गतेसम्म खुला रहनेछ।

आयोजना प्रभावित स्थानीय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा तथा हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन्।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले पाएको छ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ।