7.1 C
Nepal
Thursday, January 22, 2026

सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

spot_imgspot_imgspot_img

सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणअन्तर्गत गत पुस ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासन गरेको थियो।

कम्पनीले गत मंसिर २५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो।

जारी पूँजीमध्ये सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५ सय रुपैयाँ बराबरको ६ लाख ८९ हजार ६७५ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका सम्पूर्ण वडावासी स्थानीय बासिन्दाका लागि जारी गरिएको हो। प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ।

यसैगरी कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ६८ हजार ९६७ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पनि निष्कासन गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिने समय गत पुस १४ गतेसम्म रहेको थियो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ।

स्थानीय बासिन्दाले सूर्यकुण्ड हाईड्रोको आयोजना स्थल, ज्योति विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको खैरेनीटार शाखा तथा काठमाडौँको थापाथलीस्थित सूर्यकुण्ड हाईड्रोको दर्ता कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल रहेको छ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बाँडफाँड गरेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here