25.1 C
Nepal
Friday, April 17, 2026
Home Blog Page 292

अबदेखि बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्न नपर्ने

बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्न नपर्ने भएको छ । सञ्चालित बिमा कम्पनीहरू जीवन, निर्जीवन र पुनर्बिमा व्यवसाय गर्दै आएका कम्पनीहरूले लाइसेन्स नवीकरण गर्न नपर्ने नेपाल बिमा प्राधिकरणले जनाएको हो ।

उक्त व्यवस्था वैशाखदेखि लागु हुनेछ भने नवीकरण हुन बाँकी कम्पनीहरूले भने चैत मसान्तसम्मको लागि नवीकरण गर्नुपर्ने छ ।

बिमा प्राधिकरणले बिमा ऐन २०७९ मा बिमक नविकरणसम्बन्धी व्यवस्था नरहेकोले अब उप्रान्त बिमा कम्पनीको इजाजतपत्र नवीकरण गर्न नपर्ने जनाएको हो ।

मिटरब्याज समस्या समाधान गर्न न्यायिक अधिकारसहितको उच्चस्तरीय आयोग गठन

0

सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाउन अधिकार सम्पन्न उच्चस्तरीय न्यायिक आयोग गठन गरेको छ ।

पीडितको गुनासो र उजुरी लिएर तत्कालै न्यायिक कारबाही गर्न सक्ने कानुनी अधिकारसहितको बयोग गठन र यसले आइतबारसम्म पूर्णता पाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।

‘प्रतिवेदन बुझाउन होइन कारबाही नै गर्ने गरी आयोग गठन भएको छ,’ उनले भने, ‘आइतबारसम्म आयोगले पूर्णता पाउँछ ।’

पूर्वन्यायाधीश वा आयुक्त तहबाट नेतृत्व हुने आयोगमा नेपाल प्रहरीका महानिरीक्षक र महान्यायाधिवक्ता पनि सदस्य रहनेछन् । आयोगका सबै सदस्यहरू भने टुंगिसकेको छैन् ।

क्यानडा-अमेरिका सीमामा २ शव फेला परे, मृत्यु हुनेको संख्या ८ पुग्यो

0

 क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा-अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए ।

सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका आठ मध्ये रोमानियाली र भारतीय मूलका दुई परिवार रहेको बुझिएको छ ।

उनीहरू संयुक्त राज्य अमेरिका प्रवेश गर्नक्रममा रहेका बुझिएको छ । ती मध्ये तीन वर्ष मुनिका दुई बच्चाहरू रहेको बताइएको छ । सिन्ह्वा

वि लामिछानेलाई प्रश्न : स्वर्णिम वाग्लेलाई तनहुँ १ मा उठाउन लाग्नुभएको ?

0

आफूलाई पुस्तैनी कांग्रेस बताउँदै आएका अर्थशास्त्री स्वर्णिम वाग्लेले आज बिहीबार पार्टी परित्याग गरेको घोषणा गरे ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने र तनहुँ १ को उपचुनावमा उम्मेदवार बन्ने चर्चा छ ।

यसै प्रसंगमा रास्वपा सभापति रवि लामिछानेलाई सोधियो , ‘स्वर्णिम वाग्लेलाई पार्टी प्रवेश गराएर तनहुँ १ को उपचुनावमा टिकट दिन लाग्नुभएको हो ?’

उनले जवाफ फर्काए, ‘यो कुरा हाम्रा लागि साधारण नै हो

स्वर्णिमको सम्भावित रास्वपा प्रवेशको खबर आफैंमा भने गम्भीर नै थियो । त्यसैले राजनीति गर्ने मानिसहरुमा चाहिनेजति चलाखी देखाउँदै उनले तत्कालै मिलाए, ‘उहाँलाई पार्टीमा ल्याउने कुरा पहिलेदेखि नै चलिरहेको थियो । भर्खरै उहाँले त्यसै बमोजिम कांग्रेस परित्याग गरेको सूचना पाएँ । अब उपचुनावको उम्मेदवार सम्बन्धी प्रक्रिया अगाडि बढ्छ ।’

रविले बताए अनुसार उपचुनावको उम्मेदवारीबारे रास्वपाभित्र अन्तिम चरणको छलफल चलिरहेको छ ।

बारा २ मा पनि उम्मेदवारी टुंग्याउनुपर्ने भएकाले समय लागेको लामिछानेले बताए ।

नविल बैंकको संस्थापक सेयर बिक्रीमा

0

नविल बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएकाले बैंकले सो सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्नको लागि बैकले यसअघि नै विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकतामा राखी सार्वजनिक सूचना प्रकाशन गरेको थियो । तर, सो सेयर खरिदका लागि कुनै आवेदन नपरेकाले अब बैंकका विद्यमान संस्थापक सेयरधनीहरु लगायत अन्य व्यक्ति,संस्था तथा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

एनआइसी एशिया लघुवित्तले डाक्यो साधारण सभा

0

एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाले पाँचौ साधारण सभा वैशाख १० गते होटल गजुर, गंगालाल मार्ग, भोटेपुल, धरान उप–महागनरपालिका वडा नं. ८ सुनसरीमा बिहान ९ बजे बस्नेगरी सभा डाकेको हो ।

सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको १४.७५ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्नेछ ।साथै उक्त सभामा संस्थाको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, सोही आर्थिक वर्षको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

साथै चालु आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिमा मनोनित प्रतिनिधि संचालकहरु सिए सन्तोष कुमार राठी र दिने भारीलाई बाँकी कार्यकालको लागि संचालक नियुक्त गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले वैशाख १ गतेदेखि वैशाख १० गतेसम्म बुकक्लोजको मिति तोकेको छ । तसर्थ चैत ३० गतेसम्म कायम सेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

0

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केहि संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीको लागि आवेदन दिपश्चात संस्थाले सो वापतको १३ हजार ७१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थाका सेयरधनीहरु दिलिप कुमारी मंडरको १३ सय कित्ता, पन्ना लाल चौधरीको ३ हजार कित्ता, केशरी डंगोल महर्जनको ३ हजार ५९१ कित्ता र एनआइसी एशिया बैंकको ५ हजार १८१ कित्ता सेयर बिक्रीमा रहेको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक आवेदकले सूचना प्रकाशितको मितिले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रिय कार्यालय अग्नीसाईसर कृष्णासवरण ६, महुली सप्तरीमा आवेदन दिन सक्नेछन् ।

ए डिभिजन लिगको छैटौं चरण चैत २० गतेदेखि

0

अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणदेखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले बिहीबार लिगको आगामी ८ चरणको खेल तालिका सार्वजनिक गरेको हो ।

फागुन १९ गतेदेखि सुरु भएको डबल लिगमा यसअघि पाँचौं चरणसम्मको खेल भएको छ । ५ मध्ये ४ खेल जितेको सातदोबाटो युथ क्लब १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

समान ११ अंकसहित मनाङ मर्स्याङदी क्लब दोस्रो र चर्च ब्वाइज युनाइटेड तेस्रो स्थानमा छन् ।

५ मध्ये एउटा खेल मात्र बराबरी खेलेको नेपाल पुलिस क्लब १ अंकसहित पुछारमा छ ।

नयाँ तालिका अनुसार छैटौं चरणको खेल चैत २० गतेदेखि सुरु हुनेछ ।

एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार चैत्र २० गते सोमबाार संकटा क्लब खुमलटार युथ क्लब तथा एपिएफ र पुलिसबीच खेल हुनेछ ।

ग्रेसबाट अलग भए स्वर्णिम वाग्ले

0

अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार अपरान्ह उनले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् ।

स्वर्णिमले अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्नुपर्ने भन्दै २०८० सालको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा देखिने बताएका छन् ।

‘अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आवद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ’ स्वर्णिमले लेखेका छन्, ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु ।’

वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न प्रस्ताव गरेको छ ।

१०० वटा ब्रोकर कम्पनी आवश्यक छ: रमेश हमाल

0

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले स्टक बजारलाई अझै चलायनमान बनाउन नयाँ ब्रोकर कम्पनी थप्ने उद्घोष गरेका छन् । हिजो (बुधबार) राजधानी आयोजित एक कार्यक्रममा यस्तो उद्घोष गरेका हुन्।
उनले नेपालमा एक सय वटा ब्रोकर कम्पनी आवश्यक रहेको बोर्डले महसुस गरेको बताउँदै नयाँ ब्रोकर कम्पनी थप गर्ने जनाए । कार्यक्रममा बोल्दै अध्यक्ष हमालले भने, ‘नेपालमा कम्तीमा १०० वटा ब्रोकर कम्पनी आवश्यक छ । ब्रोकर कम्पनीहरुका बीचमा पनि स्वास्थ प्रतिस्पर्धा हुन जरुरी छ ।’
अध्यक्ष हमालले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स सम्बन्धी कार्य छिट्टै पूरा गर्ने प्रतिबद्धता जनाए । उनले नयाँ निर्देशिका ल्याएरै भएपनि ब्रोकर कम्पनीको लाइसेन्स वितरण गर्ने बताए ।