25.1 C
Nepal
Friday, April 17, 2026
Home Blog Page 291

सुधारियो नेप्से , नेप्से बिस्लेषण

नेप्से आज सुधार भएको छ । आज नेप्से ९२ अंकले बढेको छ ।

ब्याजदर घट्ने निर्णय भएपछी आज लगानिकर्ताको मनोबल बढ्दा नेप्से भारिमा मात्रामा बढेको हो । मुद्धती निक्षेपमा ९.९९ प्रतिसत भएको छ भने सङ्थागत मुद्धती निक्षेपमा ७.९९ प्रतिशत ब्यादरत कायम भएको छ । त्यस्तै बचतमा ५.४४ मिनिमम र अधिकतम ७.४४ प्रतिसत कायम गरिएको छ ।

एमएसिडिले बजारमा बाइ सिग्नल दिएको छ । आरएसआइ ५६ को बिन्दुमा छ । बोलिङगर ब्यान्डमा मध्य रेखा पार गरेर माथिल्लो बिन्दुतर्फ लागेको छ, यसरी बोलिन्गर ब्यान्डले पनि बाइ सिग्नल दिएको छ ।

ब्याजदर कटौती हुने भएपछि लगानीकर्ताको मनोबल बढ्यो ,नेप्सेमा उकालो लाग्यो

बैंकहरुले वैशाखमा पुनः ब्याजदर कटौती गर्ने भएपछि चैत मसान्तको चापलाई पनि उछिनेर सेयर बजारले फराकिलो फड्को मारेको छ। बुधबार बैंकर्स संघले नयाँ वर्षबाट निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो ।

बैंकर बैठककै चरणमा हुँदा बजार बढ्न सुरु गरिसकेको थियो। निर्णय सार्वजनिक भएपछि बजारको वृद्ध झनै तीव्र रह्यो। जानकारहरु पनि बजार माथि धकेलिनुमा ब्याजदरले प्रमुख भूमिका खेलेको बताइरहेका छन ।

बैंकरले मुद्दतीको मात्रै नभएर बचत, कल खाता र संस्थागत निक्षेपको पनि ब्याजदर घटाएका हुन्। मुद्दती ९.९९ मा झरेको छ। यसले बैंकहरुको लागत सस्तिएर कर्जाको ब्याज पनि घट्छ।बुधबार सेयर बजारले ९२.२२ अंकले बढेर १९६३.५५ को विन्दुमा उक्लिएको छ। गत असार १२ यता यति फराकिलो अन्तरले बजार बढेको थिएन। सूचक अप्रिल सुरु भएयताकै उच्चतम विन्दुमा कायम छ। नभए अप्रिल लागेपछि बजार १९ सयभन्दा तल नै खेलिरहेको थियो। तेस्रो त्रैमास पनि नजिँकिदा बजारमा ब्याज भुक्तानी लगायतले दबाब बनाइरहेको अवस्था थियो।

तर, सोमबारदेखि भने बजारले हरियाली कायम गरिरहेको छ। निजी क्षेत्रलाई आश्वासन दिँदै प्रधानमन्त्री र अर्थमन्त्रीले ब्याजदर निश्चित रुपमा घटाउने भनेपछि सेयर लगानीकर्ताको मनोबल उचालिएको थियो। न्यूनतम साझा कार्यक्रममा पनि सरकारले ब्याजदर बारे गम्भीर टिप्पणी गरेको हो।त्यसअघि भने नयाँ अर्थमन्त्रीका रुपमा डा. प्रकाशशरण महतले उद्यमी, व्यवसायी, लगानीकर्ता, नियामक लगायतसँग भेटेर मनोबल बढाउन खोजे पनि त्यसलाई नपत्याइँदा बजार ओरालो लागिरहेको थियो। अर्थमन्त्रीबाट विष्णुप्रसाद पौडेल बाहिएर पछि बजार निरन्तर घट्दो छ।

तर ब्याजदर घटाउन प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरको संयुक्त पहल अघि बढेपछि बजार बढ्न थालेको हो। पौडेल बाहिरिएपछि अर्थमन्त्रालय र राष्ट्र बैंकको सम्बन्धमा लगानीकर्ताको संशय बढ्दा मनोबल खुम्चिएको अवस्था छ ।

तर, सोमबार निजी क्षेत्र, प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसँगै एकै बैठकमा थिए। जहाँ ब्याजदर घटाउने विषयमा सबैले पहल गरेका हुन्। र गभर्नर पनि यसका सकारात्मक थिए। जस लगत्तै बजारमा वृद्धि अनुभव गरिएको थियो।

ब्याजदर घट्ने भएपछी लगानिकर्ताको मनोबल बढेको अवस्था छ , त्यसैले बजार उकालो लागेको छ ।

निरन्तर घट्दै नेप्से, के खोज्दैछन् लगानीकर्ता ?

यस साता सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । कारोबार भएको ५ दिनमा ४ दिन सेयर बजारमा गिरावट आयो । बुधबार भने ८.३९ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको थियो । अन्य दिन भने नेप्से परिसूचक घटेको छ । आइतबार २० अंकले घटेको बजार सोमबार १६ अंक र मंगलबार ५ अंकले घटेको छ । बुधबार भने ८.३९ अंकले बढेको नेप्से परिसूचक बिहीबार ८.२८ प्रतिशतले घटेर कारोबार रोकिएको छ ।

करिब डेढ वर्षदेखि बजार क्रमशः घट्दै गएको छ । करिब ४४ खर्ब पुगेको बजार पुँजीकरण बिहीबारसम्म २७ खर्ब आसपासमा झरिसकेको छ । यसबीचमा करिब २० महिना लामो बियरिस ट्रेण्ड कहिले सकिएला ? यतिखेर मनमा यही प्रश्न खेलिरहेको लगानीकर्ताहरू बताउँछन् । सेयर बजार लगानीकर्ता केशव कोइराला अहिले सेयर बजारमा बियरिस ट्रेण्ड चलिरहेको भन्दै यो अझै केही समय लम्बिन सक्ने बताउँछन् । त्यसकारण लगानीकर्ताहरू संयमित भएर बस्नुपर्नेमा उनको जोड छ ।

नयाँ अर्थमन्त्रीको रूपमा डा. प्रकाशशरण महत आएसँगै सेयर बजारका लगानीकर्ताहरूले विभिन्न लबिङलाई तीव्र बनाइरहेका छन् । सोमबारमात्रै लगानीकर्ताहरूको समूह पुँजीबजार फोरमले अर्थमन्त्री महतलाई भेटेर सेयर बजारको विकासका लागि विभिन्न नीतिहरूमा संशोधन एवम् परिमार्जनको आवश्यकता औंल्याएको थियो ।

लगानीकर्ताहरूले विशेष गरी राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भारलाई १५० प्रतिशतबाट घटाई १०० मा झार्नुपर्ने, बैंक तथा वित्तीय संस्थालाई क्रस होल्डिङ नहुनेगरी सेयर खरिद गर्न खुला गर्नुपर्ने, सेयर धितोमा दिइने प्रतिव्यक्ति वा प्रतिसंस्था १२ कर्जाको सीमा हटाउनुपर्ने लगायतका माग राख्दै आएका छन् । फोरमले पनि अर्थमन्त्रीलाई भेटी यी व्यवस्थाहरूमा सहजीकरण गर्नका लागि सुझाव दिएको थियो ।

उद्योग वाणिज्य महासंघको मतदान सुरु

0

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सुरु भएको छ। नयाँ नेतृत्व चयनका लागि महासंघको निर्वाचन बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो।

विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले वरिष्ठ उपाध्यक्ष पदको प्रतिस्पर्धा रोचक हुने देखिएको छ। साधारणसभापछि वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तीन वर्षका लागि स्वतः महासंघको अध्यक्ष हुँदैछन्।

महासंघको आसन्न निर्वाचनमा तीनवटा समूह निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका छन्। महासंघको ५७ औं साधारणसभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ। महासंघको विधानअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था छ। त्यसैगरी, एसोसिएटबाट १९, जिल्ला र नगरबाट १८ र वस्तुगतबाट १२ जना केन्द्रीय सदस्य रहन्छन्।

लघुवित्तको लाभांसलाई १५ प्रतिशतमा सिमित गर्ने निर्णय सुझबुझपूर्ण

0

गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तको लाभमा १५ प्रतिशत सिमित ब्याज लागू गर्ने निर्णय स्वीकार गरेका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार पत्रकार सम्मेलनमा उनले देशको पछिल्लो अर्थतन्त्रको स्थिति बारेमा जानकारी दिएका थिए।

लघुवित्तमा समस्याहरू आइरहेका छन् जसका कारण सम्बन्धित कम्पनीहरूले अपना लाभ घोषणा गर्दा संस्थाहरू अघाउँदैछन्। यसको समाधानको लागि, राष्ट्र बैंकले रिटेन अर्निङ जोगाएर लघुवित्त सम्बन्धी नीतिहरू बनाएको छ।

पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले बैंक तथा वित्तीय क्षेत्र सुरक्षित छ र सानातिना धक्काले अफ्ठेरो पर्ने अवस्था नजिकै देखिनु भएको थियो।

गत वर्षसम्म नेपालको बाह्य क्षेत्र चापमा रहेका छन्, तर सुधार भएको छ भनेर गभर्नर अधिकारीले उल्लेख गरेका थिए।

अब डिप्लोमा र भाषा अध्ययनका लागि एनओसी नपाइने

0

अब विद्यार्थीहरुले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिन नपाउने भएका हुन ।

वैदेशिक अध्ययन अनुमति शाखाले उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि मात्रै एनओसी पत्र दिँदै आए पनि कक्षा १२ पास गरिसकेपछि डिप्लोमा, एड्भान्स डिप्लोमा ) गर्न जानेलाई समेत एनओसी दिँदै आएको थियो ।

तर वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ ले स्नातक तहपछिका शिक्षालाई मात्र उच्च शिक्षा परिभाषित गरेकाले त्यसभन्दा मुनिका कुनै पनि शैक्षिक कार्यक्रमका लागि चैत १९ गतेदेखि एनओसी दिन छोडिएको छ ।

कक्षा १२ पास गरेको तर स्नातक तह अध्ययनका लागि योग्यता कम पुगेकाले नपाउने उनको भनाइ छ । यो चैत १९ गतेदेखि लागू भएको छ ।’

नेपालको संविधान र शिक्षा ऐनको संशोधनले विद्यालय शिक्षा भनेर कक्षा १२ सम्मलाई परिभाषित गरेको र सोही आधारमा निर्देशिका बनेको वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ ।

यसअघि जापानमा भाषा अध्ययन गर्न जानका लागि मात्रै पनि विद्यार्थीले एनओसी पाउँदै आएका थिए । तर अब भाषा पनि डिग्री सम्बन्धित अर्थात शैक्षिक कार्यक्रमसँग जोडिएको भए मात्रै पाउने भएका छन् ।

जापानमा स्नातक अध्ययन गर्नका लागि पनि निश्चित समय भाषा अध्ययन गर्नुपर्ने भएकाले त्यसमा समस्या नहुने शाखाले जनाएको छ । विश्वविद्यालयले दिने अफर लेटरमा स्पष्ट उल्लेख गरिएको हुने र शैक्षिक कार्यक्रमसँग जोडिएको भाषा अध्ययन हुनुपर्ने छ ।

शाखाका अनुसार गत आर्थिक वर्षमा डिप्लो तह अध्ययन गर्न जानेहरु ८ हजार ६१०, भाषा पढ्न जानेहरु ६ हजार ६०४ ले एनओसी लिएका थिए ।

रास्वपाले आज ढाका कुमारको अडियो प्रकरणबारे निर्णय गर्ने

0

 प्रतिनिधि सभा सदस्य ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्ने भएको छ ।

पार्टीको अनुशासन आयोगले छानबिन गरी मंगलबार नै प्रतिवेदन बुझाएकोले आज केन्द्रीय समिति बैठकबाट निर्णय हुने रास्वपाले जनाएको छ ।

ढाका कुमारको अडियो प्रकरणबारे निर्णय गर्न रास्वपाले दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय बसुन्धरामा बस्ने सोही बैठकबाट निर्णय हुनेछ ।

रास्वपाका सांसाद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम मागेको अडियो सार्वजनिक भएको थियो । त्यसबारे छानबिन गर्ने जिम्मा रास्वपाले अनुशासन आयोगलाई जिम्मा दिएको थियो ।

आयोगले मंगलबार छानबिन प्रतिवेदन पार्टीलाई बुझाइसकेको छ । उक्त प्रतिवेदनका आधारमा केन्द्रीय समिति बैठकले निर्णय गर्नेछ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ मा लगानीको अवसर आजबाट 

0

सिद्धार्थ क्यापिटल लिमिटेडले आज चैत्र २६ गते देखि ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-३’ फन्डको बिक्री खोलेको छ। सिद्धार्थ क्यापिटलले सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ इकाई बिक्रीमा ल्याएको हो। फन्डले १२ करोड इकाई मध्य १०% यानी १ करोड २० लाख इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंक र ५% यानी ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि सुरक्षित गरेको छ भने बाँकी रहेको १० करोड २० लाख इकाई सार्वजनिकलाई बिक्री खुलाएको छ।

यो बन्दमुखी योजना हो।

आवेदनको लागि कति दिने?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।

कहिले सम्म आवेदन दिने?

चैत्र २६ देखि यस्तो चैत २९ गते सम्म आवेदन दिन सकिनेछ।

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम  सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

नागरिक लगानी कोषको संस्थापक सेयर सर्वसाधारणमा जारी

0

नागरिक लगानी कोषको २४ हजार कित्ता संस्थापक सेयर चैत २४ गतेदेखि सर्वसाधारणमा जारी भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त सेयर प्रतिकित्ता ७१० रूपैयाँ मूल्य तोकेर बिक्रीमा आएको हो ।
उक्त सेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीले आगामी चैत ३० गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । उक्त सेयर खरीदका लागि आवेदन फारम पाईने र बुझाउने स्थान एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल, काठमाडौंसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं, शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत रहेको छ ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा माथी १०० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । उक्त सेयर खरीदकर्ताले कम्पनीद्वारा चैत २४ गतेपछि प्रस्ताव हुने हकप्रद सेयर, बोनस सेयर तथा लाभांश प्राप्त गर्नेछन् ।

घलेम्दी हाईड्रोले डाक्यो साधारणसभा, २०० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव

0

घलेम्दी हाईड्रोपावर कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद निष्काशनको बिशेष प्रस्ताव सहित आफ्नो बार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको सञ्चालक समिती बैठकको निर्णय अनुसार बार्षिक साधारणसभा वैशाख १६ गते सासा बैंक्वेट नयाँबजार काठमौडौमा बिहान १०ः३० बजेदेखि सुरु हुने छ । 

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८र७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९र८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले ६३ मेगावाटको छुलुङ्ग खोला जलबिद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशनको बिशेष प्रस्ताव समेत सभाले पारित गर्नेछ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख ६ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार बैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।