20.5 C
Nepal
Monday, September 16, 2024

१०० वटा ब्रोकर कम्पनी आवश्यक छ: रमेश हमाल

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले स्टक बजारलाई अझै चलायनमान बनाउन नयाँ ब्रोकर कम्पनी थप्ने उद्घोष गरेका छन् । हिजो (बुधबार) राजधानी आयोजित एक कार्यक्रममा यस्तो उद्घोष गरेका हुन्।
उनले नेपालमा एक सय वटा ब्रोकर कम्पनी आवश्यक रहेको बोर्डले महसुस गरेको बताउँदै नयाँ ब्रोकर कम्पनी थप गर्ने जनाए । कार्यक्रममा बोल्दै अध्यक्ष हमालले भने, ‘नेपालमा कम्तीमा १०० वटा ब्रोकर कम्पनी आवश्यक छ । ब्रोकर कम्पनीहरुका बीचमा पनि स्वास्थ प्रतिस्पर्धा हुन जरुरी छ ।’
अध्यक्ष हमालले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स सम्बन्धी कार्य छिट्टै पूरा गर्ने प्रतिबद्धता जनाए । उनले नयाँ निर्देशिका ल्याएरै भएपनि ब्रोकर कम्पनीको लाइसेन्स वितरण गर्ने बताए ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here