बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्न नपर्ने भएको छ । सञ्चालित बिमा कम्पनीहरू जीवन, निर्जीवन र पुनर्बिमा व्यवसाय गर्दै आएका कम्पनीहरूले लाइसेन्स नवीकरण गर्न नपर्ने नेपाल बिमा प्राधिकरणले जनाएको हो ।
उक्त व्यवस्था वैशाखदेखि लागु हुनेछ भने नवीकरण हुन बाँकी कम्पनीहरूले भने चैत मसान्तसम्मको लागि नवीकरण गर्नुपर्ने छ ।
बिमा प्राधिकरणले बिमा ऐन २०७९ मा बिमक नविकरणसम्बन्धी व्यवस्था नरहेकोले अब उप्रान्त बिमा कम्पनीको इजाजतपत्र नवीकरण गर्न नपर्ने जनाएको हो ।