20.2 C
Nepal
Wednesday, April 22, 2026
Home Blog Page 244

मूल्य प्रतिकित्ता रु. २३९ सननेपालले साउन १ गतेदेखि विदेशका नेपालीलाई आइपीओ ल्याउदै

0

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विदेशमा काम गर्ने नेपाली नागरिकका लागि साउन १ गतेदेखि आइपीओ निश्कासन हुने भएको छ ।

कम्पनीले विदेशमा काम गर्ने नेपाली नागरिकहरुका लागि साउन १ गतेदेखि ९ लाख ६० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो ।

इच्छुकले साउन १५ गतेभित्र कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिइसक्नुपर्नेछ ।

पशुपतिनाथमा अचम्मको घटना, ४३ तोला सुन फेला

0

पशुपतिनाथ मन्दिरको जलहरी नजिकै अचम्मको घटना भएको छ । जलहरी नजिकै ४३ तोला सुन फेला परेको छ ।

मुख्य मन्दिरमा राखिएको जलहरीको मुन्तिर खोतल्दा ४३ तोला सुन फेला परेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने क्रममा जलहरीमा काम सुन पाइएको थियो । यो प्रकरणमा निकै ठूलो गिरोहको संलग्नता भएको भन्दै त्यसको खोजबिन भइरहँदा एकाएक ४३ तोला सुन फेला परेको घटना बाहिर ल्याइएको हो ।

शुक्रबार(आज) बिहान कम भएको सुन मन्दिरमै हुनुपर्छ भन्दै जलहरि मुन्तिर खोतल्ने काम भएको थियो । सोही क्रममा ४३ तोला सुन फेला परेको स्रोतले बताएको छ । यो घटनालाई स्रोतहरुले नाटकीय प्रकरणको रुपमा लिएका छन् । कम भएको सुनलाई दुरुस्त देखाई सम्भावित कारबाहीबाट जोगिन पशुपति क्षेत्र विकास कोषका अधिकारीहरुको मिलेमतोमा ४३ तोला सुन त्यहाँ लगिएको स्रोतहरुको दाबी छ ।

यो प्रकरणपछि पशुपतिको जलहरीको सुनकाण्ड अझ रहस्यमय बनेको छ ।

पूर्वको बाढीपहिरोको कारण जलविद्युतमा नौ अर्बभन्दा बढीको क्षति

0

यही असार १ र २ गते पूर्वमा आएको बाढीपहिराका कारण जलविद्युत् क्षेत्रमा रु आठ अर्ब ८४ करोडको क्षति पुगेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) नेपालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा असार १ र २ गते आएको बाढीबाट जलविद्युत् गृह बगाउँदा रु आठ अर्ब ८४ करोडको क्षति पुगेको बताएको हो ।

५३ हजार ९५० जनाले प्राप्त गरे अप्पर स्याङ्गे हाइड्रोपावरको १० कित्ता सेयर

0

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न भएको छ ।  शुक्रबार बिहान सम्पन्न  (असार २२ गते)  गोलाप्रथामार्फत कुल ५३ हजार ९५० जना सर्वसाधारण लगानीकर्ताहरुलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको हो।    

यस आइपीओमा कुल १२ लाख ४७६ जनाले आवेदन दिएकोमा  २ हजार ३९९ जनाको आवेदन भने रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने भनेर नसोध्नुस् ,झ्याप झ्याप समात्नुस्-ललिता निवासबारे नारायणकाजी

0

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरण लगायतका भ्रष्टाचारको अनुसन्धानमा कसैलाई काखा कसैलाई पाखा नगरिने बताए । उनले दोशी जो सुकै भए पनि झ्याप झ्याप पक्रन प्रहरिलाई भनेको बताएका छन ।

अनुसन्धान गरिरहेको प्रहरीलाई पनि दोषी नउम्किन् र निर्दोष नफसुन् भनेर निर्देशन दिईसकेको उनले बताए ।

आज काठमाडौंको एक कार्यक्रममा मन्त्री श्रेष्ठले अनुसन्धानको क्रममा कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने वा अनुसन्धान गर्ने कि नगर्ने भनेर आफूलाई सोध्न नपर्ने भनेर प्रहरीलाई भनेको बताए ।

‘कानुनको दायरामा ल्याउने काममा निर्भिकतापूर्वक अगाडि बढ्नुपर्छ । व्यक्तिको बारेमा सोच्नुपर्दैन । गो अहेड भनिएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘पुलिसलाई भनिएको छ, तपाईंहरु अझै अनुसन्धान गर्नुस् ।’

एउटा–एउटा केसमा र एउटा–एउटा व्यक्तिको बारेमा निर्देशन नदिने बताउँदै उनले भने, ‘कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने, अनुसन्धान गर्ने कि नगर्ने भनेर निर्देशन नपठाउन भनेको छ । जो अपराध छ, दुष्कर्म छ, ठगी छ, ती सब गतिविधिहरुका विरुद्ध अगाडि बढ्नुस्, स्वच्छ अनुसन्धान गर्नुस्, गम्भीर अनुसन्धान गर्नुस्, जो दोषी छ, तथ्य र प्रमाणले पुष्टि गर्छ तिनलाई कानुनको दायरामा ल्याउनुस् । यसमा सोध्नुपर्दैन ।’

अख्तियारबाटै ललितानिवासको ११२ रोपनी जग्गासम्बन्धी २ मिसिल गायब

0

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गराउने निर्णयसम्बन्धी मालपोत कार्यालय, डिल्लीबजारको दुई वटा मिसिल नै गायब पारिएको भेटिएको छ ।

ललितानिवासको ११२ रोपनी ४ आना १ पैसा जग्गा व्यक्तिको नाममा सार्ने क्रममा मालपोत कार्यालयले २५ कात्तिक २०४९ मा तयार पारेको मिसिल नम्बर १०२४ र १०२५ कार्यालयबाट गायब बनाएको भेटिएको हो ।

मिसिल गायब बनाएको अभियोगमा प्रहरीले मालपोत कार्यालयका खरिदार एवं तामेली फाँटका तत्कालीन प्रमुख गोपाल कार्कीलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार, मालपोत कार्यालय डिल्लीबजारबाट उनले अन्तिम पटक फाइल बुझेर लगेको खुलेको छ । त्यसपछि फाइल कहाँ गयो स्पष्ट छैन ।

काठमाडौंको सरकारी जग्गा भाडामा लिन महानगरको स्वीकृति अनिवार्य

0

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले महानगरको क्षेत्रमा भएका सरकारी जग्गा महानगरको स्वीकृति बिना भाडामा दिन नपाउने बताएका छन् ।

बिहीबार मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कानुन प्रतिकूल भएको लिज सम्बन्धी निर्णय वा त्यसका आधारमा गरिने लिज सम्झौताले कानुनी मान्यता नपाउने बताएका हुन् ।

उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ को उपदफा (१) व्यवस्थाको ब्याख्या गर्दै सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय सहितको सिफारिस भएमा मात्र नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरीे सरकारी जग्गा लिजमा दिन सक्ने व्यवस्था गरेको भन्दै अब उप्रान्त महानगरको सहमती बिना जग्गा लिजमा नदिन नलिन भनेका छन् ।

‘सार्वजनिक वा सरकारी प्रयोजनको लागि आवश्यक पर्ने सरकारी जग्गा भने कुनै व्यक्ति, निकाय वा संस्थालाई लिजमा उपलब्ध गराउन नसकिने कुरा सो कार्यनीतिमा स्पष्ट पारिएको छ,’ बालेनले भनेका छन् ।

उनले सरकारी जग्गा काठमाडौं महानगरपालिकासँग समन्वय नगरी, कुनै जानकारी नदिई, कार्यपालिकाको निर्णय सहितको सिफारिस नलिई अनुचित स्वार्थसिद्धीको लागि लिजमा दिनेलिने काम भइरहेको भन्दै ध्यानाकर्षण भएको बताएका छन् ।

‘नेपाल सरकारको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेको सरकारी जग्गाको संरक्षण सम्बन्धी काम कारबाहीलाई काठमाडौं महानगरपालिकाले उच्च प्राथमिकता दिएको छ,’ बालेनले भनेका छन् ।

उनले महानगरबाट सिफारिस नलिई प्रचलित कानुनी व्यवस्थाको प्रतिकूल हुनेगरी लिजमा प्राप्त गरेको सरकारी जग्गामा नक्सा पास नगर्ने, संरचना बनाउन स्वीकृति नदिने समेत बताएका छन् ।

प्रदेशसभा सदस्य बाबुराम गौतमको समर्थन लिएका हौं,सभामुखको होइन : मुख्यमन्त्री थापा

0

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सरकार गठनका लागि दाबी पेश गर्ने क्रममा प्रदेशसभा सदस्य बाबुराम गौतमको समर्थन लिएको बताएका छन् । उनले सभामुखको समर्थन नलीएको बताए ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका साथै सभामुख बाबुराम गौतमको समेतको समर्थनमा कांग्रेस संसदीय दलका नेता थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

मुख्यमन्त्री नियुक्तिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सभामुखलाई विवादमा पार्ने काम आफूहरुले नगरेको दाबी गरेका छन् । ‘उहाँ सभामुख मात्र होइन, प्रदेशसभा सदस्य पनि हो । ९३ जना प्रदेशसभा सदस्यमा बाबुराम गौतम पनि हो’, उनले भने, ‘हामीले सभामुखको नाताले होइन, प्रदेशसभा सदस्यको नाताले समर्थन लिएका छौं ।’

सभामुख निर्वाचित भएसँगै गौतमले दलको सदस्यता त्यागेको भन्दै थापाले आफूहरुले पनि तटस्थ सदस्यका रुपमा गौतमको समर्थन लिएको दाबी गरेका छन् ।

उनले प्रदेशको संरचनाभित्र रहेर सरकार विस्तार लगायतको काम गर्ने र संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने बताए ।

सिटी,रावा,अप्परको पोसिटिभ सर्किट मोदिको नेगटिभ सर्किट

0

आज सेयर बजार ०.०६ अङ्कले घटेको छ । आज २०४९ को बिन्दुमा बजार बन्द भएको छ । आज बजारमा ३ अर्ब ७ करोडभन्दा माथिको कारोबार भएको छ ।

नेप्सेमा आज ९० कम्पनिको मुल्य बढेको छ भने १२७ कम्पनिको मुल्य घटेको छ । त्यस्तै ८ कम्पनिको मुल्य घटबढ भएको छैन ।

आज सिटी होटल र रावा ईनर्जी डिभलोपमेन्ट लिमिटेड,अप्पर तामाकोसी ,जोशी हाइड्रोपावरले सर्किट लेभलमा कारोबार गरेका छन भने मोदी ईनर्जीले नेगटिभ सर्किट हानेर सर्बाधिक गुमाएका छन ।

आज सिभम सिमेन्ट, हिमालयन लाइफ इन्सुरेन्स , सोल्टी होटेल, सिटी होटेल, प्रभु बैंक प्रमोटर लगायतका कम्पनिको सर्बाधिक कारोबार भएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १०% ब्याजमा रु. ४.०४ अर्बको ऋणपत्र आउँदै

0

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले नेपाल धितोपत्र बोर्डमा गत असार १९ गते निवेदन दिँदै ऋणपत्र निष्कासनका लागि अनुमति मागेको हो।

१० प्रतिसत वार्षिक ब्याजदरमा १० बर्षका लागी यो ॠणपत्र जारी हुनेछ ।

धितोपत्र बोर्डले अनुमति दिएमा बैंकले ४ अर्ब ४ करोड रुपैयाँबराबरको ‘एनआईएमबी डिबेन्च–२०९०’नामक ऋणपत्र निष्कासन गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार इकाइ ऋणपत्र बिक्री गर्नेछ।

बैंकले कुल इकाइमध्ये २४ लाख २४ हजार व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १६ लाख १६ हजार इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।