19.4 C
Nepal
Thursday, April 23, 2026
Home Blog Page 243

कोशी प्रदेसमा गठबन्धनबीच खटपट, एकीकृत समाजवादी बहिस्कार गर्दै

0

सत्ता गठबन्धनभित्र कोशी प्रदेशका मुख्यमन्त्रीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्दा खटपट सुरू भएको छ।

गठबन्धन घटक एकीकृत समाजवादीले मुख्यमन्त्रीले सहमतिविपरीत मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै आपत्ति जनाएको छ।

उसले आज हुने शपथ ग्रहण बहिस्कार गर्ने निर्णय गरेको हो ।

सुरूआतमा गठबन्धनका दलहरूबाट एक-एक जना मन्त्री बनाउने सहमति भएको तर अहिले कांग्रेस र माओवादीबाट दुई-दुई जनालाई मन्त्री बनाउन लागिएको भन्दै एकीकृत समावादीले आपत्ति जनाएको हो।

आज हुने शपथ ग्रहण समारोह बहिष्कार गर्ने निर्णय भएको एकीकृत समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राइले जानकारी दिए।

२ दर्जन कम्पनीलाई कालो सूचीमा राखिने

0

सरकारले करिब दुई दर्जन निर्माण तथा सप्लायर्स कम्पनीहरूलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।

विभिन्न आयोजनामा ढिलासुस्ति र सन्तोषजनक काम नगर्ने कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्न प्रक्रिया सुरु गरेको हो ।

सम्बन्धित निकायबाट कालो सूचीमा राख्न सिफारिसमा भएका कम्पनीहरूलाई ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गर्दा सम्पर्कमा नआएपछि कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको हो ।

अनुगमन कार्यालयले पुनः सूचना जारी गर्दै सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको छ । यदि यो समयावधिमा पनि स्पष्टीकरण नदिए कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।

कोशीमा माओवादीका जीवन आचार्य आर्थिक मामिलामन्त्री बन्ने

0

माओवादी केन्द्रले मन्त्रीको नाम पठाएपछि कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले आज मन्त्रिपरिषद् दोस्रोपटक विस्तार गर्ने भएका छन्।

आज नेकपा माओवादीबाट जीवन आचार्य मन्त्री बन्ने उनी प्रधानमन्त्री प्रचण्डका ज्वाइँ हुन्। बिहान ९ बजेपछि उनको शपथ हुने बताइएको छ। उनी आर्थिक मामिलामन्त्री बन्ने भएका छन्।

शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका थिए।

तरकारीको भाउ एक्कासी आकासियो,सय रुपैयाँ किलो मुनी छैन केही

0

काठमाडौंमा तरकारीको भाउ वर्षायाम सुरु भएसँगै अचाक्ली बढेको छ। निरन्तरको वर्षाका कारण आपूर्तिमा कमी भएपछि मूल्य छोइनसक्नु भएको हो।

तरकारी व्यवसायी अनुसार हाल खुद्रा बजारमा उपलब्ध हुने अधिकांश तरकारीको मूल्य किलोमा सय रुपैयाँभन्दा कम छैन।

अहिले खुद्रा बजारमा काउली प्रतिकिलो एक सय १० रुपैयाँ, सिमी किलोको एक सय ६० रुपैयाँ, गाजर किलोको १२० रुपैयाँ, काँक्रो १२० रुपैयाँ, परबल किलोको ११० रुपैयाँमा बिक्री भइरहेको छ।

त्यस्तै, उपभोक्ताले लौका प्रतिकिलो एक सय ३० रुपैयाँ, बोडी किलोको एक सय ६० रुपैयाँ, भिन्डी किलोको एक सय ४० रुपैयाँ, तिरेर किनिरहेका छन्। करेला, राजमा र भेडे खुर्सानीको मूल्य पनि १२० रुपैयाँ पुगेको छ।

पछिल्लो दुई सातामा तरकारीको मूल्य ५० प्रतिशतदेखि शतप्रतिशतसम्म बढेको तरकारी व्यापारीहरु बताउँछन्। बर्खा लागेसङ्गै आपुर्ती कम हुदा मुल्य बृदि भएको हो ।

पहिला १० ट्रक आउने सामान अहिले ३ ट्रक आउछ , यत्तिकै पनि माग बढी भएसी मुल्य आकासिएको हो एकजना तरकारी ब्यापारी बताउछन ।

प्रिमियममा भगवती हाइड्रोपारको आईपीओ बिक्री खुल्यो

0

असार २४ गतेबाट प्रिमियममा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि जारी हुने कुल ८ लाख ५८ हजार ९७ कित्तामध्ये १० प्रतिशतले हुन आउने ८५ हजार ८१० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको छ। यसमा उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

विदेशमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

साउन ७ गतेसम्म आबेदन दिन सकिनेछ ।

यसैगरी जारीपुँजीको १० प्रतिशतले हुन आउने ५ लाख ७२ हजार ६५ कित्ता कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि बिक्री खुला गरेको छ। यो आईपीओमा पोखरा महानगरपालिकाको वडा नंं. १३, १४, २६ र २७ का स्थानीयले आवेदन दिन पाउनेछन्।

स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आईपीओ भर्न पाउनेछन्। उनीहरुले साउन ७ गतेसम्म आवेदन दिन पाउनेछन्। मागबमोजिम आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद साउन २२ गतेसम्म लम्बिन सक्छ।

स्थानीयले काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटल, कास्कीको लेखनाथमा रहेका सिद्धार्थ बैंकको शाखा, कामना सेवा विकास बैंकको शाखा, कुमारी बैंकको शाखा र कुमारी बैंककै काहुनखोला शाखाबाट खरिद आवेदन दिन सक्नेछन्।

भगवती हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

असार २३, २४, ३० र ३१ गते बैंक तथा क्लियरिङ हाउस रातिसम्म खुल्ला हुने

0

बैंक तथा वित्तीय संस्था चालु आर्थिक वर्षको अन्तिम महिना असारका अबका सार्वजनिक विदाका दिनमा समेत खुल्ला हुने भएका छन् ।

असार २४ गते(शनिवार), २३ गते(शुक्रबार)र असार ३० गते(शनिवार)को दिन समेत राति ८ बजेसम्म तथा असार ३१ गते(आइतबार) बेलुका ७ बजेसम्म राजश्व कारोबार गर्ने सबै बैंकहरु, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर(इएफटी)को फण्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा प्रवाह गर्न नेपाल राष्ट्रबैंकले शुक्रबार एक सूचना जारी गर्दै निर्देशन दिएको हो ।

राजश्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट प्रयोजनका अर्थमन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम लागि यो अवधिमा नेपाल क्लियरिङ हाउसको सेवा पनि खुल्लै राख्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

प्रती सेयर आम्दानी ३० भन्दा माथि भएका १८ कम्पनी जसले तपाईंलाई बनाउन सक्छ मालामाल

प्रतिसेयर आम्दानी भनेको कम्पनिको नेट फाईदालाई कम्पनिको सेयर सङ्ख्याले भाग गर्दा निस्किन्छ ।
ईपियसले कम्पनिले प्रती सेयर कती नाफा सिर्जना गरिरहेको छ भन्ने देखाउछ ।

उच्च ईपियसले प्रती सेयरको आधारमा धेरै नाफा आर्जन गर्ने कम्पनी भनेर सङ्केत गर्छ । यसले कम्पनिको श्रोत साधानको सदुपयोग राम्ररी गरेको दर्साउछ । समयसङै सधैं एकनासले प्रतिसेयर आम्दानी बढीरहेको छ भने लगानिकर्ताले सकारात्मक रुपमा लिने गर्दछन किनकी यसले आर्थीक ब्रीद्धी र स्थायित्व दर्साउछ । ईपियस उच्च भएका कम्पनिले दिर्घकालमा उच्च प्रतिफल दिन सक्छन

यद्दपी प्रती सेयर आम्दानिले मात्र कम्पनिको सबै कुरा दर्साउदैन । कम्पनिको ॠण अनुपात, आम्दानिमा हुने ब्रिद्धी ,उधोगको अवस्था आदी तत्वलाई पनि लगानी गर्नु अघी ध्यान दिनु जरुरी हुन्छ ।

प्रतिसेयर आम्दानी (ईपीयस) ३० भन्दा माथि भएका कम्पनिहरु
१. आत्मनिर्भर लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यो कम्पनी लघुबित्त समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ९५.१६ रहेको छ । यसको अर्थ १०० लगानीमामा ९५.१६ आम्दानी गरेको छ ।
२. बोट्लर्स नेपाल बालाजु लिमिटेड
यो कम्पनी उत्पादन तथा प्रसोधान समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी २९७.९ रहेको छ । यसको अर्थ १०० लगानीमाको लगानीमा २९७.९ आम्दानी गरेको छ ।
३. बोट्लर्स नेपाल तराइ लिमिटेड
यो कम्पनी उत्पादन तथा प्रसोधान समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३९६.८२ रहेको छ । यसको अर्थ १००को लगानीमा ३९६.८२ आम्दानी गरेको छ ।
४ छिमेक लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यो कम्पनी लघुबित्त समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ४१.३ रहेको छ । यसको अर्थ १००को लगानीमा ४१.३ आम्दानी गरेको छ ।
५ एभरेस्ट बैंक लिमिटेड
यो कम्पनी बैंक समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३०.६६ रहेको छ । यसको अर्थ १००को लगानीमा ३०.६६ आम्दानी गरेको छ ।
६ . हिमालयन डिस्टिलरी कम्पनी लिमिटेड
यो कम्पनी उत्पादन तथा प्रसोधान समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३१.६ रहेको छ । यसको अर्थ १००को लगानीमा ३१.६ आम्दानी गरेको छ ।
7 . जिबन बिकास लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यो कम्पनी लघुबित्त समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३७.४ रहेको छ । यसको अर्थ १००को लगानीमा ३७.४ आम्दानी गरेको छ ।
८. महिला लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यो कम्पनी लघुबित्त समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३२.०८ रहेको छ । यसको अर्थ १००को लगानीमा ३२.०८ आम्दानी गरेको छ ।
९. नेस्डो सम्रिद्दी लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यो कम्पनी लघुबित्त समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ७६.५९ रहेको छ । यसको अर्थ १००को लगानीमा ७६.५९ आम्दानी गरेको छ ।
१०. एनआइसि एसिया बैंक लिमिटेड
यो कम्पनी बैंक समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ४६.१६ रहेको छ । यसको अर्थ १००को लगानीमा ४६.१६ आम्दानी गरेको छ ।
११. नेसनल माइक्रोफाइनान्स लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यो कम्पनी लघुबित्त समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ४६.०७ रहेको छ । यसको अर्थ १००को लगानीमा ४६.०७ आम्दानी गरेको छ ।
१२. नेपाल दुरसन्चार कम्पनी लिमिटेड
यो कम्पनी अन्य समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३९.९८ रहेको छ । यसको अर्थ १००को लगानीमा ३९.९८ आम्दानी गरेको छ ।
१३. राष्ट्रिय बिमा कम्पनी लिमिटेड
यो कम्पनी बिमा समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३४२.४ रहेको छ । यसको अर्थ १००को लगानीमा ३४२.४ आम्दानी गरेको छ ।
१४. स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड
यो कम्पनी बैंक समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३६.८१ रहेको छ । यसको अर्थ १००को लगानीमा ३६.८१ आम्दानी गरेको छ ।
१५. सिद्धार्थ इन्सुरेन्स लिमिटेड
यो कम्पनी बिमा समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३७.१६ रहेको छ । यसको अर्थ १००को लगानीमा ३७.१६ आम्दानी गरेको छ ।
१७. साना किसान बिकास लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यो कम्पनी उलघुबित्त समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ३९.६३ रहेको छ । यसको अर्थ १००को लगानीमा ३९.६३ आम्दानी गरेको छ ।
१८. युनिलिभर नेपाल लिमिटेड
यो कम्पनी उत्पादन तथा प्रसोधान समुहमा पर्दछ । यसको प्रतिसेयर आम्दानी ५३८.२ रहेको छ । यसको अर्थ १००को लगानीमा ५३८.२ आम्दानी गरेको छ ।

लगानी गर्दा कम्पनिको मुल्य हेर्न नभुल्नु होला । यि कम्पनिहरु उचित मुल्यमा वा फेयर भ्यालुमा पाउनु भयो भने अध्ययन गरेर लगानी गर्न सक्नु हुन्छ । उच्च मुल्यमा भने लगानी नगर्नु होला ।

नोट : यो बाइ सेल रिकोमेन्डेसन होइन । सेयर बजार जोखिमको क्षेत्र हो । लगानी गर्नु अघी अध्ययन अनुसन्धान गर्नुहोला ।

धितो पत्र बोर्डको बदमासी, घोराही सिमेन्टसङ्ग मिलेमतो गरेकै हो त ?

घोराही सिमेन्टमा धितोपत्र बोर्डको बदमासी देखिएको छ । स्वार्थ बाझिने गरी गराएको रेटिङलाई मान्यता दिएर प्रिमीयममा आइपीओ जारी गर्न अनुमती दिनु सुरु अवस्थामै बदमासी भएको देखिन्छ । या त बोर्डले घोराहीको कागजात नहेरिकन आँखा चिम्लेर स्विक्रिती प्रदान गर्‍यो या त मिलेमतोमा लेनदेनमा प्रिमियम आइपिओ जारी गर्न दिएको हुनसक्छ – एक जना बजारका बिस्लेसक भन्छन ।

हुन पनि यसको ॠण पनि अल्पकालिन र दिर्घकालिन गरेर १४ अर्ब भन्दा माथि रहेको देखिन्छ । चुक्ता पुजी ३ अर्ब ९७ करोडको हाराहारिमा भएको कम्पनीको ॠण झन्डै ३ गुणा देखिन्छ ।

कम्पनिको ईपियस पनि ५० पैसा रहेको देखिन्छ । ५० पैसा प्रतिसेयर खुद आम्दानी गर्ने घोराही कम्पनिलाई के आधारमा प्रिमियममा आइपिओ जारी गर्न दिईयो शन्कास्पद नै छ ।

अझ रोचक कुरा त के छ भने घोराही कम्पनिले १ करोडको लगानीमा खुद नाफा ८६हजार मात्र कमाउछ । यसको अर्थ यो कम्पनिमा यही अवस्थामा १ करोड लगानी गर्ने हो भने ८६ हजार रिटर्न वा नाफा कमाएर दिने रछ । यस्तो कम्पनीलाई प्रिमियममा आइपीओ जारी गर्न दिनु फेर शन्कास्पद नै देखिन्छ ।

कम्पनिको आइपिओमा त्यत्रो फर्जी आबेदन परेसकेपछी अनुसन्धान सकेर कारबाही गर्नुको साटो केही समय आइपिओ होल्ड गराएर लगानिकर्ता लाई कुलिङ गराएर फेरी आइपिओलाई निरन्तरता दिएको छ । यत्रो दिनमा अनुसन्धान सकिएन होला ?प्रारम्भीक रिपोर्ट आएन होला ? आयो तर फेरी प्रभाबमा परेर आइपिओ निरतरता गर्न अनुमती दिएको छ ।

पोसिटिभ रुपमा सोचौ न त फर्जी आबेदनमा कम्पनी दोशी देखिएन होला त्य्सैले निरन्तरता दिएको होला । यस्तो पनि देखिदैन कारण दुइटा छन । एक – लगानिकर्ताको पैसा फिर्ताको अप्सन सहित आइपिओ निरन्तरता दिएको छ । यदी केही भएको थिएन भने पैसा फिर्ताको अप्सन दिदैन थियो दुई – थप अनुसन्धानका लागि प्रहरीलाई गुहार्ने । यसरी क्लिन चिट पनि दिएको छैन । फर्जी कामा चाँही भएकै देखिएसी कारबाही नगरि पन्छिने र दोश अरुलाई दिन मिल्ने बातावरण बनाएको देखिन्छ । कसैले सोध्यो भने भन्दिने प्रहरिले अनुसन्धान गर्दैछ , यती भनेर पंक्षिने ।

समग्रमा घोराही सिमेन्टमा धोतोपत्र बोर्डको बदमासी ,साढ्गाठ वा प्रभाबित भएको अनुमान गर्न सकिन्छ ।

सरकारले सरकार ललिता निवास कान्डमा केही गर्दैन ,यो स्टन्टमात्र हो-माधब नेपाललाई थुन्न सक्छ?:केपी ओली

ललिता निवासको सरकारी जग्गा घोटालाको छानबिन सरकारले राजनीतिक स्टन्ट भएको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।

शुक्रबार काठमाडौंमा स्ववियु काउन्सिलको सम्मेलनको उद्घाटन गर्दै ललिता निवासको जग्गा घोटालामा गठबन्धनकै मानिस पर्ने दाबी गरे।

‘यो नाटकमात्रै हो। आफूलाई हिरो देखाउन गरेको नाटक हो। स्टन्ट हो। भ्रष्टचार विरोधी भनेर देखाउन गरिएको स्टन्ट मात्रै हो, छानबिन गर्दा यहाँ गठबन्धनकै मानिसहरू पर्ने हुन्। त्यसकारण गर्दैन,’ उनले भने।

उनले एमालेलाई प्रहार गर्न अरु उपाय नभेटेसी पार्टीका उपाध्यक्ष विष्णु पौडेलको छोरोले जग्गा किन्यो भनेर जग्गा खाने मुख्य योजनाकार नै उ नै हो जस्तो देखाउन खोजिएको पनि बताए।

‘हाम्रो पार्टीको कसैको छोराले जमिन किनेको थियो अरे! कसैको छोराले धनी पूर्जा हेरेर किन्यो, अड्डामा गएर पास गर्‍यो,’ उनले बचाउ गर्दै भने, ‘ऊचाहिँ प्रमुख दोषी भन्न खोजिको यसको कुनै अर्थ छैन।’

अध्यक्ष ओलीले ललिता निवास प्रकरण गम्भीरतापूर्क छानबिन गर्न पनि भने। ‘यसको छानबिन गरौं, जो–जो संलग्न छन् सबैलाई कारबाही गरौं। कोको दोषी छन्? कहिलेबाट यो सुरू भयो। जफ्त गरिएको जमिन कहिलेबाट कांग्रेसहरूलाई दिने क्रम सुरू भयो। त्यहीँबाट यो घटना सुरू भयो। त्यसपछि ककसले छानबिन गरे, कसकसले निर्णय गरे? समग्र कुरा बाहिर ल्याउनुपर्छ। जे कुरामा पनि नेकपा एमालेलाई दोषी देखाउने चेष्टा गर्ने? भ्रष्टाचारको छानबिनब गरेको नाटक गर्ने?,’ उनले प्रश्न गर्दै भने।

अर्को अचम्म,च्याट जीपीटीले अब बिहे पनि गराइदिने- पादरीको अनुपस्थितिमा अमेरिकामा गरायो बिहे

0

आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याट जिपिटीले अब बिहे पनि गराउन थालेको छ ।

अमेरिकाको कोलोराडोमा बिहेका लागि फादर अर्थात् पादरीको अनुपस्थितिमा च्याट जीपीटीले एक जोडीको बिहे गराइदिएर इतिहास रचेको हो ।

सन् १८०० को दशकमा बनेको एक ऐतिहासिक चर्चमा उक्त कीर्तिमानी बिहे सम्पन्न भएको छ ।

मोरिसन चर्चमा भएको बेहुली ऋषि विन्च र बेहुला डेटन ट्रुटको सो विवाहमा च्याट जिपिटी एआई रोबोटले फादरको भूमिका निर्वाह गरेको थियो ।

समाचार अनुसार कोलोराडोको परम्परामा कुनै पनि जोडीले आपसी सहमतिमा कुनै अधिकारीको उपस्थिति बेगर पनि बिहे गर्न सक्दछ । सोही परम्पराको फाइदा उठाउँदै त्यो जोडीले आफ्नो बिहेमा एआई प्रविधिको प्रयोग गर्ने निर्णय गरे ।

एआई च्याटबट बाट बिहेको प्रक्रिया सम्पन्न गराउने आइडिया चाहीँ सुरुमा बेहुलीका पिता स्टिफन विन्चले निकालेका थिए ।

सो बिहेमा च्याट जीपीटीले केवल विवाह प्रक्रिया सम्पन्न मात्र गरेन उक्त बिहेमा पाहुनाहरुलाई निमन्त्रण गर्नका लागि पनि ज्याट जीपीटीकै सहयोग लिइएको थियो । बिहेमा करिब ३० जना पाहुनाहरु सहभागी भएका थिए ।

च्याटबटको प्रयोग गरेर गरिएको विश्वकै पहिलो यस विवाहका सम्बन्धमा च्याट जीपीटीले भनेको छ, ‘हामीले यो ऐतिहासिक क्षणको खुसी मनाएर सम्मानित महसूस गरिरहेका छौँ, जहाँ प्रेम र प्रविधि एक अर्कासँग जोडिएका छन् ।’

उक्त बिहेमा प्रयोग भएको च्याट जीपीटी च्याटबट युक्त एआई रोबोटलाई मुखौटा लगाइएको थियो । बिहेमा उपस्थित मानिसहरुलाई सम्बोधन गर्दै सो रोबोटले भन्यो, ‘म यहाँहरु सबैप्रति आभार व्यक्त गर्दछु, विशेष गरी जो अन्य राज्यबाट समेत आउनुभएको छ ।’

उक्त रोबोटले फादरको भूमिका निर्वाह गर्दै बेहुला र बेहुलीलाई परम्परा अनुसार वाचा गराउनुका साथै आशीर्वाद पनि दिएको थियो ।

अनौठो त बिहेमा प्रविधिको प्रयोग गरेको ऋषि र डेटनको जोडीको प्रेम सम्बन्धको सुरुवात पनि प्रविधिसँगै जोडिएको छ । उनीहरुबीच अनलाइन डेटिङ एपको मार्फत्‌बाटै चिनजान भएर प्रेम अंकुरण भएको थियो ।

च्याट जीपीटीलाई फादर बनाएर बिहे गर्दै अन्ततः यो जोडीले इतिहासमा नाम लेखाएको छ । बिहेमा सहभागीहरुले पनि आफूहरुका लागि उक्त क्षण अनौठो र जीवनभरका लागि स्मरणीय रहेको बताएका छन् । एजेन्सीको सहयोगमा