19 C
Nepal
Monday, January 13, 2025

तरकारीको भाउ एक्कासी आकासियो,सय रुपैयाँ किलो मुनी छैन केही

काठमाडौंमा तरकारीको भाउ वर्षायाम सुरु भएसँगै अचाक्ली बढेको छ। निरन्तरको वर्षाका कारण आपूर्तिमा कमी भएपछि मूल्य छोइनसक्नु भएको हो।

तरकारी व्यवसायी अनुसार हाल खुद्रा बजारमा उपलब्ध हुने अधिकांश तरकारीको मूल्य किलोमा सय रुपैयाँभन्दा कम छैन।

अहिले खुद्रा बजारमा काउली प्रतिकिलो एक सय १० रुपैयाँ, सिमी किलोको एक सय ६० रुपैयाँ, गाजर किलोको १२० रुपैयाँ, काँक्रो १२० रुपैयाँ, परबल किलोको ११० रुपैयाँमा बिक्री भइरहेको छ।

त्यस्तै, उपभोक्ताले लौका प्रतिकिलो एक सय ३० रुपैयाँ, बोडी किलोको एक सय ६० रुपैयाँ, भिन्डी किलोको एक सय ४० रुपैयाँ, तिरेर किनिरहेका छन्। करेला, राजमा र भेडे खुर्सानीको मूल्य पनि १२० रुपैयाँ पुगेको छ।

पछिल्लो दुई सातामा तरकारीको मूल्य ५० प्रतिशतदेखि शतप्रतिशतसम्म बढेको तरकारी व्यापारीहरु बताउँछन्। बर्खा लागेसङ्गै आपुर्ती कम हुदा मुल्य बृदि भएको हो ।

पहिला १० ट्रक आउने सामान अहिले ३ ट्रक आउछ , यत्तिकै पनि माग बढी भएसी मुल्य आकासिएको हो एकजना तरकारी ब्यापारी बताउछन ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here