21.9 C
Nepal
Sunday, February 9, 2025

कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने भनेर नसोध्नुस् ,झ्याप झ्याप समात्नुस्-ललिता निवासबारे नारायणकाजी

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरण लगायतका भ्रष्टाचारको अनुसन्धानमा कसैलाई काखा कसैलाई पाखा नगरिने बताए । उनले दोशी जो सुकै भए पनि झ्याप झ्याप पक्रन प्रहरिलाई भनेको बताएका छन ।

अनुसन्धान गरिरहेको प्रहरीलाई पनि दोषी नउम्किन् र निर्दोष नफसुन् भनेर निर्देशन दिईसकेको उनले बताए ।

आज काठमाडौंको एक कार्यक्रममा मन्त्री श्रेष्ठले अनुसन्धानको क्रममा कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने वा अनुसन्धान गर्ने कि नगर्ने भनेर आफूलाई सोध्न नपर्ने भनेर प्रहरीलाई भनेको बताए ।

‘कानुनको दायरामा ल्याउने काममा निर्भिकतापूर्वक अगाडि बढ्नुपर्छ । व्यक्तिको बारेमा सोच्नुपर्दैन । गो अहेड भनिएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘पुलिसलाई भनिएको छ, तपाईंहरु अझै अनुसन्धान गर्नुस् ।’

एउटा–एउटा केसमा र एउटा–एउटा व्यक्तिको बारेमा निर्देशन नदिने बताउँदै उनले भने, ‘कुनै व्यक्तिलाई पक्रिने कि नपक्रिने, अनुसन्धान गर्ने कि नगर्ने भनेर निर्देशन नपठाउन भनेको छ । जो अपराध छ, दुष्कर्म छ, ठगी छ, ती सब गतिविधिहरुका विरुद्ध अगाडि बढ्नुस्, स्वच्छ अनुसन्धान गर्नुस्, गम्भीर अनुसन्धान गर्नुस्, जो दोषी छ, तथ्य र प्रमाणले पुष्टि गर्छ तिनलाई कानुनको दायरामा ल्याउनुस् । यसमा सोध्नुपर्दैन ।’

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here