18.6 C
Nepal
Wednesday, April 22, 2026
Home Blog Page 17

सर्वसाधारणलाई बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड

0

ङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड शुक्रबार बिहान धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा सम्पन्न भएको छ।

कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। हिमालयन क्यापिटलका अनुसार, आईपीओमा २१ लाख ७५ हजार ८८८ आवेदकले कुल २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए।


आवेदक विवरण

  • सदर आवेदन : २१ लाख ४३ हजार २५०
  • बदर आवेदन : ३२ हजार ६६८
  • सदर आवेदकबाट मागिएको सेयर संख्या : २ करोड ३३ लाख ४९ हजार ७९० कित्ता

उपलब्ध सेयर संख्याको आधारमा १ लाख ७० हजार १५० आवेदकलाई १० कित्ताका दरले कुल १७ लाख १ हजार ५ सय कित्ता सेयर बाँडफाँड गरिएको छ।


नतिजा हेर्ने व्यवस्था

आईपीओको नतिजा मेरो सेयर पोर्टल तथा सीडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ। बाँडफाँडमा नाम नपरेका आवेदकको रकम फिर्ता प्रक्रिया चाँडै सुरु गरिने कम्पनीले जनाएको छ।


निष्कर्ष

बुङ्गल हाइड्रोको आईपीओमा व्यापक आकर्षण देखिँदा सबै आवेदकलाई सेयर वितरण सम्भव भएन। भाग्यशाली १ लाख ७० हजार १५० जनाले १०–१० कित्ता सेयर हात पार्दा बाँकी आवेदकहरूलाई रकम फिर्ता हुनेछ।

अरुण भ्याली हाईड्रोपावरको लाभांश घोषणा

0

अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

बैठकले आव २०८१/८१ को मुनाफा र सञ्चितीबाट हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी २८ औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

नेप्सेमा ‘सर्किट’को वर्षा : जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल धरासायी, बजारमा ठूलो पहिरो

0

जेनजी आन्दोलनका कारण अवरुद्ध भएको सेयर कारोबार पुनः खुलेको पहिलो दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा भारी गिरावट देखिएको छ। लगानीकर्ताको गिरेको मनोबलको प्रतिबिम्ब बजारमा स्पष्ट झल्किएको छ।

कारोबार सुरु भएको एक मिनेटमै नेप्से ४% ले घट्दा पहिलो नेगेटिभ सर्किट लागेर कारोबार २० मिनेटका लागि स्थगन गरियो। त्यसपछि बजार पुनः खुल्दा पनि गिरावट रोकिएन—बरु उल्टै तीव्र भयो। कारोबार सुरु भएको दुई मिनेटमै परिसूचक ५% ले झर्दा दोस्रो सर्किट लागेर बजार ४० मिनेटका लागि फेरि रोक्नुपर्‍यो।

बजार ४० मिनेटपछि पुनः खुल्दा पनि गिरावट निरन्तर रह्यो र यदि सूचकांक ६% ले घटेमा आजका लागि सम्पूर्ण कारोबार रोकिने चेतावनी नेप्सेले दिएको छ।


गिरावटका कारण

विश्लेषकहरूका अनुसार, जेनजी आन्दोलनले देशभर मच्चाएको विध्वंसले लगानीकर्ताको मनोबलमा ठुलो आघात पुर्‍याएको छ। ठूलोदेखि साना लगानीकर्ताको सम्पत्ति, व्यवसाय र संरचनामा आक्रमण हुँदा बजारमा पनि त्यसको नकारात्मक प्रभाव देखिएको छ।

नेप्सेमा सूचीकृत होटल र अन्य समूहका कम्पनीहरूले आन्दोलनकारीबाट ठूलो क्षति बेहोर्नु परेको छ। सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको कारण निर्जीवन बीमा कम्पनीहरूमा ३० अर्बभन्दा बढीको बीमा दाबी परिसकेको तथ्य सार्वजनिक भएको छ। परिणामस्वरूप, सूचीकृत बीमा कम्पनीहरूको सेयरमा खरिदकर्ता नहुँदा बिक्रीको चाप मात्र बढेको देखिन्छ।


व्यापक असर

आर्थिक विश्लेषकहरूको भनाइमा, हालको विध्वंसले आर्थिक वृद्धिमै धक्का पुर्‍याउने जोखिम बढेको छ। यसले देशको जीडीपी ग्रोथ र समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने अनुमान गरिएको छ।

उनीहरूले चेतावनी दिएका छन् कि देशको विषम राजनीतिक तथा आर्थिक परिस्थितिले लगानीकर्ताको आत्मविश्वास नउकासेसम्म नेप्सेमा नेगेटिभ सर्किटको श्रृंखला अझै बढ्नसक्ने जोखिम कायम छ।

टिकटकको विषयमाअमेरिका र चीनबीच सम्झौता,नियन्त्रण अमेरिकी कम्पनीको

0

वाशिङटन, सेप्टेम्बर १६, २०२५ — अमेरिकी सरकार र चीनबीच एउटा महत्वपूर्ण सम्झौता भएको छ जसले टिकटक (TikTok) को अमेरिकामा सञ्चालनलाई जारी राख्ने मार्गनिर्देशन गर्दछ।

के–के निर्णयहरू भएका छन्

  • सम्झौता अनुसार टिकटकलाई अमेरिकामा अमेरिकी नियन्त्रणमा रहेको स्वामित्व अन्तर्गत सञ्चालनमा राखिनेछ।
  • चीनको ByteDance कम्पनीमा टिकटकको स्वामित्व रहने भए पनि, त्यो भाग स्वामित्वको १९.९ प्रतिशत मात्रै हुनेछ भन्ने स्रोतहरूले बताएका छन्।
  • Oracle कम्पनी यस सम्झौताको एउटा मुख्य दल हो। यसले टिकटकको अमेरिकामा सञ्चालन, डेटा सुरक्षा र अन्य राष्ट्रिय सुरक्षाका मामिलाहरू हेर्नेछ।
  • साथै एउटा लगानी समूह (consortium) बनाइनेछ जसले टिकटकको अमेरिकामा अधिकांश (लगभग ८०%) हिस्सा नियन्त्रण गर्नेछ भन्ने रिपोर्टहरू छन्।

कानूनी तथा राजनीतिक पृष्टभूमि

  • सन् २०२४ मा पारित “Protecting Americans from Foreign Adversary Controlled Applications Act” (PAFACA) अनुसार, यदि कुनै विदेशी देशका स्वामित्व वा नियन्त्रणमा रहेको एप/सेवा राष्ट्रिय सुरक्षा जोखिम उत्पन्न गर्दछ भने त्यसलाई बेच्नुपर्ने वा प्रतिबन्ध लगाउनुपर्ने व्यवस्था गरिएको थियो।
  • यो कानून सर्वोच्च अदालतले पनि वैधानिक ठहर गरेको छ।

आगामी कदमहरू

  • सम्झौता लगभग ३०–४५ दिनभित्र अन्तिम रूप दिन अपेक्षित छ।
  • अर्को महत्वपूर्ण कुरा: यो विषयमा चिनियाँ राष्ट्रपति सँग अमेरिकाका राष्ट्रपति बीच भविष्यमा थप वार्ता हुने जनाएको छ।

देशभर राष्ट्रिय शोक, सार्वजनिक बिदा

0

काठमाण्डौ । जेनजी प्रदर्शनमा ज्यान गुमाउनेहरुको सम्मानस्वरूप आज (असोज १ गते) देशभर राष्ट्रिय शोक मनाइँदैछ। सो अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

मन्त्रिपरिषद्को भदौ ३० गतेको बैठकले असोज १ गतेलाई राष्ट्रिय शोकका रूपमा मनाउने निर्णय गरेको थियो। निर्णयअनुसार आज नेपालभरका सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सार्वजनिक निकाय र अन्य कार्यालयहरू बन्द छन्। विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा पनि आज सार्वजनिक बिदा छ।

सरकारले शोक दिवसको अवसरमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको छ। सोही अनुरूप आज सरकारी निकायहरूमा झण्डा आधा झुकेको छ र देशभर दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना भइरहेका छन्।

सरकारले जेनजी प्रदर्शनमा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, शान्ति र संयम अपनाउन सबै पक्षलाई आग्रह गरेको छ।

कामना सेवा विकास बैंकको १९ औं वार्षिक साधारण सभा असोज २४ गते, १०% बोनस र ५.७८% नगद लाभांश प्रस्ताव

काठमाण्डौ – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा आगामी असोज २४ गते (२०७८ साल) लिसारा रिसेप्शन, नक्साल, काठमाण्डौमा बिहान ११ बजेका लागि आह्वान गरेको छ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पेश गरिनेछ। यस्तै, आवश्यक परेमा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिने बताइएको छ।

साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहितको वार्षिक वित्तीय विवरण, असार मसान्त २०८२ को वासलात, नगद प्रवाह विवरण, नाफा/नोक्सान हिसाब, ईक्विटीमा परिवर्तनलगायतका अनुसूचीहरूमाथि छलफल गरी पारित गरिनेछ।

त्यस्तै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ। साथै, ३ जना संस्थापक र ३ जना सर्वसाधारण तर्फका गरी कुल ६ जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा समावेश गरिएको छ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र लाभांश प्राप्ति र सभामा सहभागिता जनाउने अधिकारयुक्त हुनेछन्।

जेन्जी आन्दोलन पछिका अबसर र चुनौती हरु

0

हाम्रो देशले समय -समयमा ठुला ठुला अवरोधका सङ्घर्षहरु पार गर्दै लड्दै उठ्दै आउँदा यो प्राकृतिक प्रक्रियाझै सिद्द भएको अवस्थामा शासन सत्ता प्रती चरम असन्तुष्टि प्रती जनताहरुद्वारा हुने जन संघर्ष एक नियमित प्रकृया झै भएको छ।

व्यवस्था परिवर्तनको निमित्त गरिएको संघर्ष होस या सुशासन को अभावमा सुशासन को निमित गरिको निमित्त गरिएको संघर्षमा भएको क्षती पछी नया व्यवस्था को सुरुवात सङ्गै आर्थिक रूपमा नया आयामहरु नथपिएका भने हैनन । 2062/63 को व्यवस्था परिवर्तनको निमित भएको जन आन्दोलनबाट केही नया आसा साथै भग्नावशेष अर्थतन्त्र पनि बिस्तारै सुधार हुँदै गए। त्यसै गरि 2072 को भुकम्पको अवस्था लाई पनि झेल्दै नया मोड मा आउन सफल नै भयौ। जुन हाम्रा समस्या पछिको नया आयाम हुन।

वर्तमान sep 8 देखी शुरु भएको GenZ को आन्दोलन एक विध्वंसकारी मानविय , रास्टृय र व्यक्तिगत सम्पती मा भयनाक क्षती पुग्न का साथै बिजनेस हाउस हरु पनि यसको सिकार भयको निकै दर्दनाक र निकै त्रासदी पुर्ण अवस्था सिर्जना ले राज्य शक्ति सन्यन्त्र संचालन गरिरहेको सरकार छाड्न बाध्य भयो , जसले एका तर्फ नया सुशासनको आसा जनतामा सिर्जना भो भने अर्को तर्फ क्षतिग्रस्त राष्ट्रिय र व्यक्तिगत सम्पती तहसनहसले देश को आर्थिक अवस्था उठन नसक्ने गरि शिथिल भयो कि भन्ने आम जनमानसमा चलिरहेको अवस्थामा यसले हामिलाई विभिन्न चुनौती र अवसर दुवै थपेको छ। राज्यमा नया रिफर्म ल्याउन अवसर को ढोका पनि उतिकै खुलेको छ।

राजनैतिक दल विगठन कि पुनर्गठन

वर्तमान पुराना दलको कार्यशैली प्रती असन्तुष्टि रहेको जनतामाझ आफ्नो असन्तुष्टि पोख्न गतिलो अवसर बन्न पुगेको अवस्थामा कि पुराना दल विगठन गरी शुन्यता बाट शुरुगर्न अवसर छ , जसबाट एकतन्त्रीय दलभित्रको जमिनदारीको जालो तोड्दै अन्त्य गराउन साथै नया होनहार व्यक्तिहरुले नया दल गठन गर्दै फ्रेस उम्मेद्वार जनता माझ जादा उम्मेद्वार र मतदाता बिच उत्पन्न हुने नया उत्साहले पुराना गल्ती नदोहोरिने जनबिस्वास बढेर जानेछ।

अर्को तर्फ दल बिहिन हुने सम्भावना न्यून अवस्था भएको हुदा देश मा भएको पुराना दल भित्र को एकतन्त्रीय रुपमा चलिरहेको राजनितीक नेतृत्व को सिन्डिकेट , नेतृत्व को बिसङ्गति विरुद्द आवाज उठाउन पाएको अवसर लाई राजनितिक पार्टीको वर्तमान समय परिस्थिती सङ्ग सचेत कार्यकर्ताले पार्टी पुनर्गठन गर्दै पार्टि भित्र को आन्तरिक लोकतन्त्र लाई थप बलियो बनाउदै , अग्रज को सम्मान , नया पुस्ताले नया नेतृत्व सम्हाल्दै समाजमा नया कार्यदिशा दिने अवसर प्राप्त भएको छ ।जसले पार्टी भित्र को एकतन्त्रीय जाम लाई तोड्दै पार्टी पदाधिकारी को पदिय समय अवधी ,उमेर हद लगायतका बिसय परिमार्जन गर्दै समय अनुकुल बनाउदै नया कार्यदिशा सहित अगाडी बड्ने अवसर प्राप्त भएको छ।

आन्तरिक निर्वाचन प्रणाली

वर्तमान निर्वाचन प्रणाली निकै खर्चिलो र प्रभावकारी नभएको व्यापक जन गुनासो बिच जमिनदारी र धनाड्य उम्मेद्वार , पार्टी भित्र टिकट खरिद विक्री , सन्सद बन्न मनग्य खर्च र मन्त्री बन्ने आशामा व्यापक खर्च गर्नुपर्ने अवस्था रहेको बताइन्छ जसले भ्रष्टाचारको बिजारोपन गर्छ । यस्ता विसङ्गती न्यून गर्न नया निर्वाचन प्रणाली मा प्रत्यक्ष कार्यकारी उम्मेदवारको व्यवस्था जसले हुकुमी भन्दा जनमानसमा लोकप्रिय भएको उम्मेदवारले प्रत्यक राजनीतिकक दलमा प्राथमिकता पाउने र प्रत्यक्ष कार्यकारी बाट आफ्नो दर्शन अनुकुल क्याबिनेट निर्माण , जन आकन्क्षा अनुसार डेलिभर गर्न सजिलो हुनेछ । सन्सद भन्दा बाहिरको बिज्ञ व्यक्तिहरु आफ्नो दर्शनअनुकुल राख्दा आफ्नो कार्यदिशा जनता माझ डेलिभर गर्न सहज हुनेछ। सन्सदको भुमिका आवस्यक निति निर्माणमा महत्त्वपूर्ण भूमिका मात्र खेल्नेगरी सिमित गर्ने ।

स्थानीय तह दलविहिन निर्वाचन

पार्टी सिस्टम र कोटाबाट उम्मेदवार चयनले समाज प्रती को निषठावान व्यक्ती पछि पर्नु , उम्मेदवार चयनमा टिकट खरिद विक्री हुने , पार्टी को आडमा निर्धक्क मनोमानी गर्नु जसले अस्वस्थ प्रतिस्पर्धा हुनु एक समस्याको रुपमा रहेको देखिन्छ ।

स्थानिय तह दलविहिन हुदा समाजमा भिजेको ब्यक्ती चुनिने सम्भावना बढेर जान्छ जसले समाजमा स्वस्थ प्रतिस्पर्धाबाट योग्य र समाजलाई आवस्यक ब्यक्तिले स्थानिय प्रमुख भई समाजसेवा गर्ने अवसर प्राप्त गर्नेछ

पुनर्निर्माण र आर्थिक स्रोत

वर्तमान द्वन्द्वको स्थितिले देशको अर्थतन्त्र कोमामा गयो कि भन्ने ब्यापक चिन्ता जनमानसमा परिरहेको छ तर यो अर्थतन्त्र उठन नसक्ने गरि कोमामा गएको अवस्था पटक्कै होइन । खर्बौको क्षती भएको प्रारम्भिक अनुमान गरिएपनी बास्तबिक तथ्याङ्क आउन बाकी छ । वर्तमान अवस्था लाई रिभाइव ल्याउन पुनर्निर्माण कार्य अगाडि बढाउन दक्ष स्वयंसेवक आह्वन , अनावश्यक बजेट खर्च कटौती , जनप्रतिनिधि को अनावश्यक तलब कटौती गर्ने गर्दा वार्षिक अर्बौको राज्य को व्ययभार घटाउनेछ। तसर्थ बिगत को अनुभव लाई सम्हाल्दै राज्य का प्रत्यक नागरिक विच एकता गर्न सके सुशासन र आर्थिक वृद्धि गर्न नया अवसर यो देश ले प्राप्त गरेको छ ।

अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन गर्दै गर्नु भएका होम श्रेष्ठको बिचार

असोज महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश बैंकले ब्याजदर घटाए

काठमाडौं— वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नेपालका २० वाणिज्य बैंकहरूमध्ये ९ वटाले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर यथावत राखेका छन् भने ९ वटाले ब्याजदर घटाएका छन्। दुई बैंकले भने ब्याजदर वृद्धि गरेका छन्।

धेरैजसो बैंकहरूले ब्याजदर घटाएको कारण असोज महिनामा ब्याजदरको औसत दर घटेको देखिएको छ। भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ५.५७% रहेकोमा, असोजमा घटेर ५.४६% मा झरेको छ।

ब्याजदर स्थिर राख्ने बैंकहरू:

  • प्रभु बैंक: व्यक्तिगत ५.३५%, संस्थागत ३.२५%
  • राष्ट्रिय वाणिज्य बैंक: व्यक्तिगत ५.५%, संस्थागत ४%
  • ग्लोबल आइएमई बैंक: व्यक्तिगत ६%, संस्थागत ४.२५%
  • सिद्धार्थ बैंक: व्यक्तिगत ५.५%, संस्थागत ४%
  • एनएमबी बैंक: व्यक्तिगत ६%, संस्थागत ५%
  • हिमालयन बैंक: व्यक्तिगत ६%, संस्थागत ५%
  • माछापुच्छ्रे बैंक: व्यक्तिगत ६%, संस्थागत ४%
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: व्यक्तिगत ५.२५%, संस्थागत ४.२५%
  • नबिल बैंक: व्यक्तिगत ५.५%, संस्थागत ४.०५%

ब्याजदर घटाउने बैंकहरू:

  • एनआईसी एशिया बैंक: व्यक्तिगत ६% (पहिले ६.२५%), संस्थागत ५% (पहिले ५.२५%)
  • नेपाल बैंक लिमिटेड: व्यक्तिगत ५.२५% (पहिले ५.४%), संस्थागत ३.२५% (पहिले ३.७५%)
  • एभरेष्ट बैंक: व्यक्तिगत ५.२५% (पहिले ५.७५%), संस्थागत ४.२५% (पहिले ४.७५%)
  • सिटिजन्स बैंक: व्यक्तिगत ५.२५% (पहिले ५.५%), संस्थागत ३% (पहिले ३.२५%)
  • सानिमा बैंक: व्यक्तिगत ५.२५% (पहिले ५.७५%), संस्थागत ३.५% (पहिले ३.७५%)
  • प्राइम कमर्सियल बैंक: व्यक्तिगत ५.५% (पहिले ६%), संस्थागत २.७५% (पहिले ३.१%)
  • नेपाल एसबीआई बैंक: व्यक्तिगत ५.१८% (पहिले ५.२५%), संस्थागत ४.१८% (पहिले ४.२५%)
  • कृषि विकास बैंक: व्यक्तिगत ५.०५% (पहिले ५.२०%), संस्थागत ३% (पहिले २.८५%) — व्यक्तिगत घट्यो, संस्थागत बढ्यो
  • कुमारी बैंक: व्यक्तिगत ५.०१% (पहिले ५.२१%), संस्थागत ४.०१% (स्थिर)

ब्याजदर बढाउने बैंकहरू:

  • स्ट्याण्डर्ड चार्टर्ड बैंक: व्यक्तिगत ५.१८% (पहिले ५.१३%), संस्थागत २.७५% (स्थिर)
  • लक्ष्मी सनराइज बैंक: व्यक्तिगत ५.२५% (पहिले ५%), संस्थागत ४% (स्थिर)

निष्कर्ष:

बैंकहरू ब्याजदर घटाउने रणनीतिमा देखिएका छन्, जसको असर साधारण निक्षेपकर्तादेखि ठूला संस्थागत लगानीकर्तासम्म पर्न सक्छ। बजारमा तरलता व्यवस्थापन र ऋण प्रवाह सन्तुलनमा राख्न बैंकहरूले ब्याजदर समायोजन गरिरहेका छन्।

सेनाको सुरक्षाबाट बाहिर निस्किए प्रचण्ड, नयाँ पार्टी कार्यालय निर्माणको घोषणा

0

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नयाँ र आधुनिक केन्द्रीय कार्यालय निर्माण गरिने घोषणा गरेका छन्। पेरिसडाँडास्थित क्षतिग्रस्त पार्टी कार्यालयको निरीक्षण गर्न मंगलबार पुगेका प्रचण्डले जेनजी आन्दोलनका क्रममा भएको आगजनीले ठुलो क्षति पुर्‍याएको उल्लेख गर्दै सबैको सहयोगमा नयाँ भवन बनाइने बताएका हुन्।

क्षति त भयो, तर अब हाम्रो ध्यान पुनर्निर्माणमा छ। सबैको साथ र योगदानमा नयाँ पार्टी कार्यालय निर्माण हुनेछ,” प्रचण्डले भने।

जेनजी आन्दोलन सुरु भएपछि केही दिन सैनिक ब्यारेकमा बसेका प्रचण्ड आन्दोलनपछिको पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन्। उनले नेताहरूको टोलीसहित कार्यालयभित्र रहेको सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण गरे।

कार्यालय अवलोकनका क्रममा उनले आगजनीका बीच पनि केही महत्वपूर्ण कागजात, कम्प्युटर र पुस्तकालय सुरक्षित रहनु सकारात्मक पक्ष भएको भन्दै त्यहाँ कार्यरत श्रमिक तथा कार्यकर्ताप्रति आभार व्यक्त गरे।

पार्टीका कागजातहरू जोगिएको सुनेर खुसी लाग्यो, त्यस्तै केही कम्प्युटर र पुस्तकालय पनि सुरक्षित रहेछन्, त्यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु,” उनले भने।

त्यसैगरी, उनले पार्टीका युवाहरूले छोटो समयमै गरेको सफाइ कार्यको पनि प्रशंसा गरे। “दुई दिनमै सफाइलाई उल्लेखनीय स्तरमा पुर्‍याउनुभएको छ। युवाहरूको यो समर्पणले कार्यालय पुनः व्यवस्थित हुँदैछ,” प्रचण्डको भनाइ थियो।

आन्दोलनले बन्द सेयर बजार खोल्ने सेबोनको निर्णय

0

लामो समयदेखि बन्द रहेको सेयर बजार अब पुनः सञ्चालनमा आउने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकबाट असोज २ गतेदेखि सेयर कारोबार सुचारु गर्ने निर्णय गरेको छ।

सेयर बजार जेनजी आन्दोलनका कारण अस्थायी रूपमा बन्द गरिएको थियो। तर, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले असोज १ गतेबाट कारोबार सुरु गर्न अनुमति माग्दै सोमबार सेबोनमा पत्र पठाएको थियो। सोही आवेदनको आधारमा सेबोनले बजार खोल्ने निर्णय लिएको हो।

धितोपत्र बोर्ड निकट स्रोतका अनुसार, सार्वजनिक विदा परेको कारण असोज १ गते कारोबार नहुने भए पनि असोज २ गतेबाट सेयर कारोबार नियमित रुपमा साबिककै समय अनुसार सञ्चालन हुनेछ।

बोर्डले आंशिक कारोबार, सर्किट ब्रेकरको परिवर्तन जस्ता सुरक्षात्मक उपायसहित बजार खोल्ने तयारी गरे पनि नेप्से त्यसमा सहमत नहुँदा, अन्ततः साबिककै व्यवस्था अनुसार पूरै समय बजार सञ्चालनमा ल्याउने निर्णय भएको हो।

यससँगै लामो समयदेखि पर्खाइमा रहेका लगानीकर्ताले पुनः कारोबार गर्न पाउने भएका छन्।