20.7 C
Nepal
Tuesday, September 16, 2025

सेनाको सुरक्षाबाट बाहिर निस्किए प्रचण्ड, नयाँ पार्टी कार्यालय निर्माणको घोषणा

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नयाँ र आधुनिक केन्द्रीय कार्यालय निर्माण गरिने घोषणा गरेका छन्। पेरिसडाँडास्थित क्षतिग्रस्त पार्टी कार्यालयको निरीक्षण गर्न मंगलबार पुगेका प्रचण्डले जेनजी आन्दोलनका क्रममा भएको आगजनीले ठुलो क्षति पुर्‍याएको उल्लेख गर्दै सबैको सहयोगमा नयाँ भवन बनाइने बताएका हुन्।

क्षति त भयो, तर अब हाम्रो ध्यान पुनर्निर्माणमा छ। सबैको साथ र योगदानमा नयाँ पार्टी कार्यालय निर्माण हुनेछ,” प्रचण्डले भने।

जेनजी आन्दोलन सुरु भएपछि केही दिन सैनिक ब्यारेकमा बसेका प्रचण्ड आन्दोलनपछिको पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन्। उनले नेताहरूको टोलीसहित कार्यालयभित्र रहेको सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण गरे।

कार्यालय अवलोकनका क्रममा उनले आगजनीका बीच पनि केही महत्वपूर्ण कागजात, कम्प्युटर र पुस्तकालय सुरक्षित रहनु सकारात्मक पक्ष भएको भन्दै त्यहाँ कार्यरत श्रमिक तथा कार्यकर्ताप्रति आभार व्यक्त गरे।

पार्टीका कागजातहरू जोगिएको सुनेर खुसी लाग्यो, त्यस्तै केही कम्प्युटर र पुस्तकालय पनि सुरक्षित रहेछन्, त्यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु,” उनले भने।

त्यसैगरी, उनले पार्टीका युवाहरूले छोटो समयमै गरेको सफाइ कार्यको पनि प्रशंसा गरे। “दुई दिनमै सफाइलाई उल्लेखनीय स्तरमा पुर्‍याउनुभएको छ। युवाहरूको यो समर्पणले कार्यालय पुनः व्यवस्थित हुँदैछ,” प्रचण्डको भनाइ थियो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here