23.1 C
Nepal
Sunday, September 28, 2025

कामना सेवा विकास बैंकको १९ औं वार्षिक साधारण सभा असोज २४ गते, १०% बोनस र ५.७८% नगद लाभांश प्रस्ताव

spot_imgspot_imgspot_img

काठमाण्डौ – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा आगामी असोज २४ गते (२०७८ साल) लिसारा रिसेप्शन, नक्साल, काठमाण्डौमा बिहान ११ बजेका लागि आह्वान गरेको छ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पेश गरिनेछ। यस्तै, आवश्यक परेमा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिने बताइएको छ।

साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहितको वार्षिक वित्तीय विवरण, असार मसान्त २०८२ को वासलात, नगद प्रवाह विवरण, नाफा/नोक्सान हिसाब, ईक्विटीमा परिवर्तनलगायतका अनुसूचीहरूमाथि छलफल गरी पारित गरिनेछ।

त्यस्तै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ। साथै, ३ जना संस्थापक र ३ जना सर्वसाधारण तर्फका गरी कुल ६ जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा समावेश गरिएको छ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र लाभांश प्राप्ति र सभामा सहभागिता जनाउने अधिकारयुक्त हुनेछन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here