15.6 C
Nepal
Thursday, November 13, 2025

जेन्जी आन्दोलन पछिका अबसर र चुनौती हरु

spot_imgspot_imgspot_img

हाम्रो देशले समय -समयमा ठुला ठुला अवरोधका सङ्घर्षहरु पार गर्दै लड्दै उठ्दै आउँदा यो प्राकृतिक प्रक्रियाझै सिद्द भएको अवस्थामा शासन सत्ता प्रती चरम असन्तुष्टि प्रती जनताहरुद्वारा हुने जन संघर्ष एक नियमित प्रकृया झै भएको छ।

व्यवस्था परिवर्तनको निमित्त गरिएको संघर्ष होस या सुशासन को अभावमा सुशासन को निमित गरिको निमित्त गरिएको संघर्षमा भएको क्षती पछी नया व्यवस्था को सुरुवात सङ्गै आर्थिक रूपमा नया आयामहरु नथपिएका भने हैनन । 2062/63 को व्यवस्था परिवर्तनको निमित भएको जन आन्दोलनबाट केही नया आसा साथै भग्नावशेष अर्थतन्त्र पनि बिस्तारै सुधार हुँदै गए। त्यसै गरि 2072 को भुकम्पको अवस्था लाई पनि झेल्दै नया मोड मा आउन सफल नै भयौ। जुन हाम्रा समस्या पछिको नया आयाम हुन।

वर्तमान sep 8 देखी शुरु भएको GenZ को आन्दोलन एक विध्वंसकारी मानविय , रास्टृय र व्यक्तिगत सम्पती मा भयनाक क्षती पुग्न का साथै बिजनेस हाउस हरु पनि यसको सिकार भयको निकै दर्दनाक र निकै त्रासदी पुर्ण अवस्था सिर्जना ले राज्य शक्ति सन्यन्त्र संचालन गरिरहेको सरकार छाड्न बाध्य भयो , जसले एका तर्फ नया सुशासनको आसा जनतामा सिर्जना भो भने अर्को तर्फ क्षतिग्रस्त राष्ट्रिय र व्यक्तिगत सम्पती तहसनहसले देश को आर्थिक अवस्था उठन नसक्ने गरि शिथिल भयो कि भन्ने आम जनमानसमा चलिरहेको अवस्थामा यसले हामिलाई विभिन्न चुनौती र अवसर दुवै थपेको छ। राज्यमा नया रिफर्म ल्याउन अवसर को ढोका पनि उतिकै खुलेको छ।

राजनैतिक दल विगठन कि पुनर्गठन

वर्तमान पुराना दलको कार्यशैली प्रती असन्तुष्टि रहेको जनतामाझ आफ्नो असन्तुष्टि पोख्न गतिलो अवसर बन्न पुगेको अवस्थामा कि पुराना दल विगठन गरी शुन्यता बाट शुरुगर्न अवसर छ , जसबाट एकतन्त्रीय दलभित्रको जमिनदारीको जालो तोड्दै अन्त्य गराउन साथै नया होनहार व्यक्तिहरुले नया दल गठन गर्दै फ्रेस उम्मेद्वार जनता माझ जादा उम्मेद्वार र मतदाता बिच उत्पन्न हुने नया उत्साहले पुराना गल्ती नदोहोरिने जनबिस्वास बढेर जानेछ।

अर्को तर्फ दल बिहिन हुने सम्भावना न्यून अवस्था भएको हुदा देश मा भएको पुराना दल भित्र को एकतन्त्रीय रुपमा चलिरहेको राजनितीक नेतृत्व को सिन्डिकेट , नेतृत्व को बिसङ्गति विरुद्द आवाज उठाउन पाएको अवसर लाई राजनितिक पार्टीको वर्तमान समय परिस्थिती सङ्ग सचेत कार्यकर्ताले पार्टी पुनर्गठन गर्दै पार्टि भित्र को आन्तरिक लोकतन्त्र लाई थप बलियो बनाउदै , अग्रज को सम्मान , नया पुस्ताले नया नेतृत्व सम्हाल्दै समाजमा नया कार्यदिशा दिने अवसर प्राप्त भएको छ ।जसले पार्टी भित्र को एकतन्त्रीय जाम लाई तोड्दै पार्टी पदाधिकारी को पदिय समय अवधी ,उमेर हद लगायतका बिसय परिमार्जन गर्दै समय अनुकुल बनाउदै नया कार्यदिशा सहित अगाडी बड्ने अवसर प्राप्त भएको छ।

आन्तरिक निर्वाचन प्रणाली

वर्तमान निर्वाचन प्रणाली निकै खर्चिलो र प्रभावकारी नभएको व्यापक जन गुनासो बिच जमिनदारी र धनाड्य उम्मेद्वार , पार्टी भित्र टिकट खरिद विक्री , सन्सद बन्न मनग्य खर्च र मन्त्री बन्ने आशामा व्यापक खर्च गर्नुपर्ने अवस्था रहेको बताइन्छ जसले भ्रष्टाचारको बिजारोपन गर्छ । यस्ता विसङ्गती न्यून गर्न नया निर्वाचन प्रणाली मा प्रत्यक्ष कार्यकारी उम्मेदवारको व्यवस्था जसले हुकुमी भन्दा जनमानसमा लोकप्रिय भएको उम्मेदवारले प्रत्यक राजनीतिकक दलमा प्राथमिकता पाउने र प्रत्यक्ष कार्यकारी बाट आफ्नो दर्शन अनुकुल क्याबिनेट निर्माण , जन आकन्क्षा अनुसार डेलिभर गर्न सजिलो हुनेछ । सन्सद भन्दा बाहिरको बिज्ञ व्यक्तिहरु आफ्नो दर्शनअनुकुल राख्दा आफ्नो कार्यदिशा जनता माझ डेलिभर गर्न सहज हुनेछ। सन्सदको भुमिका आवस्यक निति निर्माणमा महत्त्वपूर्ण भूमिका मात्र खेल्नेगरी सिमित गर्ने ।

स्थानीय तह दलविहिन निर्वाचन

पार्टी सिस्टम र कोटाबाट उम्मेदवार चयनले समाज प्रती को निषठावान व्यक्ती पछि पर्नु , उम्मेदवार चयनमा टिकट खरिद विक्री हुने , पार्टी को आडमा निर्धक्क मनोमानी गर्नु जसले अस्वस्थ प्रतिस्पर्धा हुनु एक समस्याको रुपमा रहेको देखिन्छ ।

स्थानिय तह दलविहिन हुदा समाजमा भिजेको ब्यक्ती चुनिने सम्भावना बढेर जान्छ जसले समाजमा स्वस्थ प्रतिस्पर्धाबाट योग्य र समाजलाई आवस्यक ब्यक्तिले स्थानिय प्रमुख भई समाजसेवा गर्ने अवसर प्राप्त गर्नेछ

पुनर्निर्माण र आर्थिक स्रोत

वर्तमान द्वन्द्वको स्थितिले देशको अर्थतन्त्र कोमामा गयो कि भन्ने ब्यापक चिन्ता जनमानसमा परिरहेको छ तर यो अर्थतन्त्र उठन नसक्ने गरि कोमामा गएको अवस्था पटक्कै होइन । खर्बौको क्षती भएको प्रारम्भिक अनुमान गरिएपनी बास्तबिक तथ्याङ्क आउन बाकी छ । वर्तमान अवस्था लाई रिभाइव ल्याउन पुनर्निर्माण कार्य अगाडि बढाउन दक्ष स्वयंसेवक आह्वन , अनावश्यक बजेट खर्च कटौती , जनप्रतिनिधि को अनावश्यक तलब कटौती गर्ने गर्दा वार्षिक अर्बौको राज्य को व्ययभार घटाउनेछ। तसर्थ बिगत को अनुभव लाई सम्हाल्दै राज्य का प्रत्यक नागरिक विच एकता गर्न सके सुशासन र आर्थिक वृद्धि गर्न नया अवसर यो देश ले प्राप्त गरेको छ ।

अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन गर्दै गर्नु भएका होम श्रेष्ठको बिचार

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here