17.4 C
Nepal
Thursday, April 16, 2026
Home Blog Page 15

नेपाल एसबीआई मर्चेण्ट बैंकिङले दशौं वार्षिक साधारण सभा आह्वान, २५% नगद लाभांश प्रस्ताव

0

नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडले दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ। असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले असोज २७ गते बिहान ११ बजे काठमाण्डौको कमलादीस्थित प्रधान कार्यालयमा सभा बोलाउने निर्णय गरेको हो।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीलाई चुक्तापूँजीको २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, २०८१/८२ आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने तयारी छ।

त्यसैगरी, २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस गरिने कम्पनीले जनाएको छ।

समता घरेलु लघुवित्तको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0

समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।

उक्त समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

आज घटस्थापनासँगै दशैंको सुरुवात

0

नेपाली हिन्दूहरूको महान् पर्व बडादशैं आजबाट औपचारिक रूपमा सुरू भएको छ
आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन बिहान घर–घरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेसँगै यस वर्षको दशैं आरम्भ भएको हो।

नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान ९ बजेर १३ मिनेटको शुभसाइत तोकेको थियो।

घटस्थापनाको परम्परा

दशैंको पहिलो दिन पूजाकोठा, दशैंघर वा कोतमा दियो, कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ।
कतैकतै ब्रह्माको समेत स्थापना गरिन्छ। कलशमा नदी, खोला वा बगरबाट ल्याइएको चोखो बालुवा वा माटो राखेर वरिपरि गाईको गोबर लेपेर त्यसमाथि जौ छर्ने र जमरा उमार्ने परम्परा रहेको छ।
जमराबाट देवीप्रतिको श्रद्धा र असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ।

सार्वजनिक बिदा र संस्थाहरू बन्द

घटस्थापनाको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
यस कारण आज देशभरका सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था बन्द छन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) समेत आज बन्द रहने भएकाले दोस्रो बजारमा सेयर कारोबार हुनेछैन

सांस्कृतिक महत्व

बडादशैंलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो पर्वमा नवरात्रभरी देवी दुर्गाको पूजा–अर्चना गरिन्छ र दसौँ दिन विजया दशमीका दिन टीका–जमरा लगाइने चलन छ।

यसरी आज घटस्थापनासँगै देशभर उत्साहपूर्वक दशैंको माहोल सुरु भएको छ।

नेपाल लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा नेपाल लाइफ क्यापिटल नियुक्त

0

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा नेपाल लाइफ क्यापिटल लिमिटेड नियुक्त भएको छ । नेपाल लाइफको सञ्चालक समितिको ३९९ औं बैठकले नेपाल लाइफ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।

सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर लगत अद्यावधिक राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु नेपाल क्यापिटलले गर्नेछ ।

नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद सेयरमा बोलकबोल आवेदन म्याद असोज ८ सम्म थप

0

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा आवेदन पेश गर्ने म्याद थप गरेको छ। कम्पनीले साउन ६ गतेदेखि भदौ २ गतेसम्म १०ः३.४७८३ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेका १ लाख ९७ हजार ४२.७६ कित्ता सेयर भदौ २७ गतेदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको थियो।

लिलामी सेयरका लागि बोलपत्र पेश गर्ने अन्तिम मिति असोज ५ तोकिएको भए पनि हाल देशमा देखिएको असहज परिस्थितिलाई ध्यानमा राख्दै आवेदन म्याद असोज ८ गतेसम्मका लागि थप गरिएको कम्पनीले जनाएको छ।

कुल लिलामी सेयरमध्ये संस्थापक समूहतर्फ ४ हजार ४६८.७६ कित्ता र सर्वसाधारण समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता रहेका छन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। आवेदकले कम्तीमा १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म खरिद प्रस्ताव पेश गर्न सक्ने व्यवस्था छ।

लगानीकर्ताले एनआईएमबि एस क्यापिटलको लाजिम्पाटस्थित कार्यालय तथा क्यापिटलका पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखा कार्यालयहरूमा बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

सानिमा बैंकको लाभांश घोषणा

0

सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

बैठकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकको हालको चुक्तापूँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट अुनमोदन गरी वितरण गरिनेछ ।

ईदी हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

0

ईदी हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज ४ गते बसेको बैठकले असोज ३० गते बिहान ११ बजे पोखरास्थित रजिष्टर्ड कार्यालयमा सभा गर्ने निर्णय गरेको हो।

सभामा विशेष प्रस्तावमार्फत सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदन गरिनेछ। साथै, आईपीओ निष्कासनका क्रममा नियामक निकायबाट आवश्यक परेमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विषयमा समेत छलफल हुनेछ।

त्यसैगरी, अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गर्ने, कम्पनीको नाम परिवर्तन गर्ने तथा सम्पर्क कार्यालय खोल्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्नेछ। साथै, आगामी कार्यकालका लागि सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आइतबार बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ झिक्ने भएको छ। केन्द्रीय बैंकले “निक्षेप संकलन” नामक अल्पकालीन उपकरणमार्फत सात दिनका लागि सो रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा तान्दै आएको छ। सोही क्रमअनुसार आज पनि अनलाइन बोलकबोल प्रणालीमार्फत मध्यान्ह ३ बजेदेखि आवेदन लिन सुरु हुनेछ।

इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्। संकलित निक्षेपको साँवा तथा ब्याज असोज १२ गते भुक्तानी हुनेछ।

यस कदमले बैंकिङ प्रणालीको तरलता सन्तुलनमा राख्न र अल्पकालीन ब्याजदरलाई लक्षित दायराभित्र स्थिर राख्न मद्दत गर्ने राष्ट्र बैंकले जनाएको छ।

सागर डिष्टिलरीको आईपीओ भर्ने आज अन्तिम दिन

0

सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ ३० गतेदेखि आम सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरेको छ ।

कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीहरुका लागि ४३ हजार ५६० कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले पहिलो चरणअन्तर्गत गत साउन २८ गतेदेखि भदौ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड भईसकेको छ ।

महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत दरबारमार्गको कार्यालय भवन मर्मत सम्भारमा सहयोग

0

महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग, काठमाण्डौको भवनको पुर्ननिर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ ।

दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनतम प्रशासनिक कार्यहरु गर्न कठिनाई भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मत सम्भार तथा अन्य सिभिल कार्यहरु गर्न आर्थिक सहयोग गरिएको हो । यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भईरहेको पुर्ननिर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुर्ननिर्माण तथा मर्मत सम्भारको प्रयासमा एक ईटा थप हुने विश्वास बैंकले लिएको छ ।

साथै बैंकको सम्पुर्ण सेवाहरु पूर्ण रुपमा सञ्चालनमा आईसकेको तथा डिजिटल बैकिङ सेवाहरु सुरक्षित रुपमा सञ्चालन भईरहेको व्यहोरा समेत जानकारी गराएको छ । बैंकको लेकसाईड शाखाबाहेक १०२ शाखा कार्यालयहरु हाल सञ्चालनमा रहेका छन् ।