23.1 C
Nepal
Sunday, September 28, 2025

नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद सेयरमा बोलकबोल आवेदन म्याद असोज ८ सम्म थप

spot_imgspot_imgspot_img

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा आवेदन पेश गर्ने म्याद थप गरेको छ। कम्पनीले साउन ६ गतेदेखि भदौ २ गतेसम्म १०ः३.४७८३ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेका १ लाख ९७ हजार ४२.७६ कित्ता सेयर भदौ २७ गतेदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको थियो।

लिलामी सेयरका लागि बोलपत्र पेश गर्ने अन्तिम मिति असोज ५ तोकिएको भए पनि हाल देशमा देखिएको असहज परिस्थितिलाई ध्यानमा राख्दै आवेदन म्याद असोज ८ गतेसम्मका लागि थप गरिएको कम्पनीले जनाएको छ।

कुल लिलामी सेयरमध्ये संस्थापक समूहतर्फ ४ हजार ४६८.७६ कित्ता र सर्वसाधारण समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता रहेका छन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। आवेदकले कम्तीमा १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म खरिद प्रस्ताव पेश गर्न सक्ने व्यवस्था छ।

लगानीकर्ताले एनआईएमबि एस क्यापिटलको लाजिम्पाटस्थित कार्यालय तथा क्यापिटलका पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखा कार्यालयहरूमा बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here