19.9 C
Nepal
Sunday, September 28, 2025

नेपाल एसबीआई मर्चेण्ट बैंकिङले दशौं वार्षिक साधारण सभा आह्वान, २५% नगद लाभांश प्रस्ताव

spot_imgspot_imgspot_img

नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडले दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ। असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले असोज २७ गते बिहान ११ बजे काठमाण्डौको कमलादीस्थित प्रधान कार्यालयमा सभा बोलाउने निर्णय गरेको हो।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीलाई चुक्तापूँजीको २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, २०८१/८२ आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने तयारी छ।

त्यसैगरी, २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस गरिने कम्पनीले जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here