21 C
Nepal
Saturday, April 25, 2026
Home Blog Page 36

मिडिल मोदी हाईड्रापावरले आईपीओ निष्कासन गर्ने, वार्षिक साधारण सभा डाकियो

मिडिल मोदी हाईड्रापावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नको लागि वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको १३ औं वार्षिक साधारण सभा असार २९ गते ललितपुरको सानेपामा रहेको कम्पनीको सभा कक्षमा दिउँसो १ बजेदेखि सुरु हुने जनाएको छ।

सभामा कम्पनीले आईपीओ निष्कासनको निर्णय गर्नेछ र यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित हुनेछ। साथै, आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा पनि निर्णय गरिनेछ।

सभामा गत आवको वार्षिक प्रतिवेदन र सम्पूर्ण वित्तीय विवरण पनि पारित गरिनेछ। यस अवसरमा कम्पनीका सेयरधनीहरुका लागि महत्वपूर्ण निर्णयहरु हुने निश्चित भएको छ।

प्रभु बैंकको २.७८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ७८ हजार २०६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । उक्त मितिभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले उल्लेख गरेको छ ।  

जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि असार ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् । असार ६ र ७ गते सेयर बजार बन्द रहने भएकाले यो हकप्रदका लागि आजसम्म सेयरधनी बन्नु पर्नेछ ।

कम्पनीले १ः०.६५ अनुपातमा प्रतिसेयर रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । हकप्रद निष्कासनका लागि कम्पनीलाई क्रेडिट रेटिङ संस्था केयर रेटिङले केयर–एनपी बी(आईएस)सिंगल बी इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो । make news

ब्रेकिङ न्यूज: कर्णाली विकास बैंक घोटाला प्रकरणमा पूर्व वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ

काठमाडौं — कर्णाली डेभलपमेन्ट बैंकको बहुचर्चित घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी लाई पक्राउ गरेको छ। नेपालगञ्जबाट पक्राउ परेका ठकुरीमाथि बैंकको रकम हिनामिना गरेको आरोपमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

यो प्रकरणमा ठकुरी पक्राउ पर्ने दोस्रो व्यक्ति हुन्। यसअघि बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन सीईओ राजेन्द्रवीर राय लाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकमा पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान सीईओ तथा पूर्व वित्त विभाग प्रमुखको मिलेमतोमा बैंकको रकम अपचलन भएको तथ्य सार्वजनिक भएको थियो। सेवाग्रहीहरुको बचत फिर्ता गर्न नसकिएका कारण छानविन गर्न गत पुस ५ गते डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय विशेष छानविन समिति गठन गरिएको थियो। समितिले बैंकका विभिन्न खातामा नक्कली ब्यालेन्स सर्टिफिकेट तयार गरी अपचलन लुकाउने प्रयास भएको पत्ता लगाएको थियो।

अहिलेसम्म करिब २ अर्ब ५० करोड रुपैयाँको हिनामिना भएको भन्दै उजुरी परेको छ र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

बजारमा पैसा फालाफाल भएपछी आज एकैपटक ९० अर्ब झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता प्रशस्त भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि अल्पकालीन उपकरणको रुपमा ३५ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो।

राष्ट्र बैंकले पछिल्ला दिनमा नियमित रुपमा आइतबार र बुधबार बजारबाट तरलता संकलन गर्दै आएको छ र सोही क्रमलाई निरन्तरता दिँदै आज पनि बैंकिङ प्रणालीबाट पैसा झिक्न लागेको हो। यसका लागि अनलाइन बिडिङ प्रणालीमार्फत मध्यान्ह ३ बजेदेखि बोलकबोल प्रक्रिया सुरु हुने राष्ट्र बैंकले जानकारी दिएको छ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्नेछन्। इच्छुक संस्थाहरुले कम्तीमा १० करोड रुपैयाँको बोलकबोल गर्नुपर्नेछ भने बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।

यो निक्षेप संकलन योजनाको साँवा तथा ब्याज भुक्तानी साउन ७ गते हुनेछ। राष्ट्र बैंकले यस कदमबाट बजारमा बढ्दो तरलता व्यवस्थापन गर्ने र मौद्रिक नीतिको प्रभावकारिता बढाउने अपेक्षा गरेको छ।

एनएमबि बैंकको २.९० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

0

एनएमबि बैंक लिमिटेडले विभिन्न दुईजना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको स.स्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ लाख ९० हजार २९६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि आजदेखि संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । यस्तो आवेदन काठमाण्डौको दरबारमार्गमा रहेको बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ ।  

निर्धारित समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ । 

डिप्रोक्स लघुवित्तको २ लाख बढी कित्ता संस्थापक सेयरको लक-इन अवधि साउन १० मा समाप्त हुँदै

काठमाडौं — डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरधनी तथा कर्मचारी स्वामित्वमा रहेको सेयरको लक-इन अवधि आगामी साउन १० गते समाप्त हुँदैछ। सो अवधिपछि संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर खरिदबिक्री गर्न सक्नेछन्।

कम्पनीका अनुसार संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख २ हजार ३४२ कित्ता र कर्मचारीहरुका लागि बाँडफाँड गरिएको १ हजार ४८२ कित्ता सेयर गरी कूल २ लाख ३ हजार ८२४ कित्ता सेयरको लक-इन अवधि समाप्त हुन लागेको हो।

डिप्रोक्स लघुवित्तले साविक आदर्श लघुवित्तलाई प्राप्ति गरी २०८० असार १ गतेदेखि एकीकृत कारोबार थालेको थियो। साविक आदर्श लघुवित्तको साधारण सेयर सर्वसाधारणलाई निष्कासन गरी बाँडफाँड भएको मितिबाट ३ वर्ष नपुन्जेल संस्थापक र कर्मचारी स्वामित्वका सेयरहरु बिक्री गर्न नपाइने प्रावधान रहेकाले अब सो अवधि सकिन लागेको हो।

लक-इन अवधि समाप्त भएपछि संस्थापक सेयरधनीहरुले प्रचलित कानुन बमोजिम सेयर खरिदबिक्री गर्न पाउनेछन्। यद्यपि, कम्पनीका उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले भने सेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था कायमै रहने बताइएको छ।

पिपुल्स पावरको सेयरमूल्य समायोजन

0

पिपुल्स पावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः०.५० अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।

नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३६१.१३ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४९१.७० रुपैयाँ कायम थियो । आजको कारोबारमा यही मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ ।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि असार २ गते बुक क्लोज गर्दैछ । यसर्थ असार १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । कम्पनीले १ः०.५० अनुपातमा प्रति सेयर रू. १०० दरका ३१ लाख ६३ हजार कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ । । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

0

ज्योति विकास बैंक लिमिटेडले आफ्नो संस्थापक समूहको स्वामित्वमा रहेको सेयर आजदेखि बिक्रीमा राखेको छ। बैंकका अनुसार संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्न लागिएको हो, र उक्त सेयर हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न सक्नेछन्।

यद्यपि, बैंकले कति संख्यामा सेयर बिक्रीमा राखिएको हो भन्ने विवरण भने सार्वजनिक गरेको छैन। इच्छुक संस्थापक सेयरधनीहरुले बैंकको काठमाण्डौ, कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा आफ्नो खरिद इच्छा खुलाउँदै आवश्यक आवेदन दिनुपर्नेछ। आवेदनमा के कति संख्यामा सेयर खरिद गर्न चाहिएको हो भन्ने स्पष्ट उल्लेख गर्नुपर्नेछ।

सेयर खरिदका लागि आजैदेखि सुरु भएको आवेदन दिने समयसीमा सूचना प्रकाशित भएको मितिले ३५ दिनसम्म कायम रहनेछ। यदि सो अवधिभित्र कुनै संस्थापक सेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ति वा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।