27 C
Nepal
Friday, June 20, 2025

बजारमा पैसा फालाफाल भएपछी आज एकैपटक ९० अर्ब झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता प्रशस्त भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि अल्पकालीन उपकरणको रुपमा ३५ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो।

राष्ट्र बैंकले पछिल्ला दिनमा नियमित रुपमा आइतबार र बुधबार बजारबाट तरलता संकलन गर्दै आएको छ र सोही क्रमलाई निरन्तरता दिँदै आज पनि बैंकिङ प्रणालीबाट पैसा झिक्न लागेको हो। यसका लागि अनलाइन बिडिङ प्रणालीमार्फत मध्यान्ह ३ बजेदेखि बोलकबोल प्रक्रिया सुरु हुने राष्ट्र बैंकले जानकारी दिएको छ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्नेछन्। इच्छुक संस्थाहरुले कम्तीमा १० करोड रुपैयाँको बोलकबोल गर्नुपर्नेछ भने बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।

यो निक्षेप संकलन योजनाको साँवा तथा ब्याज भुक्तानी साउन ७ गते हुनेछ। राष्ट्र बैंकले यस कदमबाट बजारमा बढ्दो तरलता व्यवस्थापन गर्ने र मौद्रिक नीतिको प्रभावकारिता बढाउने अपेक्षा गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here