25.1 C
Nepal
Friday, June 20, 2025

डिप्रोक्स लघुवित्तको २ लाख बढी कित्ता संस्थापक सेयरको लक-इन अवधि साउन १० मा समाप्त हुँदै

काठमाडौं — डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरधनी तथा कर्मचारी स्वामित्वमा रहेको सेयरको लक-इन अवधि आगामी साउन १० गते समाप्त हुँदैछ। सो अवधिपछि संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर खरिदबिक्री गर्न सक्नेछन्।

कम्पनीका अनुसार संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख २ हजार ३४२ कित्ता र कर्मचारीहरुका लागि बाँडफाँड गरिएको १ हजार ४८२ कित्ता सेयर गरी कूल २ लाख ३ हजार ८२४ कित्ता सेयरको लक-इन अवधि समाप्त हुन लागेको हो।

डिप्रोक्स लघुवित्तले साविक आदर्श लघुवित्तलाई प्राप्ति गरी २०८० असार १ गतेदेखि एकीकृत कारोबार थालेको थियो। साविक आदर्श लघुवित्तको साधारण सेयर सर्वसाधारणलाई निष्कासन गरी बाँडफाँड भएको मितिबाट ३ वर्ष नपुन्जेल संस्थापक र कर्मचारी स्वामित्वका सेयरहरु बिक्री गर्न नपाइने प्रावधान रहेकाले अब सो अवधि सकिन लागेको हो।

लक-इन अवधि समाप्त भएपछि संस्थापक सेयरधनीहरुले प्रचलित कानुन बमोजिम सेयर खरिदबिक्री गर्न पाउनेछन्। यद्यपि, कम्पनीका उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले भने सेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था कायमै रहने बताइएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here