28.3 C
Nepal
Wednesday, June 25, 2025

मिडिल मोदी हाईड्रापावरले आईपीओ निष्कासन गर्ने, वार्षिक साधारण सभा डाकियो

मिडिल मोदी हाईड्रापावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नको लागि वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको १३ औं वार्षिक साधारण सभा असार २९ गते ललितपुरको सानेपामा रहेको कम्पनीको सभा कक्षमा दिउँसो १ बजेदेखि सुरु हुने जनाएको छ।

सभामा कम्पनीले आईपीओ निष्कासनको निर्णय गर्नेछ र यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित हुनेछ। साथै, आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा पनि निर्णय गरिनेछ।

सभामा गत आवको वार्षिक प्रतिवेदन र सम्पूर्ण वित्तीय विवरण पनि पारित गरिनेछ। यस अवसरमा कम्पनीका सेयरधनीहरुका लागि महत्वपूर्ण निर्णयहरु हुने निश्चित भएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here