33 C
Nepal
Friday, April 24, 2026
Home Blog Page 30

राधी विद्युतले राप्ती हाईड्रोको १२.९० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

राधी विद्युत कम्पनी लिमिटेडले राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको १२ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको नाममा रहेको राप्ती हाईड्रोको सेयर बिक्री गर्ने निर्णय गरेको हो ।

उक्त सेयर कम्पनीले बजारमा चलेको मूल्यमा बिक्री गर्न लागेको हो । विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनका पूर्वस्वीकृति तथा नियमक सम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणका लागि कम्पनीले एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको छ ।

बजारबाट आज ४० अर्ब झिक्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी भदौ २५ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

प्रभु इन्स्योरेन्सले डाक्यो साधारण सभा

प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। असार २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको २९ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।

बैठकले आगामी साउन २३ गते शुक्रबारका दिन तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांस गरी कुल १८.९४७४ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। सभामा यसअघिको ५०.१५ प्रतिशतको हकप्रद सेयर निष्कासनको प्रस्तावलाई संशोधन गरी ४७ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव समेत पारित हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी साउन २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

0

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहका नाममा रहेको ८ हजार ३०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले सोमबार एक सूचना प्रकाशित गर्दै हाल कायम रहेका संस्थापक सेयरधनीहरुलाई उक्त सेयर खरिद गर्न प्राथमिकता दिइने व्यवस्था अनुसार बिक्री प्रक्रिया सुरु गरिएको जानकारी दिएको हो।

सूचना अनुसार इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातहरू संलग्न गरी आवेदन दिनुपर्नेछ। आवेदन दिँदा आफूले खरिद गर्न चाहेको सेयरको संख्याको स्पष्ट विवरण उल्लेख गर्नु पर्नेछ।

आवेदन कम्पनीको केन्द्रीय कार्यालय बन्दीपुर–१, डुम्रे, तनहुँमा बुझाउनु पर्नेछ।

यदि तोकिएको समयमा हालका संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नआएमा, प्रचलित कानुनी व्यवस्थाअनुसार अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाइने लघुवित्तले स्पष्ट पारेको छ।

सम्पदा लघुवित्त ग्रामीण क्षेत्रलाई लक्षित गर्दै वित्तीय सेवा प्रदान गर्दै आएको लघुवित्त संस्था हो।

स्वावलम्बन लघुवित्तको ५३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ५३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको यो सेयर खरिदका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ निर्धारण गरिएको छ ।

बोलपत्र पेश गर्दा लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन पेश गर्ने अन्तिम मिति असार ३० गते रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलमा आईपुग्ने गरी आवेदन पेश गर्नु पर्नेछ ।

हिमालयन बैंकले असार ३२ गतेदेखि एफपीओ निष्कासन गर्ने

हिमालयन बैंक लिमिटेडले यही असार ३२ गतेदेखि थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने भएको छ। बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकमबराबर प्रतिकित्ता रु. १०० अंकित दरमा रु.५७ प्रिमियम थप गरी जम्मा रु. १५७ दरका ९२ लाख ५० हजार ४६९कित्ता एफपीओ जारी गर्न लागेको हो ।
बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँको ७२.९९ प्रतिशले हुन आउने संस्थापक समूहको १५ अर्ब ८० करोड ७१ लाख ६३ हजार ७४९ र २७.०१ प्रतिशले हुन आउने सर्वसाधारण समूहको ५ अर्ब ८४ करोड ९४ लाख ५१ हजार ८८१ रकमबराबरको सेयर कायम रहेको हुनाले बैंक तथा वित्तीय संस्था ्र सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा एफपीओ जारी गर्न लागिएको बैंकले जनाएको छ ।

एफपीओ निष्कासनका लागि केयर रेटिङ नेपालले बैंकलाई केयर–एनपी त्रिपल बी(आईएस)रेटिङ प्रदान गरेको छ। जसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

एफपीओको निष्कासन बन्द छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गते बैंकिङ समयपछि हुनेछ । लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा सिटिजन्स क्यापिटल मार्केट लिमिटेड रहेको छ।

बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ असार २९ गतेदेखि बिक्री खुला, पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मौका

काठमाडौं। बुङ्गल हाइड्रोपावर लिमिटेडले आसन्न असार २९ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ। यस चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि साधारण सेयरको बिक्री खुला गर्नेछ।

नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको कम्पनीले, जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो।

⛰ आयोजना प्रभावित क्षेत्रका लागि:

  • जम्मा ८ लाख ३० हजार ८२४ कित्ता सेयर
  • ६५ प्रतिशत अति प्रभावित क्षेत्र — बझाङ्ग जिल्लाको बुङ्गल नगरपालिका वडा नं. ६ र ७ (साविक पिपलकोट र कफल्सेरी गाविस क्षेत्र)
  • ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्र — बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११
  • न्यूनतम आवेदन: १० कित्ता, अधिकतम: २० हजार कित्ता
  • आवेदन मिति: छिटोमा साउन ११ गते, ढिलोमा साउन २६ गतेसम्म

🌍 वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि:

  • जम्मा २ लाख ७ हजार ५०० कित्ता सेयर (सर्वसाधारण भागको १०%)
  • न्यूनतम आवेदन: १० कित्ता, अधिकतम: २० हजार कित्ता
  • आवेदनको अन्तिम मिति: साउन ११ गतेसम्म

📊 क्रेडिट रेटिङ:

  • CARE Ratings Nepal ले कम्पनीलाई CARE-NP B (Single B Issuer Rating) प्रदान गरेको छ।
    • यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

🏦 बिक्री प्रबन्धक:

  • कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

📝 आवेदन दिने स्थानहरू:

स्थानीय बासिन्दा:

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्यू–१
  • कृषि विकास बैंक, बुङ्गल नगरपालिका
  • ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका
  • आयोजना स्थल
  • दरखास्त फारमको शुल्क: रु. २ मात्र

वैदेशिक रोजगारीमा रहेका नेपाली:

  • सि–आस्बा प्रणालीमा आबद्ध सम्पूर्ण बैंक तथा वित्तीय संस्था
  • तिनका शाखा कार्यालयहरू
  • मेरो सेयर मार्फत पनि अनलाइन आवेदन दिन सकिनेछ।

राप्ती हाईड्रोको हकप्रदमा आवेदन दिने म्याद थप

0

राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रदमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले गत असार १ गतेदेखि हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँबराबरको १ः१ अनुपातमा रु।१०० अंकित दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गरेको छ।

यो हकप्रदमा असार २२ गतेसम्म आवेदन दिन सकिने जनाइएको थियो । तर अब यसमा असार २४ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

लगानीकर्ताले त्रिपुरेश्वरस्थित राप्ती हाईड्रोको कर्पोरेट कार्यालय, मुक्तिनाथ क्यापिटल नक्साल, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु, बिर्तामोड, विराटनगर,जनकपुर, नारायणगढ,पोखरा, नेपालगञ्ज,सुर्खेत, धनगढी र महेन्द्रनगर कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत जेठ ६ गते बुक क्लोज गरेको थियो। यसर्थ जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

माबिलुङ इनर्जी लिमिटेडको आईपीओ बिक्री खुला, आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन सुरु

काठमाडौं। माबिलुङ इनर्जी लिमिटेडले आज (असार २२ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले यस चरणमा ५ लाख ३६ हजार २९५ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो। यसअन्तर्गत आयोजना प्रभावित क्षेत्रका लागि ३ लाख ८५ हजार ८२४ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार ४७१ कित्ता सेयर निष्कासन गरिएको हो।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १ गते रु. १०० अंकित दरका १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासनको स्वीकृति दिएको थियो। उक्त संख्यामध्ये १० प्रतिशत आयोजना प्रभावित र १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो।

आवेदन विवरण:

  • आयोजना प्रभावित बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली दुवैले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
  • आयोजना प्रभावित क्षेत्रका लागि आवेदन अन्तिम मिति साउन १९ गते (छिटोमा साउन ४ गते)
  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन अन्तिम मिति साउन ४ गते तोकिएको छ।

आवेदन दिने स्थान:

  • आयोजना प्रभावित क्षेत्रका लागि:
    • ग्लोबल आइएमई बैंकको चैनपुर शाखा
    • हिमालयन बैंक मादी नगरपालिका
    • लक्ष्मी सनराइज बैंक
    • आयोजनाको पावरहाउस रहेको मादी नगरपालिका–७, संखुवासभा
  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि:
    • सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
    • तिनका शाखा कार्यालयहरू
    • ‘मेरो सेयर’ मार्फत अनलाइन आवेदन

यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

दोस्रो चरणमा आम सर्वसाधारणका लागि सेयर:

कम्पनीले पहिलो चरणको आईपीओ निष्कासनपछि, दोस्रो चरणमा आम सर्वसाधारणलाई पनि १५ लाख ४ हजार ७०६ कित्ता (४८.९९९८%) सेयर निष्कासन गर्नेछ।

पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर बिक्री खुला, साउन ११ गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले आफ्नो ऋण भुक्तानीका लागि आज असार २२ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले हालको चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अनुपातमा, अर्थात १ः०.५० अनुपातमा ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा हकप्रद सेयर निष्कासन गरेको हो। यस प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेको थियो। तसर्थ, असार १ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताहरुले प्रभु क्यापिटलसँगै प्रभु बैंकका इलाम, जाउलाखेल, बीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट समेत आवेदन दिन सक्नेछन्।

यसका साथै, सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ मार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ। हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति साउन ११ गते तोकिएको छ।

कम्पनीले हकप्रदबाट संकलन हुने रकम नबिल बैंकबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गर्ने जनाएको छ।