33 C
Nepal
Friday, April 24, 2026
Home Blog Page 29

अपर हेवाखोला हाइड्रोपावरको ३५ लाख कित्ता सेयरको लक–इन अवधि समाप्त

काठमाण्डौ, असार ३१ – अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको लक–इन अवधि आज (असार ३१ गते) बाट समाप्त भएको छ। कम्पनीको कुल ३५ लाख ३० हजार कित्ता सेयरमा लगाइएको लक–इन अवधि अन्त्य भएको हो।

कम्पनीका अनुसार संस्थापक समूह, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीहरूका लागि सुरक्षित गरिएको सेयरको लक–इन अवधि समाप्त भएको हो।

उक्त सेयरमध्ये ३० लाख कित्ता संस्थापक सेयर, ५ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँड गरिएको सेयर, र ३० हजार कित्ता कर्मचारीका लागि सुरक्षित सेयर रहेका छन्।

यद्यपि, कम्पनीले सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले हाललाई सेयर खरिद–बिक्री गर्न नपाउने स्पष्ट पारेको छ।

लक–इन अवधि समाप्त भएपछि बजारमा बिक्री योग्य सेयरको आपूर्ति बढ्न सक्ने विश्लेषकहरूको अनुमान छ, जसले अल्पकालीन रूपमा सेयर मूल्यमा प्रभाव पार्न सक्ने सम्भावना रहेको छ ।

सानिमा रिलायन्स लाइफको १६.४७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

संस्थापक सेयरधनीहरुले सेयर बिक्रीमा लागि निवेदन दिएकोमा कम्पनीको सञ्चालक समितिको असार १३ गते बसेको बैठकको निर्णयबमोजिम उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।  

यसर्थ संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन(भदौ २ गते)भित्र आवेदन दिनुपर्नेछ । यस्तो आवेदन नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी पेश गर्नु पर्नेछ । निर्धारित समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

छिमेक लघुवित्तको १ .४५ लाख कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ४५ हजार ५०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको मध्यबोनश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० सय रुपैयाँ तोकिएको छ । निर्धारित मितिसम्म कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

नबिल बैंकले साउन ६ गतेदेखि रु.३ अर्बको ऋणपत्र जारी गर्ने

नबिल बैंक लिमिटेडले साउन ६ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
कुल निष्कासनमध्ये १८ लाख इकाई व्यक्तिगत तवरबाट र १२ लाख इकाई आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

८ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ । ।

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

बन्दिपुर केवलकारको आईपीओ साउन ६ गतेदेखि खुल्ने, पहिलो चरणमा वैदेशिक रोजगार र स्थानीय बासिन्दालाई लक्ष्य

काठमाडौं ।
बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गर्ने भएको छ। यस चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई प्राथमिकता दिनेछ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट रु ५८ करोड ६० लाख बराबरको ५८ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको छ। पहिलो चरणमा कम्पनीले कुल १० लाख ९५ हजार ४०० कित्ता सेयर बिक्रीमा ल्याउँदैछ।

यस अन्तर्गत,

  • ५ लाख ६६ हजार ५०० कित्ता सेयर तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका वडा नं. १ र गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
  • ५ लाख २९ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको छ।

आवेदनकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

⏳ आवेदन म्याद:

  • स्थानिय बासिन्दा:
    • छिटो बन्द – साउन २० गते
    • ढिलो बन्द – भदौ ४ गते
  • वैदेशिक रोजगारीमा रहेका नेपाली:
    • छिटो बन्द – साउन ९ गते
    • ढिलो बन्द – भदौ २० गते (बैंकिङ समयपछि)

🏦 आवेदन कहाँबाट गर्ने?

  • स्थानिय बासिन्दा:
    • नेपाल एसबीआई मर्चेन्ट बैंकिङ
    • बन्दीपुर केवलकार काठमाडौ कालिमाटी कार्यालय
    • बन्दीपुर केवुलकारको तल्लो स्टेशन
    • स्थानीय पालिका तथा वडा कार्यालयहरू
  • वैदेशिक रोजगारीमा रहेका नेपाली:
    • धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरू
    • तिनका शाखाहरू
    • मेरो सेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ।

यस आईपीओको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। पहिलो चरणपछि कम्पनीले आम सर्वसाधारणका लागि ५२ लाख ९४ हजार कित्ता सेयर दोस्रो चरणमा निष्कासन गर्नेछ, जुन कुल जारी पूँजीको १८.७०७६ प्रतिशत हो।

अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको १ करोडभन्दा बढी सेयरको लक–इन अवधि आजबाट समाप्त

काठमाडौं, साउन २९अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको लक–इन अवधि आज (साउन २९) बाट समाप्त हुने भएको छ। कम्पनीको अनुसार जम्मा १ करोड १५ लाख ८१ हजार ६५० कित्ता सेयरको लक–इन अवधि आजबाट अन्त्य हुन लागेको हो।

नेपाल धितोपत्र बोर्डको नियमानुसार, सर्वसाधारणका लागि सेयर बाँडफाँड भएको मितिबाट तीन वर्षसम्म संस्थापक, कर्मचारी तथा आयोजना प्रभावित बासिन्दालाई बाँडफाँड गरिएका सेयरहरू लक–इनमा राख्नुपर्ने प्रावधान छ। आज तीन वर्षको समयावधि पूरा भएसँगै ती सेयर बजारमा कारोबारका लागि स्वतन्त्र हुनेछन्।

🔐 लक–इन अवधि समाप्त हुन लागेका सेयर विवरण:

  • 📌 संस्थापक सेयर: १ करोड १ लाख ९२ हजार ५०० कित्ता
  • 📌 आयोजना प्रभावित क्षेत्रका स्थानीयको सेयर: १३ लाख ५० हजार कित्ता
  • 📌 कर्मचारीका लागि सुरक्षित सेयर: ३९ हजार १५० कित्ता

🛑 उच्च पदाधिकारी र व्यवस्थापनका लागि रोक्का जारी

कम्पनीका अनुसार, सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरूको हकमा भने नियमनुसार थप समयसम्म सेयर रोक्का रहने व्यवस्था कायमै छ।

📌 के हो ‘लक–इन अवधि’?

लक–इन अवधि भन्नाले तोकिएको समयसम्म कुनै सेयर बिक्री गर्न नपाइने कानुनी प्रावधान हो। यसले सेयर बजारमा स्थायित्व कायम गर्न र संस्थापक तथा आन्तरिक व्यक्तिहरूबाट हुने अचानक सेयर विक्रीको जोखिम कम गर्न सहयोग गर्छ।


यससँगै अब अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका संस्थापक सेयरधनी, कर्मचारी र स्थानिय बासिन्दाहरूले आफ्नो सेयर कारोबार गर्न सक्ने बाटो खुलेको छ, जसले बजारमा तरलता वृद्धि हुने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्।

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, १७ लाखभन्दा बढी लगानीकर्ताको हात खाली

काठमाडौं, साउन २९ – विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आम सर्वसाधारणका लागि निष्कासित साधारण शेयर (आईपीओ) को बाँडफाँड आज सम्पन्न भएको छ। आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कमलादीस्थित कार्यालयमा सम्पन्न गरिएको हो।

कम्पनीले गत असार १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो। प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासित उक्त सेयरमा व्यापक जनसहभागिता देखिएको छ।

📊 आईपीओमा परेको माग:

  • कुल आवेदन संख्या: २१,५०,६७२ जना
  • कुल मागिएको कित्ता: २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता
  • सदर आवेदन: २०,५६,२०७ जना
  • बदर आवेदन: ९४,४६४ जना

📦 सेयर बाँडफाँड विवरण:

  • १० कित्ताका दरले २ लाख ९४ हजार २७६ जनालाई सेयर बाँडफाँड
  • बाँकी १७ लाख ६१ हजार ९३१ जना लगानीकर्ताले कुनै सेयर पाएका छैनन्

यसरी १० जनामध्ये करिब ८ जनाको हात खाली परेको देखिन्छ, जसले आईपीओप्रतिको चासो अत्यन्तै उच्च रहेको पुष्टि गर्छ।

🔍 आईपीओ नतिजा हेर्ने तरिका:

🏢 बिक्री प्रबन्धक:

  • प्रभु क्यापिटल लिमिटेड

बाँडफाँडमा सहभागी सबै लगानीकर्तालाई प्रभु क्यापिटलले नतिजा हेर्न र आवश्यक अनुसार आफ्नो शेयर खाता अद्यावधिक गर्न अनुरोध गरेको छ।

बुङ्गल हाइड्रोपावरको आईपीओ निष्कासन आवेदन खुला

काठमाडौं, साउन २९ – बुङ्गल हाइड्रोपावर लिमिटेडले आज (साउन २९ गते) देखि आफ्नो आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी साधारण सेयर निष्कासन गरेको हो।

नेपाल धितोपत्र बोर्डबाट गत असार १५ गते अनुमति प्राप्त गरेपछि कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ लाख ५ हजार कित्ता सेयर सार्वजनिक निष्कासनको प्रक्रिया अघि बढाएको हो। प्रत्येक कित्ता सेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ।

📌 सेयर वितरण विवरणः

  • ८ लाख ३० हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
    • ६५%: अत्यधिक प्रभावित क्षेत्र – बझाङ्ग जिल्ला बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट) र वडा नं. ७ (साविक कफलसेरी)।
    • ३५%: सामान्य प्रभावित क्षेत्र – बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १० र ११।
  • २ लाख ७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ, जुन सार्वजनिक सेयरको १० प्रतिशत हो।

🗓 आवेदन म्यादः

  • आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि:
    • न्यूनतम अवधि: साउन ११ गते
    • अधिकतम अवधि: साउन २६ गते
  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन अन्तिम म्याद: साउन ११ गतेसम्म

💰 आवेदन सीमा:

  • न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ।

🏦 आवेदन कहाँ दिने?:

  • स्थानीय बासिन्दाका लागि:
    • नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्युँ–१
    • कृषि विकास बैंक, बुङ्गल नगरपालिका
    • ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका
    • आयोजना स्थलमा रहेका बैंक शाखाहरू
    • दरखास्त फाराम शुल्क: २ रुपैयाँ मात्र
  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि:
    • नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण C-ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरूमार्फत C-ASBA प्रणाली प्रयोग गरेर आवेदन दिन सकिनेछ।

📉 रेटिङ्ग स्थिति:

  • केयर रेटिङ्ग नेपालले कम्पनीलाई CARE-NP BB (Single B) इस्यूअर रेटिङ्ग दिएको छ, जसले औसत जोखिम रहेको संकेत गर्दछ।

📋 सेयर बिक्री प्रबन्धक:

  • हिमालयन क्यापिटल लिमिटेड

कामना सेवा विकास बैंकको ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ४४ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । आवेदन पेश गर्दा के–कति सेयर खरिद गर्न चाहेको हो सो को व्यहोरा खुलाउनु पर्नेछ ।

बैंकले यसअघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गर्दै यो सेयर बिक्रीमा राखेको थियो । तर उक्त समयभित्र कुनै आवेदन नपरेकाले आम सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकल जनाएको छ ।

नेको इन्स्योरेन्सको ११ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ११ लाख ९ हजार ७६८.११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ । उक्त मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिबmी गरिने कम्पनीले जनाएको छ ।