24.5 C
Nepal
Friday, April 24, 2026
Home Blog Page 31

भियतनामको सेयरबजार ३ वर्षकै उच्च

0

भियतनामको सेयर बजार पछिल्लो ३ वर्षकै उच्च विन्दुमा पुगेको छ । भियतनामको सेयर बजार मापक इन्डेक्स ०.३ प्रतिशतले बढ्दै ३ वर्षकै उच्च कायम भएको हो ।

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भियतनामबीच व्यापारिक सम्झौता हुने घोषणा गरेसँगै भियतनामको सेयर बजारमा हरियाली छाएको हो ।

यस्तै आज जापानको सेयर बजार पनि बढेको छ । जापानको निक्की२२५ इन्डेक्स ०.०५९ प्रतिशत, दक्षिण कोरियाको कोस्पी १.०४ र चीनको एसएसई कम्पोजिट ०.०७४ प्रतिशतले बढेको छ ।

ट्रम्पले मागे अमेरिकी केन्द्रीय बैंक प्रमुखको राजीनामा

0

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेललाई तत्काल पदबाट राजीनामा दिन आग्रह गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथमा एक पोस्टमा पावेलको राजीनमा माग गरेका हुन् । ट्रम्पले पावेललाई तुरुन्त राजीनामा दिनुपर्ने बताएका छन् ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पावेललाई फेडरल रिजर्भ बैंकको अध्यक्षमा मनोनयन गरेका थिए। ट्रम्पले बारम्बार पावेलको ब्याजदर कटौती नगरेकोमा आलोचना गर्दै आएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनलाई पदबाट हटाउने अधिकार छ वा छैन भन्ने स्पष्ट छैन। पावेलको निरन्तर आलोचनाको बावजुद, राष्ट्रपतिले यस वर्षको सुरुमा पावेललाई बर्खास्त गर्ने कुनै मनसाय नभएको बताएका थिए ।

ट्रम्पले आर्थिक वृद्धिलाई बढावा दिन फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउन चाहेका छन् । पावेलले मंगलबार यदि ट्रम्पको ट्यारिफ नीतिहरूले अर्थतन्त्रलाई असर नगरेको भए, केन्द्रीय बैंकले पहिले नै ब्याज दर कटौती गरिसकेको हुन्थ्यो भन्ने अभिव्यक्ति दिएका थिए ।

माइक्रोसफ्टले एकैपटक ९ हजार कर्मचारी निकाल्ने

0

अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले करिब ९ हजार कर्मचारीलाई हटाउने योजना बनाएको छ । यो वर्षको दोस्रो ठूलो ले–अफ हुनेछ। दुई महिनाअघि कम्पनीले करिब ६ हजार कर्मचारीलाई निकालेको थियो ।

सिएनबीसीको रिपोर्ट अनुसार यो कटौतीबाट कम्पनीका ४ कर्मचारीहरू प्रभावित बन्नेछन्। परिवर्तनशील बजारमा सफल हुन सकियोस भन्ने अभिप्रायका साथ संस्थामा यस्ता परिवर्तनहरु निरन्तर गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले सन् २०२३ मा १० हजार कर्मचारीलाई निकालेको थियो ।

माइक्रोसफ्टमा सन् २०२४ को जुनसम्ममा २ लाख २८ हजार कर्मचारी थिए तर कम्पनीले पछिल्ला दुई वर्षमा हजारौं मानिसलाई निकालेको छ। यस वर्षको लेअफ वर्ष कम्पनीको इतिहासमा सबैभन्दा ठूलो कटौती वर्ष हो।

माइक्रोसफ्टको सेयर पछिल्लो एक वर्षमा ७ प्रतिशतले बढेको छ । एकै समयमा, यो वर्ष यो १७ प्रतिशतले बढेको छ। जुलाई २ मा, कम्पनीको सेयर प्रतिकित्ता ४९१ डलरमा कारोबार भईरहेको छ ।

यसरी कर्मचारी निकाल्ने माइक्रोसफ्ट एक्लो कम्पनी भने होइन । सामाजिक सञ्जाल फेसबुक र व्हाट्सएपको मूल कम्पनी मेटाले यस वर्षको जनवरीमा आफ्ना ३६०० कर्मचारीलाई निकालेको थियो। मेटाले कार्यसम्पादनमा आधारित रोजगार कटौती नीति अन्तर्गत यो निर्णय गरेको हो । कम्पनीका करिब ५ प्रतिशत कर्मचारी यसबाट प्रभावित भएका छन् ।

नेशनल लघुवित्तको बाह्रौं वार्षिकोत्सव सम्पन्न

0

नेशनल लघुवित्त वित्तीय संस्था ११ औं वर्ष पार गरेर १२ औं वर्षमा प्रवेश गरेको छ । विसं २०७१ असार १८ गतेबाट आफ्नो कारोबारको थालनी गरेको संस्थाले १२ औं वार्षिकोत्सव मनाएको हो ।

यस उपलक्ष्यमा संस्थाका १८५ वटै शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा काभ्रे बहिरा विद्यालयलाई खाद्यान्न तथा शैक्षिक सामाग्री हस्तान्तरण, रक्तदान कार्यक्रम,बृद्धाश्रमलाई सहयोग, सरसफाई कार्यक्रम, प्रहरी कार्यालयलाई सहयोग, परोपकारी संस्थालाई सहयोग, वित्तीय साक्षरताका कार्यक्रम साथै विभिन्न सामाजिक क्रियाकलपामा भाग लिई वार्षिक उत्सव मनाईएको संस्थाले जनाएको छ ।

संस्थाले यस अबधि सम्म ७४ जिल्लाका १८५ वटा शाखा कार्यालय मार्फत२ लाख ४६ हजार घर परिवारमा आफ्नो सेवाविस्तार गरी उनीहरूलाई रू.२५ अर्ब १५ करोड कर्जा लगानी गरेको साथै सदस्यहरूबाट करिव रू.७ अर्ब बचत परिचालन गरेको छ ।

गैर वित्तीय कार्यक्रममा ग्राहकहरुलाई वित्तीय साक्षरता, विभिन्न तालिम तथा उद्यमशिलता विकाश, ग्राहकहरुको प्रविधिमा पहुंच अभिबृद्धिका साथै डिजिटल बैकिङ सेवालाई प्रभावकारी बनाउदैै लगिने साथै सामाजिक क्रियाकलापलाई उच्च प्राथमिकतामा राखी असद्ध वढ्ने विषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामवहादुर यादवले जानकारी गराए ।

स्पेनका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

0

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका उद्यमी र व्यवसायीलाई नेपालमा लगानी विस्तार गर्न आह्वान गरेका छन् । स्पेनस्थित नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य संघले आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आह्वान गरेका हुन् ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले आफूहरु ‘समृद्ध, नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षाका साथ अगाडि बढेकाले यसका लागि बाहिरको लगानीकर्तालाई प्रोत्साहन दिइँदै आएको बताए ।

प्रधानमन्त्री ओलीले दुई देशबीच अर्थपूर्ण व्यावसायिक साझेदारी विस्तारका लागि यो छलफलले ऊर्जा दिएको बताउँदै विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको नेपाल र शान्तिको अग्रदूत एवं सांस्कृतिक इतिहास भएको मुलुकमा लगानी गर्ने उपयुक्त अवसर भएको चर्चा गरे ।

नेपालको पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधारका क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै प्रधानमन्त्री ओलीले यस्ता क्षेत्रहरुमा लगानीकर्तालाई स्वागत गरिने बताए । ‘लगानीको सम्भाव्यताको अध्ययनका लागि यहाँका व्यवसायीलाई नेपाल आउन आग्रह गर्दछु । म तपाईंहरुलाई लगानीकर्ता मात्रै होइन विकासको साझेदार पनि मान्छु,’ उनले भने ।

कार्यक्रममा नेपाल उद्योग, वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पर्यटन, कृषि, सूचना प्रविधि आदिका क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको बताउँदै सरकारले कानुनी र अन्य सहजीकरण गरेकाले उचित वातावरण रहेको जानकारी गराए ।

स्पेनका उद्योग, वाणिज्यसँग सम्बन्धित सरकारी र संस्थाका प्रतिनिधिहरुले आफूहरु दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई थप अभिवृद्धि गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानीमन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, स्पेनका लागि नेपाली राजदूत शनील नेपाललगायत सहभागी थिए।

स्पेनको सेभिल्ला (सेभिया) मा भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तराराष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री ओली मेड्रिड फर्किएका हुन् ।

रुसबाट तेल खरिद गर्ने देशलाई अमेरिकाको कडा चेतावनी: ५०० प्रतिशतसम्म कर लगाउने विधेयक प्रस्ताव

वासिङ्टन, अमेरिका । अमेरिकाले रुसबाट तेल तथा ग्यास खरिद गर्ने देशहरूमाथि ५०० प्रतिशतसम्मको कर लगाउने तयारी गरेको छ। अमेरिकी सिनेटमा यसको लागि एक नयाँ विधेयक प्रस्ताव गरिएको छ, जसअनुसार रुसबाट इन्धन खरिद गर्ने तर युक्रेनलाई सहयोग नगर्ने कुनै पनि देशलाई कडा कर लगाउन सकिनेछ।

यो विधेयक अमेरिकी सिनेटर ग्राहम लिन्डसे द्वारा प्रस्तुत गरिएको हो, जसलाई अहिलेसम्म ८४ सिनेटरहरूले समर्थन गरिसकेका छन्। विधेयकमा भनिएको छ, “रुससँग व्यापारिक सम्बन्ध कायम राख्ने तर युक्रेनको युद्धमा मौन बस्ने देशहरूमाथि आर्थिक दबाब आवश्यक छ।”

🔹 ट्रम्प पक्षको प्रभाव

एक रिपोर्ट अनुसार, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको टोलीले सिनेटर ग्राहमलाई यो बिलको भाषा परिवर्तन गर्न दबाव दिएको थियो। ट्रम्प पक्षले “कर लगाउने” शब्दलाई “कर लगाउन सकिने” भन्ने गरी ऐच्छिक बनाउने आग्रह गरेको थियो। यसबाट कर लगाउने विषय अनिवार्य होइन, विकल्प बन्ने देखिन्छ।

🔹 जुलाईपछि सिनेटमा प्रवेश

यो विधेयक ‘जुलाई ब्रेक’ पछि अमेरिकी सिनेटमा पेश हुने अनुमान गरिएको छ। यदि पारित भयो भने, यो ऐतिहासिक आर्थिक नीतिको रूपमा आउनेछ जसले चीन, भारत लगायत रुसबाट तेल खरिद गर्ने मुलुकहरूलाई ठूलो असर पार्न सक्छ।

🔹 भारत र चीनमाथि प्रभाव

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि, भारत र चीनजस्ता देशहरूले सस्तो मूल्यमा रुसबाट कच्चा तेल खरिद गर्न थालेका थिए। आजको दिनमा, भारत र चीनले रुसको करिब ७० प्रतिशत तेल आयात गरिरहेका छन्। रुस भारतको सबैभन्दा ठूलो इन्धन आपूर्तिकर्ता बनिसकेको छ।

तर अमेरिकी प्रतिबन्ध योजनाले अब भारत र चीनका लागि नयाँ चुनौतीहरू खडा गर्न सक्छ। यदि विधेयक पारित भयो भने, यी देशहरूले रुसबाट सस्तो तेल लिनु कि अमेरिका–पश्चिमबाट करको भार सहनु भन्ने विकल्पमा निर्णय गर्नुपर्ने हुन्छ।

एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि असार २० गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले असार ३० गते बाराको सिमरामा रहेको होटल इच्छामा दिउँसो १ बजेदेखि १७ औं साधारण सभा आयोजना गर्दैछ ।

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) असार २७ गतेदेखि खुला गर्ने भएको छ। कम्पनीले यस चरणमा २३ हजार १०० कित्ता साधारण सेयर जारी गर्नेछ।

संस्थाले असार ५ गते नेपाल धितोपत्र बोर्डबाट २ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्न स्वीकृति पाएको थियो, जसको कुल मूल्य २ करोड ३१ लाख रुपैयाँ बराबर छ।

🔹 यसमध्ये छुट्याइएको सेयर विवरण:

  • कर्मचारीहरूका लागि (०.५०%): १,१५५ कित्ता
  • सामूहिक लगानी कोषका लागि (५%): ११,५५० कित्ता
  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि (१०%): २३,१०० कित्ता

यदि कुनै समूहले छुट्याइएको सेयर खरिद नगरेमा, ती सेयरहरू सर्वसाधारणका लागि दोस्रो चरणमा खुला गरिनेछ।

🔹 आवेदन प्रक्रिया:

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम ५,००० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
आवेदन साउन ९ गते सम्म दिन सकिनेछ।
आवेदन ASBA सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय वा मेरो सेयर अनलाइन प्रणालीमार्फत दिन सकिनेछ।

🔹 बिक्री प्रबन्धक:

यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड ले लिएको छ।

🔹 दोस्रो चरण:

संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासनपछि, सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता सेयर दोस्रो चरणमा जारी गर्ने तयारी गरेको छ।

बजारबाट ६३ दिनका लागि ६० अर्ब झिक्दै राष्ट्र बैंक

0

बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी भदौ १८ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

स्वावलम्बन लघुवित्तद्वारा वातावरणमैत्री गाउँ निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

0

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वातावरणमैत्री गाउँ निर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुढानिलकण्ठ नगरपालिका स्थित डाँडागाउँ वस्तीलाई वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्ने उद्देश्यले सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको हो ।

कार्वन उत्सर्जन न्यूनिरकण, फोहोर व्यवस्थापन र बृक्षारोपण गरी स्वच्छ वातावरण निर्माण गर्ने, उद्यमशीलता विकास गरी आयआर्जन वृद्धि तथा बेरोजगारी अन्त्य गर्न त्यहाँका जनता र सरोकारवालाहरुको समन्वयमा वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्न आयोजना गरिएको अन्तरक्रियाकार्यक्रमको अध्यक्षता बालविकास समाज आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता तामाङले गरेकी थिइन् ।

प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी र विशिष्ट अतिथिनगर उप प्रमुख अनिता लामाको रहेको कार्यक्रममा केन्द्रीय कार्यालय उद्यमशीलता, ग्राहक संरक्षण तथा अनुसन्धान विभागका प्रबन्धक सुमन श्रेष्ठले वातावरण मैत्री स्वावलम्बन गाउँ निर्माणको अवधारणा सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । प्रमुख अतिथि तथा नगर प्रमुख मिठाराम अधिकारीले वातावरण संरक्षण, उद्यमशीलता विकास र रोजगारी सृजना जस्त महत्वपुर्ण कुराहरु समेटेर वातावरणमैत्री गाउँ निर्माण गर्न अगुवाई गरेकोमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिदै समाजको र समुदायको हित हुने यस प्रकारका पवित्र कार्यमा नगरपालिका आवश्यक सहयोग र समन्वय गर्न तत्पर रहेको बताए ।

नगर उपप्रमुख अनिता लामाले वातावरण मैत्री गाउँ निर्माण गर्ने कार्य अति जरुरी रहेको विशेष गरी बुढानिलकण्ठको डाँडागाउँ एक सुन्दर र रमणीय गाउँ भएको कारण पर्यटनको अथाह संभावना भएको तर फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेकोले फोहोर व्यवस्थापन गरी वातावरण संरक्षण गर्ने कार्यलाई प्राथमिकतामा राख्न सुझाव दिइन् । विद्यालयका प्रधानाध्यापक धोर्जे तामाङले डाडाँगाउको आजको मुल आवश्यकता यहाँको सुन्दरता र वातावरणको संरक्षण नै गनुपर्ने भएकोले विद्यालय, स्थानीय यूवाहरुको परिचालन तथा समन्वय गरी लक्ष्य हासिल गर्न मिलेर काम गर्ने बताए । कार्यक्रममा वित्तीय साक्षरता समेत प्रदान गरिएको थियो र वित्तीय साक्षरता कक्षाको सहजीकरण इलाका कार्यालय ठिमीका प्रबन्धक चेतनाथ बगालेले गरेका थिए ।

कार्यक्रममा स्थानीय व्यापारी, आमा सुमुहका प्रतिनिधी, विद्यार्थीहरु, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका सदस्यहरु तथा शाखा कार्यालय चुच्चेपाटीका कर्मचारीहरु र स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।