22.2 C
Nepal
Sunday, July 27, 2025

पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर बिक्री खुला, साउन ११ गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले आफ्नो ऋण भुक्तानीका लागि आज असार २२ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले हालको चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँको ५० प्रतिशत अनुपातमा, अर्थात १ः०.५० अनुपातमा ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा हकप्रद सेयर निष्कासन गरेको हो। यस प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेको थियो। तसर्थ, असार १ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताहरुले प्रभु क्यापिटलसँगै प्रभु बैंकका इलाम, जाउलाखेल, बीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट समेत आवेदन दिन सक्नेछन्।

यसका साथै, सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ मार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ। हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति साउन ११ गते तोकिएको छ।

कम्पनीले हकप्रदबाट संकलन हुने रकम नबिल बैंकबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग गर्ने जनाएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here