19 C
Nepal
Monday, September 29, 2025

राधी विद्युतले राप्ती हाईड्रोको १२.९० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

spot_imgspot_imgspot_img

राधी विद्युत कम्पनी लिमिटेडले राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको १२ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको नाममा रहेको राप्ती हाईड्रोको सेयर बिक्री गर्ने निर्णय गरेको हो ।

उक्त सेयर कम्पनीले बजारमा चलेको मूल्यमा बिक्री गर्न लागेको हो । विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनका पूर्वस्वीकृति तथा नियमक सम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणका लागि कम्पनीले एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here