20.2 C
Nepal
Friday, April 17, 2026
Home Blog Page 287

इम्बोस्ड नम्बर प्लेटः प्रदेशको नाम नेपालीमा, अन्य अङ्ग्रेजिमै

0

सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।

Laxmi Bank
Shivam
Sharehub-Barter
प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुङ्गो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर अर्जुनजङ्ग थापाले जानकारी दिए । “जुन प्रदेशको नाम लेखिएको थियो त्यो नेपालीमा हुन्छ । नम्बर प्लेटमा नेपालको झण्डा रहेको छ । त्यसले नेपालको सवारीसाधन भन्ने जनाइहाल्छ”, उनले भने । इम्बोस्ड नम्बर आपूर्ति गर्न बङ्गलादेशको कम्पनी टाइगर आइटीले जिम्मा पाएको छ । पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्नेगरी विसं २०७३ मा सम्झौता भएको थियो ।

सरकारले इम्बोस्डमा राख्ने भाषा टुङ्गो लगाए पनि प्राविधिक विषय मिलाउनुपर्ने भन्दै ठेकेदार कम्पनीले अझै नम्बर प्लेट छपाइ गरेको छैन । “नम्बर प्लेटमा देवनागरी लिपि राख्नका लागि उनीहरुको सिस्टममा परिवर्तन गर्नुपर्ने रहेछ”, इन्जिनियर थापाले भने, “उनीहरुले त्यसका लागि तयारी गर्दैछ । अब छिट्टै सुरु हुन्छ । हामीले सोहीअनुसार तयारी गर्न भनेर सम्बन्धित ‘पार्टी’लाई निर्देशन दिएका छौँ ।”

विविआइएनअन्तर्गतका बङ्गलादेश, भूटान र भारतमा समेत नेपाली सवारीसाधन चल्ने र उनीहरुको उपकरणले नेपाली नम्बर प्लेटलाई बुझ्नसक्ने हुनुपर्ने भएकाले इम्बोस्ड नम्बरमा नेपाली र अङ्ग्रेजी भाषाको प्रयोग गरिएको उनको भनाइ थियो । भारत, चीनलगायत कतिपय मुलुकमा समेत इम्बोस्ड नम्बर अङ्ग्रेजीमा छपाइ हुने गरेको इन्जिनियर थापाले सुनाए ।

यही वैशाख १२ गतेको प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर नेपालीमा, नेपाली तथा अङ्ग्रेजीमा र अङ्गे्रजीमा गरी तीनवटै विकल्पमा छपाइ गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय भइसकेको र केही समयमै लागू हुने जानकारी गराएका थिए ।

गत चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले इम्बोस्ड नम्बर प्लेट देवनागरीमा छपाइ गर्न पाउने निर्णय गरेको थियो । तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा इम्बोस्ड नम्बर देवनागरीमा छपाइ गर्ने विषयलाई अगाडि बढाइएको बताएका थिए । “त्यसका लागि सम्बन्धित एजेन्सीसँग पनि हामी छलफलको प्रक्रियामा छौँ । त्यो प्रक्रिया अघि बढाउने कार्ययोजना बनाएर हामी त्यसलाई तीव्रता प्रदान गर्न गइरहेका छौँ”, उनले भनेका थिए ।

सरकारले अङ्ग्रेजीमा इम्बोस्ड नम्बर छपाइ गर्न अनिवार्य गरेको भन्दै नेपाली भाषा बचाउ अभियन्ताले विरोध जनाउँदै आएका थिए । धेरै पटक सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुँदै आएको थियो । यसअघि इम्बोस्ड नम्बर अङ्ग्रेजीमा छपाइ हुँदै आएको थियो ।

निर्देशनको पर्खाइमा विभाग

सरकारले देवनागरी लिपिमा इम्बोस्ड नम्बर छपाइ गर्ने भने पनि मन्त्रालयबाट स्पष्ट निर्देशन नआउँदा यातायात व्यवस्था विभागले सो कार्य अगाडि बढाउन नसकिएको जिकिर गरेको छ । विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले यससम्बन्धमा विभागबाट कुनै तयारी नभएको र मन्त्रालयको निर्देशनको पर्खाइमा आफूहरु रहेको बताए ।

“देवनागरी लिपिमा छाप्ने भन्ने भयो, तर कुनकुन अक्षर र अङ्क देवनागरीमा छाप्ने भन्ने स्पष्ट भएको छैन”, उनले भने, “मन्त्रालयबाट निर्देशन आएपछि मात्रै काम सुरु हुन्छ ।” विभागले अहिले पुरानै व्यवस्थाअनुसार इम्बोस्ड छपाइ गरिरहेको छ । “अङ्ग्रेजीलाई अमान्य भनेको होइन, इम्बोस्ड नम्बरका लागि प्राप्त ‘अर्डर’ अनुसार प्लेट छपाइ भइरहेको छ”, सूचना अधिकारी पनेरुले भने। हालसम्म करिब तीन लाख इम्बोस्ड नम्बर छपाइ भएको छ ।रासस

कतारको गयो ६ विकेट, सोमपालको नाममा ३ विकेट

0

एसिसी प्रिमियर कपमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतारको छैटौं विकेट गएको छ।

छैटौं विकेटको रुपमा कप्तान मोहमद रिजलान ४ रनमा सन्दीप लामिछानेको बलमा आउट भए। सन्दीपले दुई विकेट लिइसकेका छन्।

इक्रमुल्लाह खान ५ रनमा सोमपाल कामीको बलमा भीम सार्कीबाट क्याच भए। सोमपालले यससँगै तीन विकेट लिइसकेका छन्।

सोमापालले यसअघि मोहमद तनविर शून्य र इमल लियानेजलाई ६ रनमा बोल्ड गरेका थिए।

यस्तै जाहीर इब्राहिमलाई सन्दीप लामिछानले १५ रनमा आरिफ शेखबाट क्याच गराए।

कतारका ओपनर कमरान खानलाई नेपालका ललितनारायण राजवंशीले ८ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराए।

कतारले १३ ओभरमा ४१ रन जोड्दा ६ विकेट गुमाएको छ।

नेपालमा बनेका सवारी दर्ता गर्न बाटो खुल्यो, ‘यात्री’लाई राहत

0

सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको हो ।

निर्देशिकामा ‘११.१.९’ नम्बर बुँदा थप गर्दै लेखिएको छ,‘ यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन ।’

यसअनुसार अब नेपालमा बनेका सवारीले दर्ताका लागि प्रज्ञापनपत्र (एलसी) खोलेको प्रमाण बुझाउनुनपर्ने भएको छ ।

नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानून बमोजिम अन्तः शुल्क सम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा अन्तः शुल्क निकासी फारम समेत पेश गर्नु पर्ने व्यवस्था गरिएको छ । सरकारले भ्याट बिल, अन्तःशुल्क निकासी फारमका आधारमा यस्ता सवारीको दर्ता गरेर नम्बर प्लेट लिन सकिने छ ।

‘खाल्डोमा सडक छ कि सडकमा खाल्डो ?’- रघु पन्त

0

नेकपा एमालेका सांसद रघु पन्तले काठमाडौं उपत्यकामा धुलो र फोहोर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

धुलोमैलो र फोहोरले मान्छे नचिन्ने अवस्था भएको भन्दै उनले यस्तो समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले यस्तो बताएका हुन् ।

‘राति घर फर्किँदा धुलोले मान्छे नचिन्ने अवस्था छ । धुलाम्मे परिस्थितिबाट उपत्यकावासीले कहिले मुक्ति पाउने ? खाल्डोमा सडक छ कि सडकमा खाल्डो पत्ता लगाउन सकिँदैन । सरकार कहाँ छ थाहा छैन,’ सांसद पन्तले भनेका छन् ।

१७२ कम्पनीको सेयर मूल्यमा गिरावट,नेप्सेमा दोहोरो अंकको गिरावट

0

 सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १३.६८ अंकले गिरावट हुँदा १८९२ को विन्दुमा बन्द भएको छ ।

आज १७२ कम्पनिको मुल्य घटेको छ भने ४० कम्पनिको मुल्य बढेको छ भने ८ ओटाको मुल्य घटबड भएको छैन । हिजो दोहोरो अङ्कले बढेको नेप्से आज गिरावट देखिएको छ । ब्याजदर घट्दै जादा पनि लगानिकर्ताको मनोबल बढ्न नसक्दा बजार घटेको छ ।

बुधबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि दोहोरो अंकले गिरावट भएको हो । विकास बैंक, होटल तथा पर्यटन र लगानी उपसूचकमा १ प्रतिशत भन्दा बढीको गिरावट भएको छ ।

नेपाली अर्थतन्त्र कोभिडपछि डिजिटाइज भयो : गभर्नर अधिकारी

0

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड महामारीको असरले नेपाली अर्थतन्त्र डिजिटाइज हुँदै गएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले बुधबार आयोजना गरेको तेस्रो संस्करणको कान्तिपुर इकोनोमिक समिट-२०२३ को दोस्रो सत्र ‘पैसा खोइ’ मा बोल्दै अधिकारीले कोभिडले नेपालको अर्थतन्त्रमा निकै परिवर्तन गरेको बताए । हाल रिटेलमा डिजिटाइजेसन बढ्दै गएको उनले बताए ।

‘नेपालको वित्तीय प्रणली निकै सुरक्षित छ । दक्षिण एसियाको अन्य देशहरूसँगको तुलना गर्दा पनि हाम्रो अवस्था सुरक्षित छ,’ उनले भने, ‘जसरी अमेरिकाका बैंकहरूले एक खालका उत्पादनहरूमा ह्वा‍त्त लगानी गर्ने गर्छन् । त्यहाँ हप्ता हप्तामा बैंकहरूको अवस्था बिग्रिरहेको हुन्छ । त्यहाँका बैंकहरूलाई छुट्टै अनुगमन गरिन्छ तर नेपालमा त्यो व्यवस्था छैन । हाम्रोमा परम्परागत रुपमा अनुगमन भइरहेको छ ।’

अर्थतन्त्रमा उतारचढाव आए एनपीए बढ्ने बताउँदै उनले भने, ‘एनपीएलाई कभर गर्नका लागि बैंकहरूले आफ्नो नाफाबाट रकम छुट्याएका छन् कि छैनन् त ? यो निकै महत्त्व‍पूर्ण कुरा हो । नेपालका बैंकहरूले त्यो रकम छुट्याएका छन् । यसकारण पनि डिपोजिटरको पाइपाइ सुरक्षित रहेको छ ।’

कोभिड महामारीकालअघि फिजिकल क्यासको अर्थतन्त्र निकै भएको तर कोभिडपछि यसमा निकै परिवर्तन भएको उनले बताए । ‘अहिले हाम्रो अर्थतन्त्र डिजिटाइजेसनमा गएको छ । हाल आरटीजीएसबाट महिनामा ४२ खर्ब रुपैयाँसम्म कारोबार भइरहेको छ,’ उनले भने ।

डिजिटल प्ल्याटफर्म कनेक्ट आईपीएसबाट १ महिनामा पचासौं अर्ब रुपैयाँ कारोबार भइरहेको उनले बताए । यस्तै क्यूआरबाटै २२ अर्ब रुपैयाँ कारोबार भएको उनको भनाइ छ । ‘यसरी डिजिटल पेमेन्ट, रिटेल पेमेन्टमा व्यापक सुधार हुँदै गएको छ । यसको असर नै भन्नुपर्छ करेन्सी इन सर्कुलेसन डेढ वर्षको अवधिमा १ खर्बले घटेको छ । हामीले बजारमा अघि पठाउने गरेको जत्ति रकम थियो, त्यो निकै घटेको छ,’ उनले भने, ‘यसको अर्थ त्यो रकम राष्ट्र बैंकमा फर्किएको छ । यो भन्दैमा बैंकहरूमा डिपोजिट घटेको होइन । तपाईंहरूले राष्ट्र बैंकको तथ्यांक हेर्नुभए हुन्छ । यो महिनामा मात्रै ५४ खर्ब नाघेको छ । कत्तिलाई बजारमा भएको पैसा कसैले लुकाए कि भन्ने पनि लाग्ला तर अब यो शंका रहेन ।’

अनौपचारिकबाट औपचारिक माध्यममा आएको भन्दै उनले यसला डिजिटाइजेसन बढ्दै गएको भनेर बुझ्नुपर्ने बताए । ‘यसकारण श्रीलंकाभन्दा हाम्रो अवस्था निकै राम्रो छ । हामीले त्यो स्वतन्त्र अध्ययनलाई मान्नुपर्छ । यो क्रमशः सुधार पनि भइरहेको छ । अब समग्र तरलताको कुरा गर्दा बजारमा कसरी पैसा गइरहेको छ भन्ने कुरा गर्दा, कि त आन्तरिक ऋणको माध्यमबाट जाने, कि त सरकारको खर्चबाट वा विदेशी सामग्रीमा जाने हो,’ गभर्नर अधिकारीले भने, ‘यसमा गत वर्षको तथ्यांक हेर्ने हो भने रिजर्भ मनी १२ प्रतिशतले घटेको थियो । यसमा हालको ८ महिनाको तथ्यांकमा साढे ४ प्रतिशतले बढेको छ । यसले गर्दा हाम्रो समग्र तरलताको अवस्थामा प्रगति भएको छ । हाम्रोमा तरलता बढेको छ तर ऋण माग भएको छैन । कान्तिपुर Economic sumit

बामदेव गौतमको मनोनयनविरुद्ध सर्वोच्चले मगायो बहस नोट

0

बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएको विरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतले साढे दुई वर्षपछि सुनुवाइ सकेको छ । बुधबार संवैधानिक इजलासमा सुनुवाइपछि बहस नोट मगाउने आदेश भएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको इजलासले बहस नोट मगाउने आदेश दिएको हो।

कोशीमा झण्डै ५ अर्ब बेरुजु

0

 कोशी प्रदेश सरकारको बेरुजू रकम चार अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । प्रदेश संरचना गठन भएको पाँच वर्षमा बेरुजु रकम चार अर्ब ९६ करोड ३३ लाख ९४ हजार रुपैयाँ पुगेको हो ।

महालेखा परीक्षकको हालै सार्वजनिक वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ को बेरुजुमात्रै १ अर्ब ५२ करोड ६५ लाख ४२ हजार रुपैयाँ छ ।

२०७५ सालमा सार्वजनिक प्रदेश संरचना निर्माणपछिको पहिलो प्रतिवेदनले प्रदेशको बेरुजु २ करोड २२ लाख २६ हजार, २०७७ मा सार्वजनिक दोस्रो प्रतिवेदनले ७६ करोड ९५ लाख २९ हजार, तेस्रो प्रतिवेदनले एक अर्ब १७ करोड ५४ लाख ४९ हजार रुपैयाँ बेरुजु देखाएको थियो ।

गत वर्ष सार्वजनिक चौथो प्रतिवेदनले कोशी प्रदेशको बेरुजु एक अर्ब ४८ करोड १८ लाख २० हजार रुपैयाँ देखाएमा यस वर्षको प्रतिवेदनमा उल्लिखितसमेत जोडेर कुल बेरुजु ४ अर्ब ९६ करोड ३३ लाख ९४ हजार देखिएको हो ।

भ्रम फैलाउने फ्लाई दुबईका दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

0

फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा दुई जनालाई प्राधिकरणले कारबाही गरेको छ ।

सोमबार राति ९:२० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आगोको झिल्को र ठूलो आवाज आएको थियो। जहाजमा चरा ठोक्किएर त्यस्तो भएको भनेपनी खासमा इन्जिनमा समस्या आएको थियो ।
थियो।

यता नेपाल नागरिक उड्डयन प्राधिकरणले चरा ठोक्किएको प्रमाण नभेटिएको र भ्रम फैलाएको ठहर गर्दै दुई म्यानेजरलाई कारबाही गरिएको जनाएको छ ।

फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएर उनीहरूको एयरपोर्ट पास समेत निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ।

‘हिजो रातिको फ्लाई दुबई फ्लाइट नम्बर एफडिजेड ५७६ काठमाडौं-दुबई उडानमा चरा ठोक्किएको भनेर भ्रमपूर्ण समाचार फैलाएकाले फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाई उनीहरूको एयरपोर्ट पास समेत निष्क्रिय पारिएको छ,’ प्राधिकरणले भनेको छ।

बारामा उपेन्द्र यादवको अग्रता कायमै

0

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले निरन्तर अग्रता राखेका छन्।

यादवले अहिलेसम्म १२ हजार ८ सय ४८ मत ल्याएका छन्।

उनलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले अहिलेसम्म ८ हजार ४ सय ८८ मत ल्याएर पछ्याइरहेका छन्।

नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ४ हजार ५ सय ३४ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले १ हजार ९ सय ९१ मत ल्याएका छन्।