कोशी प्रदेश सरकारको बेरुजू रकम चार अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । प्रदेश संरचना गठन भएको पाँच वर्षमा बेरुजु रकम चार अर्ब ९६ करोड ३३ लाख ९४ हजार रुपैयाँ पुगेको हो ।
महालेखा परीक्षकको हालै सार्वजनिक वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ को बेरुजुमात्रै १ अर्ब ५२ करोड ६५ लाख ४२ हजार रुपैयाँ छ ।
२०७५ सालमा सार्वजनिक प्रदेश संरचना निर्माणपछिको पहिलो प्रतिवेदनले प्रदेशको बेरुजु २ करोड २२ लाख २६ हजार, २०७७ मा सार्वजनिक दोस्रो प्रतिवेदनले ७६ करोड ९५ लाख २९ हजार, तेस्रो प्रतिवेदनले एक अर्ब १७ करोड ५४ लाख ४९ हजार रुपैयाँ बेरुजु देखाएको थियो ।
गत वर्ष सार्वजनिक चौथो प्रतिवेदनले कोशी प्रदेशको बेरुजु एक अर्ब ४८ करोड १८ लाख २० हजार रुपैयाँ देखाएमा यस वर्षको प्रतिवेदनमा उल्लिखितसमेत जोडेर कुल बेरुजु ४ अर्ब ९६ करोड ३३ लाख ९४ हजार देखिएको हो ।