23.7 C
Nepal
Friday, September 20, 2024

कतारको गयो ६ विकेट, सोमपालको नाममा ३ विकेट

एसिसी प्रिमियर कपमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतारको छैटौं विकेट गएको छ।

छैटौं विकेटको रुपमा कप्तान मोहमद रिजलान ४ रनमा सन्दीप लामिछानेको बलमा आउट भए। सन्दीपले दुई विकेट लिइसकेका छन्।

इक्रमुल्लाह खान ५ रनमा सोमपाल कामीको बलमा भीम सार्कीबाट क्याच भए। सोमपालले यससँगै तीन विकेट लिइसकेका छन्।

सोमापालले यसअघि मोहमद तनविर शून्य र इमल लियानेजलाई ६ रनमा बोल्ड गरेका थिए।

यस्तै जाहीर इब्राहिमलाई सन्दीप लामिछानले १५ रनमा आरिफ शेखबाट क्याच गराए।

कतारका ओपनर कमरान खानलाई नेपालका ललितनारायण राजवंशीले ८ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराए।

कतारले १३ ओभरमा ४१ रन जोड्दा ६ विकेट गुमाएको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here