22.1 C
Nepal
Friday, April 17, 2026
Home Blog Page 288

७० हजार मतगणना हुँदा रविले पाए ५० हजार मत

0

मतगणना अन्तिम चरणमा पुग्दा चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले ५० हजार मत कटाएका छन्। 

७०२२३ मत गणना हुँदा रवि लामिछानेले ५००२९ मत पाएका छन्।  उनले अहिलेसम्म लगातार ७१ प्रतिशत मत पाइरहेका छन्। 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ९१६५ छ। उनीहरूबीचको मतान्तर ४०८६४ छ।

चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत ८ हजार मात्र छ। 

लामिछानेले यसपालि गत मंसिर-४ को चुनावमा पाएको भन्दा धेरै मतसँगै मतान्तर पनि फराकिलो पार्ने देखिएको छ।

स्वर्णिमलाई बधाई दिए गोविन्दले भने मेरा मतदाताप्रतिको अभिभारा पनि तपाईंको

0

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन् । साथै उनले विकासको अपेक्षा गरेर आफूलाई मत दिएका मतदाताप्रतिको अभिभारा पनि स्वर्णिममाथि आएको बताएका छन् ।

आज बिहान सामाजिक सन्जालमार्फत् डा. वाग्लेलाई बधाई दिँदै भट्टराईले भनेका छन्, ‘मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले सक्नुभयो । तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ ।’ उनले भनेका छन । उनी थप्छन अवस्थाकता अनुसार स्वर्णिमलाई सहयोग गर्न समेत तयार छु ।

साउदी अरवविरुद्धको खेल खराव मौसमले प्रभावित

0

एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको तेस्रो खेलमा साउदी अरवविरुद्धको खेल खराव मौसमले प्रभावित बनेको छ ।

मूलपानी (माथिल्लो) मैदानमा बिहान ९ बजे सुरु भाईसक्नु पर्ने खेल अहिलेसम्म टस हुन सकेको छैन । साढे ९ बजे पानी रोकिन लागेपछि पीच कभर हटाएर टसको तयारी गरिएको अबस्थामा पुनः पानी पर्न थालेपछि प्रक्रिया रद्ध भएको छ ।

दिउँसो सवा २ दुई बजेको कट अफ टाइम तोकिएको छ । २ बजेसम्म टस हुन सकेन भने खेल रद्ध भएको घोषणा भएर दुवै टिमले १–१ अंक पाउनेछन् । यसो भएको खण्डमा पनि नेपाल सेमिफाइनलमा पुग्नेछ ।

अघिल्ला दुई खेल जितेको नेपालको अहिले ४ अंक छ । साउदीसँग अंक बाँड्दा ५ अंक हुनेछ । तीन खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ । चौथो स्थानको साउदीको पनि २ अंक छ ।

चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने

0

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठक बसेको थियो , सोही बैठकमा सहमती भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् । कांग्रेस उम्मेदवार श्रेष्ठले मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको जानकारी दिए ।

मतगणनास्थलमै बसेको सर्वदलीय बैठकमा रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्ने नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने, सामाजिक सन्जालमा जथाभावी लेख्नेहरुमाथि कारबाहीका लागि प्रहरीलाई भन्ने र प्रमुख जिल्ला अधिकारीको भूमिकाका बारे मुख्य निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति समेत भएको श्रेष्ठले जानकारी दिए ।

सवा २८ लाख बढी कित्ता प्राइम लाइफको संस्थापक सेयर सर्वसाधारणमा परिणत

0

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सवा २८ लाख कित्ता बढी सेयर अर्थात ९% शेयर सर्वसाधारण समूहमा परिणत भएको छ।

योसँगै प्राइम लाइफमा संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व भएको छ। यसअघि कम्पनीमा संस्थापक समूहको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको थियो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आज (वैशाख १० गते)को निर्णयअनुसार संस्थापक समूहको २८ लाख २६ हजार ८६९.१३ कित्ता सेयर सर्वसाधारण समूहमा परिणत भएको हो। नेपाल बीमा प्राधिकरणबाट सेयर संरचना परिवर्तन स्वीकृति गर्ने सहमतिको पत्र, नेपाल धितोपत्र बोर्डको पुँजी संरचना परिवर्तन अभिलेख र कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्रबन्धपत्र था नियमावलीमा संशोधन भएअनुसार प्राइम लाइफको उक्त संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गरिएको नेप्सेले जनाएको छ।

अब ती सेयर पनि सर्वसाधारण समूहअन्तर्गत नै कारोबार गर्न योग्य भएको एक पत्रमार्फत नेप्सेले जनाएको छ।

चितवनका दुईवटा मतदान केन्द्रमा रोकियो मतदान

0

भरतपुर महानगरपालिका वडा नं. ११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला तनावको स्थिति उत्पन्न भएपछि मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको थियो ।

तनाब सिर्जना भएपछी केही समयसम्म त्यहा झडपको स्थिती निम्तिएको थियो । रबी लमिछाने मतदान केन्द्रमा पुग्दा समर्थकले चर्को नाराबाजी गरेपछी अन्य दलका प्रतिनिधिहरु आक्रोसित बनेका थिए । यसले केहीबेर भागभाग सम्मको स्थिती आएको थियो ।

रबी लामिछाने हुल लिएर नाराबाजी गर्दै हिनेको भन्दै अन्य दलकाले बिरोध गरेका छन ।

कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो
चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।

मोदी ईनर्जीको आईपीओ वैशाख १९ गते देखि खुला हुने

0

मोदी ईनर्जी लिमिटेडले वैशाख १९ गतेदेखि सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ निष्काशन गर्ने भएको छ।

यस अघि यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि आईपीओ बाँडफाँट गरिसकेको छ।

कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४३ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। यस मध्य ४ करोड ३५ लाख रुपैयाँ बराबरको ४ लाख ३५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो भने ५ प्रतिशत अर्थात २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ८७ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको थियो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट आवेदन नपरेको २० लाख ९५ हजार ६१० कित्ता सेयर पनि थप गर्दै ५९ लाख ९५ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

चितवनमा केहीबेर तनाव, मतदातामा केहीबेर भागाभाग

0

चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव सिर्जना भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको हो ।

लामिछाने मतदानस्थलमा आएका थिए । त्यसलगत्तै उनका समर्थकहरुले लामिछानको पक्षमा नाराबाजी गरेका थिए । तनाब सिर्जना भएपछी उनीहरुलाई प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो । त्यसक्रममा केहीबेर भागाभाग भएको थियो । तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको अवस्था थियो ।

रबी लामिछानेले विभिन्न मतदानस्थलमा पुगिरहेका छन् । त्यसैक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा उनले अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी रहेको बताएका छन् ।

नबिल बैंकले कमायो ५ अर्बभन्दा बढी नाफा, प्रतिशेयर आम्दानी पनि बढ्यो

0

नबिल बैंक लिमिटेड (NABIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा ५ अर्बभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.६३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ७१.७९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.१४ प्रतिशतबाट बढेर ३.८७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ६१ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। यद्यपि, बैंकको सञ्चालन मुनाफा ५६.५४ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८२ पैसा बढेर २५ रुपैयाँ २१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ७ पैसा रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट १८.५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी २७ अर्ब ५ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा २७ अर्ब २९ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप ११.४२ प्रतिशत बढेको छ भने कर्जा ७.७६ प्रतिशत बढेको छ।

नेपालमै उत्पादित सवारी साधन दर्ताको व्यवस्था तुरुन्त गर्न प्रधानमन्त्रीको आदेस

0

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादन भएका सवारी साधनलाई दर्ता गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

आइतबार बिहान प्रधानमन्त्रीले नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारी साधन दर्ता नभएको भन्ने गुनासो ब्यापक आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी तुरुन्त गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न प्रधानमन्त्री दाहालले ठाडो आदेस दिएका हुन् ।

लामो समयदेखी नेपालमै बिध्युतिय सबारी उत्पादन गर्दै आएको यात्राी दर्ता सबारी साधन दर्ता गर्न नपाएर ठुलो संकटमा फसेको थियो यसै सन्दर्भमा प्रधानमन्त्रीले ‘यात्री’ मोटरसाइकललगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएको भनी सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुंगोमा पुर्‍याउन मुख्यसचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्द्धनसम्बन्धी कानुनको मस्यौदा बनाई पेस गर्न भनेको बताइएको छ ।