23.7 C
Nepal
Friday, September 20, 2024

साउदी अरवविरुद्धको खेल खराव मौसमले प्रभावित

एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको तेस्रो खेलमा साउदी अरवविरुद्धको खेल खराव मौसमले प्रभावित बनेको छ ।

मूलपानी (माथिल्लो) मैदानमा बिहान ९ बजे सुरु भाईसक्नु पर्ने खेल अहिलेसम्म टस हुन सकेको छैन । साढे ९ बजे पानी रोकिन लागेपछि पीच कभर हटाएर टसको तयारी गरिएको अबस्थामा पुनः पानी पर्न थालेपछि प्रक्रिया रद्ध भएको छ ।

दिउँसो सवा २ दुई बजेको कट अफ टाइम तोकिएको छ । २ बजेसम्म टस हुन सकेन भने खेल रद्ध भएको घोषणा भएर दुवै टिमले १–१ अंक पाउनेछन् । यसो भएको खण्डमा पनि नेपाल सेमिफाइनलमा पुग्नेछ ।

अघिल्ला दुई खेल जितेको नेपालको अहिले ४ अंक छ । साउदीसँग अंक बाँड्दा ५ अंक हुनेछ । तीन खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ । चौथो स्थानको साउदीको पनि २ अंक छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here